Saturday, April 18सत्यम खबर
Shadow

किशोरीलाई सञ्चार शीप तालिम

नेपालगन्ज, ११ मंसीर – जानकी गाउँपालिका स्तरिय किशोर किशोरीहरुका लागि सञ्चालीत जीवन उपयोगी दुई दिने संचार सीप तालिम बुधबार समापन गरिएको छ ।
प्लान इन्टरनेशनल क्षेत्रीय कार्यालय सुर्खेतको साझेदारीमा सामाजिक सचेतना सरोकार मञ्च (स्याक) नेपाल बाँकेले बालबिवाह रोकथाम परियोजना अन्तर्गत उज्जवल भविष्यको छनोट तथा परिवर्तन सम्वाहक माध्यमबाट किशोर किशोरीहरुका लागि जीवन उपयोगी सीप सम्बन्धी संचार सीप दिएको हो । कोभिड–१९ को अवस्थालाई मध्यनजर गर्दै भौतीक दुरी कायम सहित १३ जना कशोरीलाई सहभागी गराइएको थियो ।


बालविवाहलाई नाई भनौ भन्ने मूल नाराका साथ सञ्चालीत तालिममा सञ्चार शीपका वीवीध पक्षका साथैका किशोरीले सार्वजनिक गर्न सक्ने सूचना र सवाल लगायतका विषयमा सजीकरण गरिएको थियो । सञ्चार शिपको सहजीकरण पत्रकार शुक्रऋषि चौलागाईले गर्नु भएको थियो ।
यस्तै बालबिवाह रोकथाम परियोजना अन्तरगत साइबर कानुन तथा सामाजिक सञ्जाल मार्फत लेख प्रकाशन सम्बन्धि दुई दिने प्राविधिक तालिम पनि सम्पन्न गरिएको छ ।


सामाजिक सचेतना सरोकार मञ्च (स्याक) नेपाल बाँकेको आयोजना र प्लान इन्टरनेशनल क्षेत्रीय कार्यालय सुर्खेतको साझेदारी तथा सिर्जनशिल किशोरी क्लवको संयोजनमा जानकी गाउँपालिकमा तालिम गरिएको हो । १२ जना सहभागि तालिमको तिलक गहामगरले सहजीकरण गर्नु भएको थियो ।
कार्यक्रमको व्यवस्थापन स्याकका फिल्ड सुपरभाइजर द्धय अकलीम खान र अर्मीला रोकायाले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *