Friday, January 16सत्यम खबर
Shadow

अपडेटः ३ महिलासहित ४ जना घर फर्किदै

नेपालगन्ज, १२ मंसिर : बाँकेमा शुक्रवार ४ जना मात्र कोरोनामुक्त भई डिस्चार्ज भई घर फर्किने भएका छन् ।
बाँकेको विभिन्न आइसोलेशनमा बसेका १ पुरुष र ३ महिला कोरोना मुक्त भई डिस्चार्ज भएका छन् ।


योसंगै बाँकेमा कोरोना संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या ३ हजार ५ सय ८७ पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताउनुभयो ।
हाल आइसोलेशनमा बाँकेका १ सय ९९ र अन्य जिल्लाका ४९ गरी जम्मा २ सय ४८ जना रहेका छन् । हालसम्म बाँकेमा ३ हजार ८ सय २४ जनामा संक्रमण देखिएको छ भने कोरोनाका कारण बाँकेमा ३८ जनाको मृत्युु भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *