Thursday, September 25सत्यम खबर
Shadow

अपडेटः कोरोनाले थप एक ५६ वर्षिय पुरुषको मृत्यु

नेपालगन्ज, ४ मंसिर – बाँकेमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । दाङका एक ५६ वर्षिय कोरोना संक्रमित पुरुषको उपचारका क्रममा बिहिबार बिहान कोहलपुरमा मृत्यु भएको छ ।
तुलसीपुर उपनहानगरपालिका वडा नम्बर ६, दाङका ५६ बर्षिय कोरोना संक्रमित एक पुरुषको उपचारका क्रममा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा बिहिबार बिहान २ः२० बजे मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी गराउनुभयो ।


कोरोनाको आशंकामा कार्तिक २४ गते स्वाव संकलन गरी राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पठाइएको र २५ गते आएको रिपोर्टमा उनलाई कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टि भएपश्चात उनी २६ गतेसम्म होम आइसोलेसनमा बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रद्वारा जारी प्रेस नोटमा जनाइएको छ ।
स्वास्थ्यमा समस्या देखिएपछि उनलाई २७ गते बिहान ३ बजे नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको कोभिड वार्डमा भर्ना गरी उपचार शुरु गरिएको थियो ।
अस्पतालको कोभिड–१९ आइसोलेसन वार्डमा भर्ना भएका उनलाई उपचारका क्रममा अक्सिजन, एन्टिफ्ल्यु, एन्टिबायोटिक्स, भेन्टिलेटर लगायतका सम्पुर्ण विधि अपनाउँदा पनि स्वास्थ्यमा सुधार नआई बिग्रदै गएपछि बिहिबार बिहान २ः२० बजे उनको मृत्यु भएको अस्पतालले पुष्टि गरेको फोकल पर्सन श्रेष्ठले जानकारी दिए ।
यो सँगै जिल्ला बाहिरबाट बाँकेमा कोरोनाको उपचार गराउन आई मृत्यु हुनेको संख्या ४१ पुगेको छ । यसअघि बाँके जिल्लाका ३७ जना कोरोना संक्रमितको ज्यान गैसकेको छ । जिल्ला भित्र र जिल्ला बाहिरका गरी बाँकेमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७८ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *