Wednesday, May 27सत्यम खबर
Shadow

प्रदेश ५

डा. गोबिन्दको जीवन रक्षाका लागि नागरिक समाज बाँकेद्वारा अनशन शुरु

डा. गोबिन्दको जीवन रक्षाका लागि नागरिक समाज बाँकेद्वारा अनशन शुरु

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २४, असोज – ‘सत्याग्राही डा. गोबिन्द के.सी.को जीवन रक्षा तथा उहाँले उठाएका ६ बूँदे जायज माग तत्काल पुरा गर’ भन्ने नारा साथ नागरिक समाज बाँकेद्वारा रिले अनसन गरिएको छ । डा. गोबिन्दको जीवन रक्षाका लागि नागरिक समाज समाज बाँकेद्वारा शनिबारदेखि जिल्ला प्रशासन कार्यालय अगाडी रिले अनसन शुरु गरिएको छ ।नागरिक समाजका अगुवाहरुको भनाई अनुसार डा. गोबिन्द के.सी.को जायज माग तत्काल सरकारले सम्बोधन नगरुनजेलसम्म हाम्रो अनशन जारी रहने बताएका छन् । रिले अनशनमा अधिवक्ता विश्वजीत तिवारी, बलबहादुर चन्द, कानुन लेखपढी व्यवसायी संघका जगदम्बा पाठक, व्यापारी ललित रौनियार पत्रकार एवम् आरटीआईका कोहलपुरको जयसिंह केसी, मानव अधिकार तथा शान्ति समितिकी कृष्णादेवी पान्डे लगायतको सहभागिता रहेको छ ।...
‘राप्तीपारी ३ महिना भित्र काम सक्ने गरी बिधुतीकरणको काम अगाडी बढाईने’

‘राप्तीपारी ३ महिना भित्र काम सक्ने गरी बिधुतीकरणको काम अगाडी बढाईने’

प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २४, असोज – बाँकेको राप्ती सोनारी र नरैनापुर विद्युतीकरण बारे अदालतले जनताको पक्षमा आदेश गरेको छ । विद्युत प्राधिकरण र जनताको बिपक्षमा ‘अन्तरिम आदेश जारी गर्न माग गरिएको भएपनि तुलसीपुर उच्च अदालत नेपालगन्ज इजलासले अन्तरीम आदेश जारी गनु नपर्ने भन्दै आन्तरीम आदेश जारी गरेन । अदालतका न्यायाधीस पवनकुमार शर्मा (न्यौपाने) र गोकर्ण डाँगीको संयुक्त इजलासले शुक्रबार तत्काल अन्तरीम आदेश जारी गनु पर्ने अवस्था नरहेको ठहर गरेको हो ।’ठेकेदार कम्पनी ‘श्रीम उष्मा गौरी पार्वती जेभी’ का राजेन्द्रकुमार मिश्रले असोज १३ गते नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय पाँच नम्बर प्रदेश डिभिजन कार्यालय समेतविरुद्ध अन्तरिम आदेश माग गर्दै मुद्दा दायर गरेका थिए । तुलसीपुर उच्च अदालत नेपालगन्ज इजलासका सूचना अधिकारी मुन्नासिंह क्षेत्रीले ‘निवेदन माग बमोजिमको अन्तरिम आदेश जारी गर्न नमिल्ने आदेश...
खजुरा गाउँपालिकालाई बि–गु्रपको सहयोग

खजुरा गाउँपालिकालाई बि–गु्रपको सहयोग

आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
खजुरा, २४ असोज – भेरी वातावरणीय विशिष्ट समुह (बि–गु्रप)ले कोरोनाले गर्दा सृजना गरेको समस्यालाई कम गर्नको लागि शुक्रबार खजुरा गाउँपालिकालाई स्वास्थ्य सामाग्री सहित विभिन्न सामान सहयोग गरेको छ । कोभिड–१९ कोरोना भाइरसले पारेको प्रभावलाई कम गर्न सहयोग गर्ने उद्देश्यले गाउँपालिका र वडा नम्बर ३ का स्थानीयलाई हात धुनका लागी प्रयोग गरिने बाल्टिन र साबुन प्रदान गरेको छ ।बि–गु्रपले अक्सफामको साझेदारीमा संचालन गरेको ‘स्वच्छता लागी व्यवहार परिवर्तन परियोजना’ अन्तर्गत खजुरा गाउँपालिकामा कोरोनाबाट बच्नका लागि सहयोग गर्ने स्वास्थ्य सामाग्री, स्थानीयलाई जनचेतनामा मुलुक कार्यक्रम गर्दै आएको छ । शुक्रबा बि–गु्रपका कार्यसमिति सचिव टेक बहादुर पुनले खजुरा गाउँपालिका उपाध्यक्ष एकमाया विक र ३ नम्बर वडा अध्यक्ष कान्तीराम गौतमलाई स्वास्थ्य सामाग्री प्रदान गरे ।बि–गु्रपले गाउँपालिका र वडा कार्यालयलाई ...
अपडेटः बाँकेमा आज १६ महिलासहित ३१ जना घर फर्किदै

अपडेटः बाँकेमा आज १६ महिलासहित ३१ जना घर फर्किदै

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २४ असोज – जिल्लाका विभिन्न आईसोलेसनमा रहेका १६ महिलासहित ३१ जना निको भई घर फर्किने भएका छन् ।असोज १० गते कोरोना संक्रमित देखिएका उनीहरु आज शनिबार डिस्चार्ज भई घर फर्किने भएको स्वास्थ्य कार्यालय, बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताउनुभयो । हालसम्म बाँके जिल्लामा २ हजार ३ सय २७ जना कोरोना संक्रमित देखिएकोमा उपचारपछि १ हजार ७ सय ९३ जना डिस्चार्ज भई घर फर्किसकेका छन् भने विभिन्न आईसोलेसनमा ५ सय ३० जना रहेको फोकलपर्सन श्रेष्ठले बताउनुभयो ।उहाँले बाँकेमा बिरामी निको हुने प्रतिशत ७७.५ रहेको छ भने बिरामी मृत्यु दर १.३ प्रतिशत रहेको बताउँदै बाँकेमा रोग प्रकोप दर ०.३९ प्रतिशत मात्र रहेको बताउनुभयो । यसअघि ७ महिलासहित २५ जनाको मृत्यु भईसकेको समेत बताउनुभयो ।...
कोरोना संक्रमित भई १५ वर्षीय किशोरसहित दुई जनाको मृत्यु

कोरोना संक्रमित भई १५ वर्षीय किशोरसहित दुई जनाको मृत्यु

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २४ असोज – बाँकेमा अस्पतालमा उपचाररत दुईजना कोरोना संक्रमितको शुक्रबार राति मृत्यु भएको छ ।दाङको घोराही उपमहानगरपालिका वडा नं ३ निवासी १५ वर्षीय किशोर र कोहलपुर नगरपालिका ९ पिपरी निवासी ३८ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी गराउनुभयो । उनका अनुसार दाङको घोराहीबाट उपचारका लागि शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएका १५ वर्षीय किशोरको उपचारका क्रममा शुक्रबार राति करिब नौ बजे मृत्यु भएको छ ।निमोनियाबाट ग्रसितको अवस्था अनुसार गरिनु पर्ने सबै प्रकारको उपचार गर्दा समेत बिरामीको अवस्थामा सुधार आउन नसकी उपचार कै क्रममा मृत्यु भएको फोकल पर्सन श्रेष्ठले बताउनुभयो ।यसैगरी कोहलपुर नगरपालिका ९ पिपरी निवासी ३८ वर्षीय पुरुषको नेपालगन्ज स्थित भेरी अस्पतालमा उपचार कै क्रममा शुक्रबार राति ११ बजे मृत्यु भएको छ । श्वा...
मोरिङ्गा प्रोडक्ट नेपालगन्जमा

मोरिङ्गा प्रोडक्ट नेपालगन्जमा

आर्थिक, प्रदेश ५, समाचार
नेपालगन्ज, २३ असोज – नेपालगन्जमा मोरिङ्गा प्रोडक्ट आजबाट पाउन सुरु गरेको छ । माउन्टेन मोरिङ्गा एन्ड हर्ब्स नेपालबाट उत्पादित तथा आफै प्याकेजिङ्ग गरि पुर्ण अर्गानिक सर्टिफाईड मोरिङ्गा चियापत्ती र मोरिङ्गा पाउडर नेपालगन्जमा पुगेको छ । नेपालगन्जको बाईपास जनरल अर्डर सप्लायर्स बाईपास मोड कारकाँदो नेपालगन्जमा उपलब्ध रहेको छ र फ्री होम डेलिभरिको ब्यवस्था समेत रहेको हेमन्तराज काफ्लेले जनाएका छन् ।धेरै बर्षदेखि सितल चिनि कै प्रचार गर्दै आएका हरित अभियन्ता काफ्लेले नेपालगन्ज बजारमा उक्त प्रोडक्ट ल्याएका छन् । उनलाई मोरिङ्गा बाड्दा बाड्दा मोरिङ्गा बाबा समेत भन्ने गरिन्छ । मोरिङ्गाको बिरुवा बाड्दा बाड्दा मानिसहरुको अभिरुची अनुसार यो प्रोडक्ट बजारमा ल्याएको उनी बताउछ्न । उनीसँग धादिङका सन्तोष सापकोटा र पुर्ब मन्त्री भक्तबहादुर बलायर पनि सँगै छन् । पुर्ब मन्त्री बलाएर माउन्टेन मोरिङ्गा एन्...
अपडेटः बाँकेमा आज ६ महिलासहित २४ जना घर फर्किदै

अपडेटः बाँकेमा आज ६ महिलासहित २४ जना घर फर्किदै

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २३ असोज – जिल्लाका विभिन्न आईसोलेसनमा रहेका ६ महिलासहित २४ जना निको भई घर फर्किने भएका छन् ।असोज ९ गते कोरोना संक्रमित देखिएका उनीहरु आज शुक्रबार डिस्चार्ज भई घर फर्किने भएको स्वास्थ्य कार्यालय, बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताउनुभयो । हालसम्म बाँके जिल्लामा २ हजार २ सय ८९ जना कोरोना संक्रमित देखिएकोमा उपचारपछि १ हजार ७ सय ६२ जना डिस्चार्ज भई घर फर्किसकेका छन् भने विभिन्न आईसोलेसनमा ५ सय २५ जना रहेको फोकलपर्सन श्रेष्ठले बताउनुभयो ।उहाँले बाँकेमा बिरामी निको हुने प्रतिशत ७६.९८ रहेको छ भने बिरामी मृत्यु दर ०.९६ प्रतिशत रहेको बताउँदै बाँकेमा रोग प्रकोप दर ०.३८ प्रतिशत मात्र रहेको बताउनुभयो । यसअघि ७ महिलासहित २३ जनाको मृत्यु भईसकेको समेत बताउनुभयो ।...
कोरोनाबाट एक थप ८५ वर्षिय महिलाको मृत्यु

कोरोनाबाट एक थप ८५ वर्षिय महिलाको मृत्यु

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २३ असोज – नेपालगन्ज उपमहानगरपालिका वडा नं. १ बस्ने ८५ वर्षिय थप एक जना महिलाको कोरोना संक्रमित भई मृत्यु भएको छ ।स्वास्थ्य समस्या आएपछि मृत महिलालाई उपचारको लागि नेपालगन्ज मेडिकल कलेज लगिएको भएपनि त्यहाँ बेड उपलब्ध नभएपछि भेरी अस्पतालमा असोज २१ गते लगिएको थियो भने उपचारकै क्रममा उनको २२ गते राती ९ बजे मृत्यु भएको भेरी अस्पताल स्रोतले जानकारी गराएको छ ।यसअघि ७ महिलासहित २३ जनाको मृत्यु भईसकेको समेत बताउनुभयो ।...
विभिन्न पार्टी परित्याग गरी ९० बढी जसपामा प्रवेश

विभिन्न पार्टी परित्याग गरी ९० बढी जसपामा प्रवेश

प्रदेश ५, राजनीति, समाचार
नेपालगन्ज, २२ असोज – नेपालगन्ज उपमहानगरपालिका वडा न. १९ को आला नगरमा विभिन्न पार्टी परित्याग गरी जसपा नेता राजन राना मगरको अथक प्रयासमा लक्ष्मी परियारको नेतृत्वमा ९० जना जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् । पार्टी प्रवेश कार्यक्रममा जसपा नेता तथा तत्कालीन सपा बाँके अध्यक्ष कमरुद्दीन राई, उपाध्यक्ष राजन राना मगर तत्कालीन सपा नगर अध्यक्ष श्रवण यादव, प्रदेश सदस्य रमारानी बैश्य, राजेन्द्र बिश्वकर्मा लगायत नेताहरुको उपस्थिति रहेको थियो ।...
डा. गोबिन्द के.सीको जीवन रक्षाका लागि बाँकेमा दबाब कार्यक्रम सार्वजनिक

डा. गोबिन्द के.सीको जीवन रक्षाका लागि बाँकेमा दबाब कार्यक्रम सार्वजनिक

प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २२ असोज – सत्याग्राही डा. गोविन्द केसीको माग र जिवन रक्षाका लागि बाँकेमा दबाबमुलक कार्यक्रम तय गरिएको छ । विगत लामो समयदेखि अमरण अनसनमा बस्नु भएका डा केसीको माग तथा जिवन रक्षाका लागि सरकारले ठोस कदम नचालेपछि तत्काल सम्बोधन गर्न दबाबका कार्यक्रम तय गरेको हो । सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जको अगुवाइमा आज विहिबार बसेको बैठकले छलफल गर्दै विभिन्न कार्यक्रमहरु सार्वजनिक गरेको हो । बैठकले भोली असोज २३ गते शुक्रबार प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापन पत्र बुझाउने र कार्यक्रमको जानकारी गराउने, साँझ ५ बजे विपी चोकमा दबाब कार्यक्रम गर्ने । असोज २४ गते शुक्रबार बिहान १० बजेदेखि साँझ ५ः०० बजेमा जिल्ला प्रशासन कार्यालय अगाडी नागरिक समाजको तर्फबाट रिले अनसन (अनिश्चितकालीन) गर्ने तय गरेको छ ।बैठकले केसीको माग पुरा गराउन विश्वजित तिवारीको संयोजकत्वमा दबाब समुह गठन...