अपडेटः कोरोना संक्रमणले कोहलपुरकी थप एक ६८ वर्षिय महिलाको मृत्यु
नेपालगन्ज, ६ मंसिर – कोभिड–१९ कोरोना संक्रमणबाट कोहलपुरकी ६८ वर्षिय थप एक महिलाको शनिबार बा“केमा ज्यान गएको छ ।कोहलपुर नगरपालिका ११ की ६८ वर्षिय महिलाको कोरोना संक्रमणका कारण ज्यान गएको जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बा“केका फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताउनुभयो ।श्वासप्रश्वासमा समस्या देखिएपछि ति महिलालाई कार्तिक २८ गते नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्ज भर्ना गरिएको थियो । अस्पतालमा भर्ना भएलगत्तै उनको स्वास्थ्य परिक्षण गरिएको र उक्त परिक्षणमा ति महिलामा कोरोना भाईरस संक्रमण पुुष्टि भएको फोकल पर्सन श्रेष्ठले बताउनुभयो ।
कोरोना संक्रमण पुष्टि भएपछि कोरोना विशेष वार्डमा सारेर रोगको प्रकृती अनुसार सम्पूर्ण उपचार बिधि अपनाउ“दा समेत ति महिलालाई बचाउन नसकिएको अस्पताल स्रोतलाई उदृध गर्दै फोकल पर्सन श्रेष्ठले बताउनुभयो ।कोरोना संक्रमित बृद्धाको उपचार कै क्रममा आज शन...









