
नेपालगन्ज, १८ मंसिर – बाँकेमा थप एक जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ । भेरी अस्पताल नेपालगन्जमा उपचार गराईरहेका कोहलपुर नगरपालिका वडा नं. २ का ७४ वर्षिय बृद्धको बिहिबार बिहान मृत्यु भएको छ ।

जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार मंसिर ६ गते अस्पताल भर्ना भएका ७४ वर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको थियो । रोगको प्रकृति अनुसार सबै उपचार विधि अपनाउँदा समेत उनको स्वास्थ्यमा सुधार देखिएको थिएन ।
यसैबिच उपचार कै क्रममा बिहिबार बिहान २ बजे उनको मृत्यु भएको हो ।
यो सँगै कोरोना संक्रमणका कारण ज्यान गुमाउने बाँकेवासीको संख्या ३९ पुगेको छ ।
