Thursday, July 10सत्यम खबर
Shadow

५ लाख असुली गरेको आरोपमा ५ पक्राउ

नेपालगन्ज, ३० जेष्ठ – कोहलपुरको ३ स्टार मोबाइल पसलबाट धम्काएर ५ लाख असुली गरेको आरोपमा मोबाइल तथा इलेक्ट्रोनिक ब्यबसायि संघ कोहलपुर अध्यक्ष गोबिन्द भण्डारी सहित ५ जना पक्राउ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक यमबहादुर बुढामगरले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा प्रहरी सहायक हवलदार मोहम्मद सफिक खान, प्रहरी सहायक हवलदार परमानन्द बर्मा, सशस्त्र प्रहरी जवान रामसुन्दर चौधरी रहेका छन् ।

उनका अनुसार यस्तै पक्राउ पर्नेमा आफूलाई पत्रकारसमेत बताउने मोबाइल तथा इलेक्ट्रोनिक्स व्यवसायी संघ बाँकेका अध्यक्ष गोबिन्द भण्डारी र आफूलाई पत्रकार तथा भ्रष्टाचार विरुद्धको अभियन्ता बताउने दैलेख घर भई नेपालगन्ज बस्ने सूर्यप्रसाद रिजाल रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *