अपटेडः ७ महिलासहित २३ जना कोरोना जितेर घर फर्किदैं
नेपालगन्ज, १० मंसिर – जिल्लाबाट आज (बुधबार) कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएका २३ जना निको भइ डिस्चार्ज हुँदै घर फर्किने भएका छन् ।जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार आज डिस्चार्ज हुनेमा ७ जना महिला र १६ जना पुरुष रहेका छन् । यो सँगै जिल्लाभर कोरोना जित्दै डिस्चार्ज हुनेको संख्या ३ हजार ५ सय ८१ पुगेको छ ।
बाँकेमा हालसम्म ३ हजार ७ सय ७३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको फोकलपर्सन नरेशबाबु श्रेष्ठले जनाउनु भयो । संक्रमित मध्ये ३८ जनाको मृत्यु भएको छ । बाँके र बाहिर जिल्लाका गरी अहिले २ सय ८ जना कोरोना संक्रमित मानिस आईसोलेसनमा रहेका छन् ।बाँकेमा कोरोनाका बिरामी निको हुने दर ९४.९१ प्रतिशत, मृत्यु दर १.०१ प्रतिशत र रोगको प्रकोप दर ०.६३ प्रतिशत रहेको छ ।...








