Tuesday, April 21सत्यम खबर
Shadow

अपडेटः दाङकी थप एक ७७ वर्षिय महिलाको मृत्यु

नेपालगन्ज, १० मंसिर – स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि बाँके आएका थप एक जनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका ६ दाङकी ७७ वर्षिया महिलाको गए राती १२ः१५ बजे मृत्यु भएको हो ।
उनलाई मंसिर ५ गते नेपालगन्ज शिक्षण अस्पताल कोहलपुरमा भर्ना गरिएको थियो । कोरोनाको आशंकामा अस्पताल भर्ना भएकी ति महिलाको कोरोना परिक्षणको रिपोर्ट पोजेटिभ देखिएको थियो ।


६ गते कोरोना संक्रमण पुष्टि भएपछि रोगको प्रकृती अनुसार उपचार विधि अपनाउँदै आएपनि ति महिलाको उपचारकै क्रममा मृत्यु भएको जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।
यसअघि बाँके मै उपचारका क्रममा बिभिन्न जिल्लाका ४८ जना कोरोना भाईरसका संक्रमितले ज्यान गुमाई सकेका छन । योसँगै बाहिरी जिल्लाबाट बाँके आएर ज्यान गुमाउनेको संख्या ४९ पुगेको केन्द्रले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *