बाँकेमा ‘अमर प्रहरी स्मारक’ निर्माण हुने
नेपालगन्ज, २० असोज – जिल्ला प्रहरी कार्यालय बाँकेको परिसरमा दिबङ्गत सहिद प्रहरीहरुको सम्झना र सम्मानमा ‘अमर प्रहरी स्मारक’ बन्ने भएको छ । मंगलबार बिहान बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले एक कार्यक्रमबीच स्मारकको शिलान्यास गरेका छन ।शिलान्यास गर्दै प्रजिअ कुरुम्बाङले देश र जनताको सेवामा तल्लिन हुँदाहुँदै ज्यान गुमाएर सहिद बन्न पुगेका अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनिहरुको सम्झना र सम्मानमा प्रहरी कार्यालय परिसरभित्र निर्माण हुन लागेको ऐतिहासिक स्मारकले सहिद प्रहरी परिवारका सदस्यहरुको लागि पनि सम्मान हुने बताए ।
उनले प्रहरी सदैव देश र जनताको लागि अग्रपंक्तिमा रहेर सुरक्षा प्रदान गरिरहेको बताए । प्रजिअ कुरुम्बङले कोभिडको यस्तो महामारी बिचमा पनि प्रहरीले जनताको स्वास्थ्य सुरक्षाका लागि दिनरात स्वास्थ्यकर्मीले जस्तै अग्रमोर्चामा रहेर खटिरहेको स्मरण गर्दै प्रहर...









