Sunday, April 19सत्यम खबर
Shadow

अपडेटः थप एक ४२ बर्षिय पुरुषको कोरोना संक्रमित भई मृत्यु

नेपालगन्ज, ११ मंसिर – बाँकेमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । दाङका कोरोना संक्रमित एक पुरुषहरुको उपचारका क्रममा बिहिवार बिहान नेपालगन्जमा मृत्यु भएको छ ।
राप्ती गाउँपालिका वडा नम्बर ४ दाङका ४२ बर्षिय कोरोना संक्रमित एक पुरुषको उपचारका क्रममा भेरी अस्पताल नेपालगन्जमा बिहिवार बिहान ७ः४८ बजे मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी गराउनुभयो ।


श्रेष्ठका अनुसार स्वास्थ्यमा समस्या देखिएपछि उनी नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा भर्ना भएका थिए । कोरोनाको आशंकामा मंसिर २ गते स्वाब संकलन गरिएको र ३ गते आएको रिपोर्टमा उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । तत्पश्चात उनि ३ गते बेलुका ५ बजे भेरी अस्पताल नेपालगन्जको कोभिड–१९ आइसोलेसन वार्डमा भर्ना भएका थिए ।
उपचारका क्रममा रोगको प्रकृति अनुसार अक्सिजन थेरापी, ओ टु सिप्याप, रेमडिसिभर, भेन्टिलेटर लगायतका सम्पुर्ण विधि अपनाउँदा पनि स्वास्थ्यमा सुधार नआई बिग्रदै गएपछि बिहीवार बिहान ७ः४८ बजे उनको मृत्यु भएको अस्पतालले पुष्टि गरेको फोकल कोभिड पर्सन श्रेष्ठले जानकारी गराउनुभयो ।
यो सँगै जिल्ला बाहिरबाट बाँकेमा कोरोनाको उपचार गराउन आई मृत्यु हुनेको संख्या ५० पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *