Thursday, May 28सत्यम खबर
Shadow

प्रदेश ५

५ लाख असुली गरेको आरोपमा ५ पक्राउ

५ लाख असुली गरेको आरोपमा ५ पक्राउ

अपराध, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ३० जेष्ठ – कोहलपुरको ३ स्टार मोबाइल पसलबाट धम्काएर ५ लाख असुली गरेको आरोपमा मोबाइल तथा इलेक्ट्रोनिक ब्यबसायि संघ कोहलपुर अध्यक्ष गोबिन्द भण्डारी सहित ५ जना पक्राउ । जिल्ला प्रहरी कार्यालय बाँकेका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक यमबहादुर बुढामगरले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा प्रहरी सहायक हवलदार मोहम्मद सफिक खान, प्रहरी सहायक हवलदार परमानन्द बर्मा, सशस्त्र प्रहरी जवान रामसुन्दर चौधरी रहेका छन् । उनका अनुसार यस्तै पक्राउ पर्नेमा आफूलाई पत्रकारसमेत बताउने मोबाइल तथा इलेक्ट्रोनिक्स व्यवसायी संघ बाँकेका अध्यक्ष गोबिन्द भण्डारी र आफूलाई पत्रकार तथा भ्रष्टाचार विरुद्धको अभियन्ता बताउने दैलेख घर भई नेपालगन्ज बस्ने सूर्यप्रसाद रिजाल रहेका छन् ।...
महिला तथा पुरुष भलिबल प्रतियोगिताको फाईनल समीकरण पूरा

महिला तथा पुरुष भलिबल प्रतियोगिताको फाईनल समीकरण पूरा

आर्थिक, आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २९ जेष्ठ – नेपालगन्जमा जारी प्रथम नगर मावि स्तरीय मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिताको फाईनल समीकरण पूरा भएको छ । महिलातर्फ युनाईटेड र आदर्शं माबि तथा पुरुषतर्फ धम्बोजी माबि र जय जनता फाईनलमा प्रबेश गरेका छन । महिलातर्फ बिहिवार भएको सेमीफाईनल खेलमा युनाइटेडले सगरमाथालाई २५–९, १९–२५ र २५–१६ ले तथा आदर्श माबिले जय बागेश्वरीलाई २५–१५, २५–१७ ले पराजित गर्दै फाईनलमा प्रबेश गरेका हुन। सेमीफाईनलमा पराजित सगरमाथा र जय बागेश्वरी तेस्रो स्थानका लागि भिड्ने छ । त्यस्तै पुरुषतर्फ भएको सेमीफाईनल खेलमा धम्बोजी माबिले युनाइटेडलाई २५–२२, २५–२१ ले तथा जय जनताले मंगल माबिलाई २७–२५, २५–१४ ले पराजित गर्दै फाईनलमा स्थान पक्का गरेका हुन । पराजित हुने युनाईटेड र मंगल तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्ने छन् । भोलि बिहान तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ भने दिउँसो ३ बजे फाईनल ...
बैंकिङ संकटको दीर्घकालीन समाधान कि नयाँ बोझ ?

बैंकिङ संकटको दीर्घकालीन समाधान कि नयाँ बोझ ?

आर्थिक, आस्था, प्रदेश ५, बिचार, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, समाज
मितिः २०८२ साल जेष्ठ २९ गते, विहिबार रमेश कुमार बोहोरा सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम र बजेटमार्फत बैंकिङ क्षेत्रको गैरबैंकिङ सम्पत्ति व्यवस्थापनका लागि सम्पत्ति व्यवस्थापन कम्पनी (Asset Management Company) स्थापना गर्ने घोषणा गरेको छ । यो कदम सरकारको प्राथमिकतामा परेको देखिए तापनि यसको कार्यान्वयन पक्ष र विगतका अनुभवहरूले केही दुविधाको वातावरण सिर्जना गरिरहेका छन् । अर्थमन्त्री विष्णु पौडेलले बजेट वक्तव्यमार्फत बैंक तथा वित्तीय संस्थाहरूको खराब कर्जा र गैरबैंकिङ सम्पत्ति व्यवस्थापन गर्न उक्त कम्पनी स्थापना गरिने घोषणा गरेका हुन् । यद्यपि यो अवधारणा नयाँ होइन । अघिल्ला सरकारका नीति तथा कार्यक्रमहरूमा पनि यसबारे चर्चा गरिएको थियो । त्यतिमात्र होइन रामेश्वर खनालको नेतृत्वमा गठित उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले समेत गैरबैंकिङ सम्पत्तिको संकट गहिरिँदै गए...
नरैनापुर काण्ड : जिल्ला अदालत बाँकेद्धारा रियाजलाई ७ दिन म्याद थप गरि अनुसन्धान

नरैनापुर काण्ड : जिल्ला अदालत बाँकेद्धारा रियाजलाई ७ दिन म्याद थप गरि अनुसन्धान

अपराध, प्रदेश ५, राजनीति, समाचार, समाज
नेपालगन्ज, २९ जेष्ठ — बाँकेको नरैनापुर गाउँपालिका–१ नेपाली काँग्रेसका वडा सदस्य रियाज खाँलाई जिल्ला अदालत बाँकेले ७ दिन म्याद थप गरेको छ ।   जबरजस्ती करणी प्रयासको आरोपमा प्रहरीले पक्राउ गरि आज अदालतले ७ दिन म्याद थप गरेको प्रहरीले जनाएको छ । नरैनापुर–१ महतिनियाकी ४२ वर्षीया बिट्टी जोलाहमाथि अनैतिक सम्बन्ध कायम गर्ने प्रयास गरेको आरोपमा नेपाली काँग्रेसका वडा सदस्य समेत रहेनु भएका खाँलाई अदालतले ७ दिनको म्याद थप गरि अनुसन्धान अगाडी बढाएको हो । पीडित जोलाहका अनुसार, छोरा विदेश जान लागेकाले आर्थिक समस्यामा परेपछि सहयोगको लागि वडा सदस्य रियाज खाँसँग रकम खोज्न सहयोग आचाना गर्दा सहयोगको साटोमा रियाजले अनैतिक सम्बन्ध कायम गर्न दबाब दिएको जोलाहको आरोप छ ।   उक्त घटना बैशाख ८ गते घटेको बताइएको छ । “पैसा दिन कट्कुइया जानुपर्छ भन्दै एकान्त स्थानमा लगेपछि रियाजले मेरो स...
नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले अदालतको आदेशप्रति आपत्ति जनाउँदै प्रेस स्वतन्त्रता रक्षा गर्न चेतावनी

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले अदालतको आदेशप्रति आपत्ति जनाउँदै प्रेस स्वतन्त्रता रक्षा गर्न चेतावनी

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, सूचना-प्रबिधि
काठमाडौं, २८ जेष्ठ – नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले सञ्चारमाध्यममाथि जिल्ला अदालत काठमाडौंले दिएको अल्पकालीन अन्तरिम आदेशप्रति गम्भीर आपत्ति जनाएको छ । शाखाका सचिव रमेश कुमार बोहोराले प्रेस विज्ञप्ति जारी गर्दै प्रेस स्वतन्त्रताको विरुद्धमा आएको यो आदेशको पुनर्विचार गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन् । जिल्ला अदालत काठमाडौंका न्यायाधीश पीताम्बर शर्माको एकल इजलासले नेपालखबर डटकम र बिजमान्डु डटकममा प्रकाशित समाचारहरूबारे अल्पकालीन अन्तरिम आदेश जारी गर्दै “अप्रमाणित तथा तथ्यहीन समाचारहरू प्रकाशन, प्रसारण नगर्नू, नगराउनू र प्रकाशित समाचारहरू तुरुन्त हटाउनू” भन्ने निर्देशन दिएको थियो । उक्त आदेश नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठद्वारा दायर रिट निवेदनमा सुनुवाइ गर्दै जारी गरिएको हो । शाखाको विज्ञप्तिमा भनिएको छ “सञ्चारमाध्यममा प्रकाशित वा प्रसारित समाचारप्...
आजबाट भलिबल प्रतियोगिता–२०८२ शुरु

आजबाट भलिबल प्रतियोगिता–२०८२ शुरु

आर्थिक, आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २८ जेष्ठ – प्रथम नगर मावि स्तरीय मेयर कप महिला÷पुरुष भलिबल प्रतियोगिता–२०८२ आज बुधबारदेखी नेपालगन्जमा शुरु भएको छ । पुर्व खेलाडी समाज बाँकेको आयोजना तथा नेपालगन्ज उपमहानगरपालिकाको आर्थिक सहयोगमा उक्त प्रतियोगिता सञ्चालनमा आएको छ । नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दिन राईले प्रतियोगिताको एक कार्यक्रमका बीच उद्घाटन गरेका छन् । पुर्व खेलाडी समाज बाँकेका कार्यबाहक अध्यक्ष निजामुद्दिन सिद्दिकीको अध्यक्षतामा भएको उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी उपप्रमुख राईले उपमहानगरपालिकाले खेलकुद क्षेत्रलाई सहयोग गर्दै आएको बताएका छन् । पुर्व खेलाडी समाज सक्रिय भएर खेलकुद प्रतियोगिता गर्दा नयाँ खेलाडी उत्पादन हुने उनको विश्वास छ । समाज बाँकेका कार्यसमिति सदस्य आशा बिष्टले स्वागत गरेको उद्घाटन कार्यक्रममा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरी शर्मा, नेपा...
बर्दियामा महिला पुरुष गरी १ सय ४ जनाद्वारा रक्तदान

बर्दियामा महिला पुरुष गरी १ सय ४ जनाद्वारा रक्तदान

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २८ जेष्ठ – बर्दियाको ठाकुरबाबा नगरपालिका सैनवारको संरक्षत्वमा, प्रगती बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा, नेपाल स्वयंसेवी रक्तदाता समाज बर्दिया शाखाको सहयोग र समन्वयमा १४ औं बृहत रक्तदान कार्यक्रम–२०८२ जेष्ठ २७ गते मंगलवार सम्पन्न कार्यक्रममा १ सय ४ जना रक्तदान गरेका छन् । २२ औं बिश्व रक्तदाता दिवसको अवसरमा “रगत दिऔं आशा जगाऔं :– सबै मिलेर जीवन बचाऔं” भन्ने मूल नाराका साथ आयोजित रक्तदान कार्यक्रममा ठाकुरबाबा नगरपालिका सैनवारका प्रमुख तिलकराम लम्साल उपप्रमुख बीनाकुमारी भट्टराई, स्वास्थ्य शाखा प्रमुख बिष्णुप्रसाद ज्ञवाली, नेपाल स्वयंसेवी रक्तदाता समाज बर्दियाका अध्यक्ष तथा केन्द्रीय सदस्य प्रेमप्रसाद लम्साल, प्रगती बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष बिजय शाह, कोषाध्यक्ष देबीप्रसाद देवकोटा लगायतले रगत संकलन गर्ने पाकेट प्रादेशिक रक्त सञ्चार केन्द्र नेपालगन्जका होमरा...
नेपालगन्जमा ‘डिजिटल नवप्रवर्तन रूपान्तरण २०२५’ सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

नेपालगन्जमा ‘डिजिटल नवप्रवर्तन रूपान्तरण २०२५’ सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
नेपालगन्ज, २८ जेष्ठ – लुम्बिनी प्राविधिक विश्वविद्यालयको आयोजनामा नेपालगन्जमा ‘डिजिटल नवप्रवर्तन रूपान्तरण २०२५’ सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । नेपालका विभिन्न विश्वविद्यालयका उपकुलपति, डीन, प्राध्यापक, विषय विज्ञ तथा प्रदेश योजना आयोगका उपाध्यक्ष, प्रदेश लोक सेवा आयोगका अध्यक्ष, विश्वविद्यालयका सेवा आयोगका सदस्य तथा ख्याती प्राप्त विभिन्न विश्वविद्यालयका प्राध्यापक लगायत विषयगत विद्यार्थीहरूको सहभागितामा सम्पन्न भएको हो । लुम्बिनी सरकारका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले उद्घाटन गर्नु भएको उक्त सम्मेलनको उद्देश्य माथि प्रकाश पार्दै लुम्बिनी प्राविधिक विश्वविद्यालयका डिन डा.निरज केसीले यस क्षेत्र मै यो विश्वविद्यालय नयाँ भएका कारण यहाँका विद्यार्थीहरूलाई डिजिटल नवप्रवर्तन र रूपान्तरणका बारेमा जानकारी दिने उद्देश्यले सम्मेलन आयोजना गरिएको बताउनु भयो । न...
जबरजस्ती करणी प्रयासको आरोपमा वडा सदस्य रियाज पक्राउ

जबरजस्ती करणी प्रयासको आरोपमा वडा सदस्य रियाज पक्राउ

अपराध, प्रदेश ५, राजनीति, समाचार, समाज
नरैनापुर, २७ जेष्ठ — बाँकेको नरैनापुर गाउँपालिका–१ का वडा सदस्य रियाज खाँलाई जबरजस्ती करणी प्रयासको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।   नरैनापुर–१ महतिनियाकी ४२ वर्षीया बिट्टी जोलाहमाथि अनैतिक सम्बन्ध कायम गर्ने प्रयास गरेको आरोपमा वडा सदस्य खाँलाई इलाका प्रहरी कार्यालय भगवानपुरले आज पक्राउ गरेको हो । पीडित जोलाहका अनुसार, छोरा विदेश जान लागेकाले आर्थिक समस्यामा परेपछि सहयोगको लागि वडा सदस्य रियाज खाँसँग रकमको माग गर्न गएकी थिइन् । तर, सहयोगको साटोमा रियाजले अनैतिक सम्बन्ध कायम गर्न दबाब दिएको जोलाहको आरोप छ ।   उक्त घटना बैशाख ८ गते घटेको बताइएको छ । “पैसा दिन कट्कुइया जानुपर्छ भन्दै एकान्त स्थानमा लगेपछि रियाजले मेरो संवेदनशील अंगमा हात लगाउँदै जबरजस्तीको प्रयास गर्नुभयो,” जोलाहले प्रहरी समक्ष बताउनु भएको छ । पीडितको उजुरीको आधारमा घटना अनुसन्धान गर्दै प्रहरी टो...
नमस्ते हिऊचुली टूरिज्म प्रा. लि. नेपालको कृष्णनगरमा विधिवत उद्घाटन

नमस्ते हिऊचुली टूरिज्म प्रा. लि. नेपालको कृष्णनगरमा विधिवत उद्घाटन

आर्थिक, आस्था, प्रदेश ५, श्रम/रोजगार, समाचार
कपिलवस्तु, जेठ २७ - कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ पयूठानी पाण्डेय होटलको भवनमा केन्द्रीय कार्यालय खोलेको छ । आज एक कार्यक्रमका बिच कृष्णनगरको परदेशी होटलको हलमा  नमस्ते हिऊचुली टूरिज्म प्रा. लि. नेपालको औपचारिक उद्घाटन गरिएको छ । उद्घाटन कार्यक्रमका अध्यक्ष राजु केसी, प्रमुख अतिथिमा लक्ष्मण नेपाली, विशिष्ट अतिथिमा राजकुमार शाही, अतिथि हरूमा कृष्णनगर क्षेत्रमा संचालित विभिन्न टुर्स एण्ड ट्राभल्सका अध्यक्ष तथा प्रतिनिधि हरु रहेका थिए । कार्यक्रममा बोल्दै विभिन्न टुर्स एण्ड ट्राभल्सका प्रतिनिधि हरुले नमस्ते हिऊचुली टूरिज्म प्रा. लि. नेपाल लाई व्यवसायीक सफलताको शुभकामना दिदैं सहज र सरल यात्राका लागि सधै अग्रसर रहनु पर्ने सुझाव दिएका थिए । कार्यक्रममा बोल्दै होटल तथा पर्यटन व्यवसायी संघ कृष्णनगरका अध्यक्ष शिव घिमिरे तथा प्रतिनिधि कमल जिसीले व्यवसायिक सफलताको शुभकामना ...