नेपालगन्जमा अप्टिमिस्ट क्लब
नेपालगन्ज, ५ मंसिर – आशा र सकारात्मक दृष्टिकोणलाई बढवा दिने उद्देश्यले संसार भर क्रियाशिल अप्टिमिस्ट क्लव नेपालगन्जमा गठन भएको छ ।आशावादी सोचले असल युवा, असल समुदायका साथै समाजमा अग्रगामी रुपान्तरण ल्याउँछ भन्ने सोचका साथ अन्तराष्ट्रिय स्तरमा स्वयंसेवि संस्थाको रुपमा स्थापित अप्टिमिस्ट ईण्टरनेशनलमा आवद्ध हुने गरि नेपालगञ्जमा क्लब गठन भएको हो ।
नेपालमा बिराटनगर, दाँग, हेटौंडा, ईलाम, कञ्चनपुर, काठमाण्डौं, ललितपुर, मंगलवा, मोरंग, नवलपरासी, नवलपुर, पर्वत, पोखरामा गरि १६ वटा मात्रै क्लब रहेका छन् ।१७ औं शाखाको रुपमा स्थापित अप्टिमिस्ट क्लब अफ नेपालगन्जको अध्यक्षमा रमेश सिटौला सर्बसम्मत चयन भएका छन् ।क्लबको उपाध्यक्षमा नमस्कार शाह, सचिवमा कमल शाही, कोषाध्यक्षमा किरण कार्की चयन भएका छन् भने निर्देशकमा कुमार अधिकारी, डाक्टर मञ्जु बि.सि. शाह र पूर्णप्रसाद ढकाल रहेका छन् ।
सदस्यहरुमा ल...









