
जानकी, १६ मंसिर – बाँकेको जानकी गाउँपालिका वडा नम्बर ५ बनियाँ गाउँमा सोमबार साझ पाँच बजे तिर स्थानीयहरु बीच झडप हुँदा एक जनाको मृत्यु भएको छ ।
झडपमा जानकी गाउँपालिका वडा नम्बर ५ का ५६ वर्षीय धनिराम यावदको मृत्यु भएको हो भने झडपमा परी स्थानीय पञ्चराम यादव, मुन्ना खटिक, रामनारायण गुप्ता, मनदेवी काँदु, पर्वत काँदु लगायत ६ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आजबाट सुरु भएको गुरुवा गाउँको मेलामै उनीहरु बिच बिबाद र झडपको स्थिति सृजना भएको थियो भने त्यही बिबाद गाउँमा आएर पुनः बल्झिदा उक्त घटना भएको हो । उनीहरुबीच पुरानो रिसिवी रहेको छ । महिला बच्चाबच्चीमाथि अन्धाधुन्ध कुटपिट गरेको यादव परिवारको आरोप छ ।
झडपमा घाइते बनेका यादवलाई उपचारका लागी अस्पताल पुराइएको भए पनि उनको उपचार कै क्रममा मृत्यु भएको हो । घाइतेहरुको नेपालगन्जको नर्सिङ होममा उपचार भइरहेको छ ।
प्रहरीले घट्नामा संग्लन रहेका १२ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी सुभाष खड्का, वडा प्रहरीका प्रहरी निरीक्षक डिल्ली खड्का र जमुनाह भन्सार बिओपि सशस्त्र प्रहरी निरीक्षक जिबनलाल बुढाको संयुक्त प्रहरी टोलीले तत्काल घटनास्थललाई नियन्त्रणमा लिएको थियो भने सुरक्षा कर्मी घटनास्थल मै बाक्लो उपस्थिति रहेको छ तथा घटनामा संलग्नहरुको खोजी कार्य जारी छ ।
