
नेपालगन्ज, १५ मंसिर – पूर्वमन्त्री एवं संघीय सांसद मोहम्मद इस्तियाक राईले सांसद विकास कोषबाट भेरी अस्पताललाई ४५ लाख रुपैयाँ विनियोजन गरेका छन् ।
आफ्नो संसद विकास कोषबाट भेरी अस्पतालको भेन्टिलेटर खरिदका लागि उनले ४५ लाख बजेट बिनियोजन गरेका छन् ।

पूर्व सहरी विकासमन्त्री समेत रहेका सांसद राईले यसअघि पनि भेरी अस्पताललाई भेन्टिलेटरका लागि रकम विनियोजन गरेका थिए । तर नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवलशम्शेर राणाको गम्भीर लापरवाहीले उक्त रकम फ्रिज भएको थियो ।
भेन्टिलेटर खरिद भए भेरी अस्पतालमा उपचारका लागि आउने विरामीलाई ठूलो राहत मिल्ने छ । कोरोना रोकथाम, नियन्त्रण र निदानका सवालमा पूर्वमन्त्री राईले सक्रियरुपमा भूमिका निभाउँदै आएका छन् ।
