Thursday, March 12सत्यम खबर
Shadow

अपडेटः १९ जना संक्रमित कोरोना मुक्त भई घर फर्किदै

नेपालगन्ज, ३ मंसिर – बुधबार बाँकेका थप १९ जना संक्रमित कोरोना मुक्त भई घर फर्किने भएका छन् ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार बाँकेका ७ महिला र १२ पुरुष गरी १९ जना संक्रमित कोरोना मुक्त भई डिस्चार्ज हुँदैछन् । उनीहरुलाई कार्तिक २३ गते कोरोना संक्रमण देखिएपछि विभिन्न आइसोलेसनमा राखिएको थियो ।


यो सहित बाँकेमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ३ हजार ३ सय ९३ पुगेको छ ।
विभिन्न आइसोलेसन केन्द्रमा १ सय ७५ जना सक्रिय संक्रमित उपचाररत छन् । बाँके जिल्लामा हालसम्म कोरोनाबाट संक्रमितको संख्या ३ हजार ६ सय ५ रहेको छ भने ३७ जनाको कोरोनाका कारण मृत्यु भईसकेको फोकलपर्सन श्रेष्ठले जनाउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *