Wednesday, May 27सत्यम खबर
Shadow

प्रदेश ५

अपडेटः बाँकेमा आज १३ महिलासहित २६ जना घर फर्किदै

अपडेटः बाँकेमा आज १३ महिलासहित २६ जना घर फर्किदै

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २७ असोज – जिल्लाका विभिन्न आईसोलेसनमा रहेका १३ महिलासहित २६ जना निको भई घर फर्किने भएका छन् ।असोज १३ गते कोरोना संक्रमित देखिएका उनीहरु आज मंगलबार डिस्चार्ज भई घर फर्किने भएको स्वास्थ्य कार्यालय, बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताउनुभयो ।हालसम्म बाँके जिल्लामा २ हजार ४ सय ४० जना कोरोना संक्रमित देखिएकोमा उपचारपछि १ हजार ८ सय ७३ जना डिस्चार्ज भई घर फर्किसकेका छन् भने विभिन्न आईसोलेसनमा ५ सय ६२ जना रहेको फोकलपर्सन श्रेष्ठले बताउनुभयो । उहाँले बाँकेमा बिरामी निको हुने प्रतिशत ७६.७६ रहेको छ भने बिरामी मृत्यु दर १.०७ प्रतिशत रहेको बताउँदै बाँकेमा रोग प्रकोप दर ०.४१ प्रतिशत मात्र रहेको बताउनुभयो । यसअघि जिल्ला भित्र २६ जना र जिल्ला बाहिर १२ महिलासहित ३८ जनाको मृत्यु भईसकेको समेत बताउनुभयो ।...
आईसोलेसन निर्माण कार्यमा तिब्रता

आईसोलेसन निर्माण कार्यमा तिब्रता

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २७ असोज – भेरी अस्पतालमा थप ७५ बेडसहितको आइशोलेशन निर्माण कार्य तीब्र बनाईएको छ । भेरी अस्पतालमा अक्सीजन सुविधासहित ७२ बेडको कोरोना विशेष अष्पताल सञ्चालनमा ल्याइए पनि लक्षणसहितका गम्भीर बिरामीहरुको संख्या बढ्दै गएपछि सम्वाद समूह बाँकले थप आइशोलेशनको आवश्यक्ताका सन्दर्भमा सम्वाद सहजीकरण गरेको छ ।कोरोना (कोभिड–१९) संक्रमितको सहज र प्रभावकारी उपचारका लागि सम्वाद समूह बाँकले गत ११ गते सरोकारवालासँग अन्तर सम्वाद गरेपछि आईसोलेशन निर्माण, व्यवस्थापनको तदारुकता बढाइएको छ । अहिले भेन्टीलेटरसहितको सुविधायुक्त आईसोलेशन निर्माण कार्य भइरहेको छ । एक हप्ता भित्रै आवश्यक संरचना निर्माण गर्ने तयारी गरिएपनि स्टोर गरिएका सर सामान व्यवस्थापन गर्नेदेखि प्राविधीकीय तयारी पुरा गर्दा अझैं केही समय लाग्ने भेरी अस्पतालका कोरोना विशेष संयोजक डा.श्याम सुन्दर यादवले जानकारी दिनुभयो । नेपालगन्ज उपमहा...
अपडेटः हालसम्म जिल्ला भित्र र बाहिर गरी जम्मा ३८ को मृत्यु

अपडेटः हालसम्म जिल्ला भित्र र बाहिर गरी जम्मा ३८ को मृत्यु

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २६ असोज – बाँकेमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २४ सय नाघ्दा डिस्चार्ज हुनेको संख्या साढे १८ सय नजिक पुगेको छ । सोमवार थप ३८ जना डिस्चार्ज भएसँगै भाइरस संक्रमणबाट निको हुनेको संख्या १ हजार ८ सय ४७ पुगेको छ ।आईतबार ३६ जना नयाँ संक्रमित थपिएसँगै जिल्लामा कोरोना संक्रमितको संख्या २ हजार ४ सय ५ पुगेको थियो । पछिल्लो समयमा बाँके जिल्लामा दिनानुदिन कोरोना संक्रमितहरुको संख्यामा उल्लेख्य बृद्धि भइरहेको छ । लकडाउन खुलेसँगै बाँकेमा संक्रमितको सँख्या बढेको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार आईतबार बाँकेका विभिन्न स्थानका १७ महिला र १९ पुरुष गरी ३६ जनामा कोरोना संक्रमण देखिएको हो ।फोकल पर्सन श्रेष्ठका अनुसार भेरी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा १७ जना, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्रयोगशालामा ग...
नेपालगन्ज उपमहानगरपालिकाको आफ्नै ग्यारेज

नेपालगन्ज उपमहानगरपालिकाको आफ्नै ग्यारेज

प्रदेश ५, श्रम/रोजगार, समाचार
नेपालगन्ज, २६ असोज – नेपालगन्ज उपमहानगरपालिकाले अत्याधुनिक ग्यारेज सञ्चालनमा ल्याएको छ ।नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १३ मा जिल्ला समन्वय समिति बाँकेले उपलब्ध गराएको जग्गामा आधुनिक ग्यारेज निर्माण गरि आईतबार एक कार्यक्रम बीच उद्घाटन गरिएको छ । जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय श्रीवास्तवको अध्यक्षतामा भएको कार्यक्रममा नेपालगन्ज उप–महानगरपालिकाका प्रमुख डा. धवल शम्शेर राणाले आधुनिक ग्यारेजको उद्घाटन गर्नुभयो ।ग्यारेज सञ्चालनमा आएपछि नेपालगन्ज उपमहानगरपालिका अन्तर्गतका सम्पूर्ण सवारी साधनको मर्मत सम्भार यहि हुने प्रशासन प्रमुख राजन केसीले जानकारी दिनुभयो । नगरको आप्mनै ग्यारेज भएपछि फोहर ब्यवस्थापनमा थप सहज हुने केसीले बताउनुभयो ।...
नगरमा छात्रा कलेज सञ्चालन र व्यवस्थापनको तयारी

नगरमा छात्रा कलेज सञ्चालन र व्यवस्थापनको तयारी

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २५ असोज – प्रस्तावित छात्रा कलेजको भवन निर्माण कार्य अन्तिमचरणमा पुगेपछि नेपालगन्ज उप–महानगरपालिकाले कलेजको सञ्चालन र व्यवस्थापन बारे परामर्श सुरु गरेको छ ।नगर प्रमुख डा. धवल शम्शेर राणाको अध्यक्षतामा आईतबार राजनीतिक दलका प्रतिनिधी, शिक्षाविद, समाजसेवी, नागरिक समाजका अगुवा लगायतसँग कलेजको सञ्चालन र ब्यवस्थापनका सम्बन्धमा छलफल गरिएको छ । सो छलफलबाट मव क्याम्पस नेपालगन्जका सहप्राध्यापक तथा अधिकारकर्मी रविन्द्र कर्णको संयोजकत्वमा छात्रा कलेजको सञ्चालन र ब्यवस्थापनका सम्बन्धमा आवश्यक अध्ययन गरि प्रतिवेदन पेश गर्न ७ सदस्यीय समिति गठन गरिएको छ । सो अवसरमा नगर प्रमुख राणाले सञ्चालनका सम्बन्धमा विभिन्न प्रस्ताव आएको बताउँदै छात्रा कलेज उपमहानगरपालिका आफैले सञ्चालन गर्ने बताउनुभयो । अहिले पनि नेपालगन्जमा ठुलो संख्यामा छात्राहरु उच्च शिक्षा पाउनबाट बञ्चित भएको अवस्था छ, नगर प्रमुख ...
बाँके प्रहरीको विशेष सुरक्षा योजना

बाँके प्रहरीको विशेष सुरक्षा योजना

अपराध, प्रदेश ५, समाचार, समाज
नेपालगन्ज, २५ असोज – जिल्ला प्रहरी कार्यालय बाँकेले आउँदै गरेको विजयादशमी, तिहार, छठ पर्वलाई लक्षित गरी विशेष सुरक्षा योजना सार्वजनिक गरेको छ ।जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालीहरुको ठूलो पर्वको रुपमा मनाईने विजयादशमी, तिहार, छठ जस्तो पर्वलाई लक्षित गरी बाँके जिल्ला भित्र हुन सक्ने अपराध र अपराधिक घटना लगायतलाई न्यूनीकरण तथा नियन्त्रण गर्नका लागि विशेष सुरक्षा योजना ल्याएको बाँके प्रमुख प्रमुख ओमबहादुर रानाले बताउनुभयो । आईतबार जिल्ला प्रहरी कार्यालयको प्राङणमा पत्रकार सम्मेलनको आयोजना गरी बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक रानाले १४ बुँदे विशेष सुरक्षा योजना सार्वजनिक गरेका छन् ।पिकेट, हाइवे चेकिङ, एम्बुस चेकिङ, डग स्न्यापिङ, विशेष टोली (सादा पोशाक), सरप्राइज चेकिङ, मोबाइल गस्ती, पैदल गस्ती, सिसिटिभी निगरानी, स्कटिङ, काउन्टर पार्ट्स, क्विक रिस्पोन्स टिम, भिग्रस चेकिङ र कमान्ड प...
विभिन्न पार्टीका २७ बढी जसपामा प्रवेश

विभिन्न पार्टीका २७ बढी जसपामा प्रवेश

प्रदेश ५, राजनीति, समाचार
नेपालगन्ज, २५ असोज – विभिन्न पार्टी परित्याग गरी २७ बढी नेता तथा कार्यकर्ताहरुले जसपामा प्रवेश गरेका छन् ।पार्टी प्रवेश गर्नेहरुमा राप्रपा नेपालको आदीवासी जनजाति विभागका केन्द्रीय सदस्य दिपा राना मगर, पुर्व माओवादी नेपालगन्ज उपमहानगरपालिका वडा ९ का बुथ कमिटी अध्यक्ष भुपाल सिंह खड्का, पशुपति मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद पुडासैनी, राजेन्द्र आले, हेमलता गुरूङ, आलोक पाण्डे, श्याम बुढा सुषमा अधिकारी, भबिसरा घर्ती, कबिता, राना मगर सर्मिला आचार्य लगायत २७ जना बढी रहेका छन् । पूर्व शहरी विकास मन्त्री मो. ईस्तियाक राईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा पार्टीका जिल्ला उपाध्यक्ष राजन राना मगर, सकिल ढपाली, जसपाका नेता तथा तत्कालीन समाजवादी पार्टीका जिल्ला अध्यक्ष कमरूदिन राई लगायत अन्य नेताहरूको उपस्थितिमा पार्टी प्रवेश गराईएको थियो ।...
डेढ लाख बढीको अवैध सामान बरामद

डेढ लाख बढीको अवैध सामान बरामद

आर्थिक, प्रदेश ५, समाचार
नेपालगन्ज, २५ असोज – नेपालगन्जको जमुनाहमा रहेको सशस्त्र प्रहरी बल विओपीले भारतबाट अवैध रुपमा भिœयाउँदै गरेको अवस्थामा विभिन्न सामाग्री बरामद गरेको छ । सशस्त्र प्रहरी निरीक्षण जिवलाल बुढाको कमाण्डमा खटिएको ७ जनाको टोलीले नेपालगन्ज–१६ जयसपुरस्थित दशगजा नजिक भारतबाट नेपालतर्फ अपैध रुपमा युपी ४० एम ४८६७ नम्वरको मोटर साइकलमा सामान ल्याउँदै गरेको अवस्थामा उक्त सामाग्री बरामद गरेको छ । तस्करहरु सामान र मोटर साइकल छाडेर फरार भएका थिए । सशस्त्र प्रहरीका अनुसार कस्मेटिक सामान, कपडा, चप्पल, सूर्तिजन्य पदार्थल र मोटर साइकल सहित करिव १ लाख ५५ हजार ६ सय रुपैयाँ बराबरको बरामद गरिएको जनाएको छ । बरामद सामान नेपालगन्ज भन्सार कार्यालयलाई बुझाइएको सशस्त्रले जनाएको छ ।...
अपडेटः बाँकेमा आज ५ महिलासहित १५ जना घर फर्किदै

अपडेटः बाँकेमा आज ५ महिलासहित १५ जना घर फर्किदै

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २५ असोज – जिल्लाका विभिन्न आईसोलेसनमा रहेका ५ महिलासहित १६ जना निको भई घर फर्किने भएका छन् ।असोज ११ गते कोरोना संक्रमित देखिएका उनीहरु आज आईतबार डिस्चार्ज भई घर फर्किने भएको स्वास्थ्य कार्यालय, बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताउनुभयो ।हालसम्म बाँके जिल्लामा २ हजार ३ सय ६९ जना कोरोना संक्रमित देखिएकोमा उपचारपछि १ हजार ८ सय ९ जना डिस्चार्ज भई घर फर्किसकेका छन् भने विभिन्न आईसोलेसनमा ५ सय ५४ जना रहेको फोकलपर्सन श्रेष्ठले बताउनुभयो । उहाँले बाँकेमा बिरामी निको हुने प्रतिशत ७६.३६ रहेको छ भने बिरामी मृत्यु दर १.१० प्रतिशत रहेको बताउँदै बाँकेमा रोग प्रकोप दर ०.३९ प्रतिशत मात्र रहेको बताउनुभयो । यसअघि ८ महिलासहित २६ जनाको मृत्यु भईसकेको समेत बताउनुभयो ।...
कोरोनाबाट थप २ जनाको मृत्यु

कोरोनाबाट थप २ जनाको मृत्यु

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २५ असोज – नेपालगन्ज स्थित भेरी अस्पतालमा उपचाररत थप २ जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका–१० ट्राफिक चोक निवासी ८४ वर्षीय पुरुष र कोहलपुर नगरपालिका वडा नंं. ८ निवासी ७१ वर्षीया महिलाको गए राती शनिबार मृत्यु भएको हो ।स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेशबाबु श्रेष्ठले दिएको जानकारी अनुसार नेपालगन्जस्थित भेरी अस्पतालको कोरोना आइसोलेसन वार्डमा उपचाररत पुरुषको शनिबार राती ९ः५५ बजे मृत्यु भएको थियो । त्यसको पाँच मिनेटको अन्तरमा १० बजे अर्की महिलाको पनि ज्यान गयो । श्वासप्रश्वासमा समस्या देखिएपछि पिसीआर परीक्षण गर्दा पुरुषमा गत असोज ६ गते र महिलामा १४ गते कोरोना संक्रमण देखिएको थियो दुवै जनालाई भेरी अस्पतालको कोरोना आइसोलेसन वार्डमा भर्ना गरेर रोगको प्रकृति अनुसार सबै प्रकारको आवश्यक उपचार गरिए पनि स्वास्थ्य अवस्थामा सुधार नआई मृत्यु...