Friday, September 25सत्यम खबर
Shadow

प्रदेश ५

अति विपन्न परिवारलाई युवा संघकाे सहयाेग

अति विपन्न परिवारलाई युवा संघकाे सहयाेग

CoVid19, आर्थिक, आस्था, प्रदेश ५, राजनीति, समाचार, समाज
बैजनाथ, १३ अषाढ - बाँके जिल्लाको बैजनाथ गाउँपालिका वडा न ६ निवासी स्थानीय गिता सुनारको घरमा युवा संघ नेपाल बैजनाथ गाउँपालिका अध्यक्ष प्रेम बिष्टको नेतृत्वमा आईतबार सहयोग हस्तान्तरण गरिएको छ । सहयोग हस्तान्तरणमा युवा संघ नेपाल बाँके जिल्ला कमिटी सदस्य एवं नेकपा एमाले बाँके जिल्ला सदस्य यज्ञ पुन युवा संघ नेपाल बाँके जिल्ला सदस्य युवा नेता खगेन्द्र तिरुवा सहितको टिमले सुनार परिवारलाई आवश्यक पर्ने दैनिक उपभोग गर्ने खाद्यान्न चामल दाल तरकारी तेल नुन लगायत सामानका साथ २ थान घरको छानो ओत्न त्रिपाल लिएर घरमा पुगेर सहयोग हस्तान्तरण गर्नुभएको छ। गतबर्ष पनि कोरोना कोभीड १९ बाट मृत्यु भएको मृतकको लास ब्यबस्थापन नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कोरोनाका बिरामी तथा कुरुवाका लागि सहुलियत भान्सा घर सनञ्चालनमा युवा संघ नेपाल सदस्य एवं बैजनाथका युवाहरुद्वारा दैनिक सहयोग गर्दै आएको छ। ...
कृष्णनगरका पोखरी सरसफाई गरिंदै

कृष्णनगरका पोखरी सरसफाई गरिंदै

CoVid19, आर्थिक, आस्था, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
कृष्णनगर, १३ अषाढ – कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ झण्डानगर (नगरपालिका भवन पछाडि) अवस्थित पोखरीको वृहत सरसफाई प्रधानमन्त्री रोजगार कार्यक्रमको कामका लागि पारीश्रमिक आयोजना अन्तर्गत जलकुम्भीले भरिएको उक्त पोखरीको सर सफाई भई वृहत सुन्दरीकरण भएको छ । नगरपालिकाले आगामी आर्थिक बर्ष देखि माछापालनका निम्ति ठेक्कामा दिने तयारी गरिरहेको छ । यसरी प्रकृतिक स्रोत सम्पदाको संरक्षण र सदुपयोग भई आय आर्जन र रोजगारी बृद्धिमा टेवा पुग्ने जन विस्वास रहेको छ ।लगभग तीन बिगहा क्षेत्रफलमा फैलिएको उक्त सार्वजनिक पोखरी सरसफाई क्रममा रोजगार सेवा केन्द्रको वेरोजगारमा सुचिकृत भएका विभिन्न वडाका करिब ५० जनाले तिस दिन रोजगारीको अवसर पाएका छन् ।चालु आर्थिक बर्ष २०७७÷७८ मा कृष्णनगर नगरपालिका साना ठूला गरि करिब पैतिस वटा आयोजनाहरू सञ्चालनमा रहेका छन् ।सिचाई कुला मर्मत, ग्रामीण वस्तिमा नाला सर सफाई त...
अपांगता भएकालाई सहायक सामाग्री हस्तान्तरण

अपांगता भएकालाई सहायक सामाग्री हस्तान्तरण

CoVid19, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
खजुरा, १३ अषाढ – मूख्यमन्त्री ग्रामीण विकास कार्यक्रम अन्तर्गत खजुरामा अपांगता भएका व्यक्तिहरुलाई सहायक सामाग्री हस्तान्तरण गरिएको छ । आईतबार खजुरा गाउँपालिकाले मूख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनी प्रदेशको आर्थिक सहयोग र सबै वडाको समन्वयमा उक्त सामाग्री वितरण गरिएको हो । खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपति, उपाध्यक्ष एकमाया विक, मूख्यमन्त्री ग्रामीण विकास कार्यक्रम कार्यान्वयन समितिका सदस्य गेहेन्द्र धितालले संयुक्तरुपमा सहयाक सामाग्री वितरण गरेका हुन् । महिला तथा बालबालिका शाखा प्रमुख सुशीला न्यौपानेका अनुसार अति विपन्न परिवारका अपांगता वर्गीकरण ख, ग र घ वर्गका व्हीलचेयर २५ जनालाई, टूाइसाइकल ६ जनालाई, बैशाखी २ जना, रिंगबाला बैशाखी २ जना, सेतोछडी ८ जनालाई गरी ५० जनालाई वितरण गरिएको हो ।कार्यक्रममा बोल्दै गाउँपालिका प्रमुख कक्षपति, उपप्रमुख विकले विभिन्...
शिक्षणमा वैकल्पिक प्रणाली जोड दिँदै खजुरा

शिक्षणमा वैकल्पिक प्रणाली जोड दिँदै खजुरा

CoVid19, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
खजुरा, १३ अषाढ – खजुरा गाउँपालिका शिक्षा शाखाले वैकल्पिक प्रणालीबाट सिकाइ सहजीकरण गर्न सामुदायिक तथा संस्थागत र मदरसा शिक्षकहरुलाई एकीकृत शैक्षिक सूचना संचार प्रविधि सम्बन्धि क्षमता विकास प्रशिक्षक प्रशिक्षण तालिम शुरु गरेको छ ।एक हप्ते तालिम खजुरा क्षेत्रका सामुदायिक विद्यालय र संस्थागत विद्यालयका शिक्षकलाई प्रदान गरिने छ । आईतबार विभिन्न तीन ठाउँमा आयोजना गरिएका तालिमको शुभारम्भ कार्यक्रममा बोल्दै खजुरा गाउँपालिका प्रमुख तथा शिक्षा समितिका संयोजक किस्मत कुमार कक्षपतिले आइसिटी विधिबाट पठनपाठन गर्नका लागि निर्वाचित भएलगतै कार्यपालिकाको पहिलो बैठकले निर्णय गरेर शुरु गरेको उल्लेख गरे ।अध्यक्ष कक्षपतिले शिक्षा क्षेत्रमा खजुराले ठूलो लगानी गरेको बताउँदै कोभिडबाट प्रभावित भएकोले वैकल्पिक प्रणाली लागू गरेको बताए । उनले यो विधिलाई कार्यान्वयन गर्नको लागि करीब ५९ लाख रुपैयाँ छुट्टाइएको बताए । ...
दुई सय युवालाई रोजगारीमा जोड्दै खजुरा

दुई सय युवालाई रोजगारीमा जोड्दै खजुरा

CoVid19, आर्थिक, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
खजुरा, १३ अषाढ – खजुरा गाउँपालिका क्षेत्रभित्रका करीब २ सय युवालाई व्यवसायिकतामार्फत रोजगारीमा जोड्न थालिएको छ । सो अभियान अन्तर्गत आईतवार ४० जना युवालाई व्यवासाय सञ्चालनका लागि ४० हजार अनुदान रुकम वितरण गरिएको छ ।खजुरा गाउँपालिकाले हेफर प्रोजेक्ट नेपालको सहकार्यमा उनीहरुलाई बाख्रा र बंगुर पालनका लागि उक्त रकम वितरण गरेको हो । व्यवसायिक योजना अनुरुप अगाडि बढेको खण्डमा उनीहरुलाई सहयोग रकम थप हुँदै जाने बताइएको छ ।उक्त कार्यक्रमको इन्रुडेकले समन्वय गरेको छ । शुरुवात भएको यो परियोजना ३ वर्षसम्म सञ्चालन हुने जनाइएको छ । खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले युवा उद्यमीलाई अनुदान रकमको चेक हस्तान्तरण गर्दै २ सय युवाहरूलाई उधमशिलता अन्तर्गत ३ वर्षमा गाउँपालिकाले ५ करोड रुपैयाँ लगानी गर्ने बताए । उनले बाख्रा, बंगुर र ट्रकी पालनमा जोड दिएकोमा हाल बाख्रा र बंगुर पालनको मात्र माग भएको...
दुर्व्यसनी विरुद्धको दिवस एसएसवीको समन्वयमा मनाइयो

दुर्व्यसनी विरुद्धको दिवस एसएसवीको समन्वयमा मनाइयो

CoVid19, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १२ अषाढ - लागु औषध विरुद्धको ३४ औं अन्तराष्ट्रिय दिवसको अवसरमा बाँकेको जमुनाह नाकामा आज सचेतिकरण र्‍याली गरिएको छ । सीमामा रहेका सुरक्षा संगठनहरुले संयुक्त रुपमा कार्यक्रम गरेका हुन् । शुक्रवार नेपाली सुरक्षा अधिकारीहरुको आयोजनामा कार्यक्रम भएकोमा आज शनिबार भने भारतीय एसएसविको सहकार्यमा कार्यक्रम भएको सम्पन्न गरिएकाे छ । रुपैडिया ग्राम पञ्चायतका प्रधान हाजी अब्दुल कलिमले लागु औषध समस्या दुवै देशको साझा समस्या भएकाले यसको रोकथाम, नियन्त्रण र निदानमा दुवै देशबीच सहकार्य हुन जरुरी रहेको बताउनुभयो । उहाँले दुर्व्यसनि विरुद्ध एक हुन सबैलाई आग्रह गर्नुभयो । कार्यक्रममा एसएसवी असिस्टेन्ट कमान्डेन्ट सुकुमार देव बर्मन, इलाका प्रहरी कार्यालय जमुनाहका असइ पृथ्वीबहादुर बुढा, रुपैडिया थानाका उप-निरीक्षक सुरेश सिंह, स्थानीय बुद्धिजीविलगायतको उपस्थिति रहेको सशस्त्र प्रहरी बल बिओपी जमुनाह...
हिन्दु स्वयंसेवक संघ द्वारा राहत बितरण जारी

हिन्दु स्वयंसेवक संघ द्वारा राहत बितरण जारी

CoVid19, आर्थिक, आस्था, प्रदेश ५, समाचार, समाज
कपिलवस्तु, ११ अषाढ - भारत र नेपालमा बिपदमा बिशेष सहयोग दिंदै आएको प्रख्यात संस्था सेवा इन्टरनेशनलको सहयोगमा नेपालको विभिन्न जिल्लामा अतिआवश्यक सहयोग पुर्याउँदै आएको हिन्दु स्वयंसेवक संघले कपिलवस्तुको मायादेवी गाउँपालिकाको पकडीमा गाउँपालिकाको एकसय गरिब परिवारलाई खाद्यान्न सहयोग बितरण गरेको छ । संघको प्रचार विभागका प्रमुख डा. विनय पाण्डेयको विशेष सक्रियतामा संघका कपिलवस्तुका पदाधिकारीहरु वासुदेव चौधरी , दिलिप चौधरीले पकडीमा एक कार्यक्रम आयोजना गरी खाद्यान्न बितरण गरेका छ्न् । हालै बाढीबाट पीडित काभ्रेपलान्चोक जिल्लामा पनि राहत बितरण गरिएको थियो । कोरोना महामारीले मारमा परेका अति गरिब, विपन्न परिवारलाई जिविकापार्जनमा समस्या परेको बेला उक्त सहयोग महत्वपूर्ण रहेको सहयाेग पाउनेहरूले बताएका छन् । सहयोग प्राप्त गर्दै गरिब परिवारलाई समस्यामा परेकाे बेला थाेरै सहयोग भए पनि महत्वपुर्ण रहेकाे...
आशा लघुवित्तलाई खजुराको सम्मान

आशा लघुवित्तलाई खजुराको सम्मान

CoVid19, प्रदेश ५, श्रम/रोजगार, समाचार
नेपालगन्ज, ११ अषाढ - आशा लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालय खजुरालाई खजुरा गाउँपालिकाले सम्मान गरेको छ । खजुरा गाउँपालिकाले बिहीवार आयोजना गरेको नवौँ सभामा आशा लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालय खजुरालाई सम्मान गरेको हो । आशा खजुरा शाखाका प्रमुख उमाकान्त अवस्थीलाई नवौं सभामा गाउँपालिकाका प्रमुख किस्मतकुमार कक्षपति र उपप्रमुख एकमाया विकले सम्मान गर्नुभएको छ । आशाले खजुरागाउँपालिकामा गरेको योगदानको उच्च मुल्याङकन गर्दै गाउँपालिकाले सम्मान गरेको खजुरा गाउँपालिकाका प्रमुख किस्मतकुमार कक्षपतिले जानकारी गराउनुभयो । जुनकिसिमको आशा लघुवित्तले गरेको सहयोग खजुरा गाउँपालिकाको अतुलनिय रहेको भन्दै एक कार्यक्रमका विच सम्मान गरिएको उहाँले जानकारी गराउनुभयो । कोरोनाको हटस्पट मानेको बाँकेलाई न्युनिकरण गर्न आशा लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालय खजुराले आइसोलेशन ...
विपत व्यवस्थापन बारे भर्चुअल अन्तरसम्बाद

विपत व्यवस्थापन बारे भर्चुअल अन्तरसम्बाद

CoVid19, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ११ अषाढ – बाढी प्रकोपको व्यवस्थापनका लागि प्रतिकार्य र पुर्वतयारीको कार्यमा विशेष ध्यान दिनुपर्ने कुरामा जोड दिइएको छ । पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गत सूचना र मानवअधिकार अनुसन्धान केन्द्र नेपालगन्ज र राष्ट्रिय मानवअधिकार आयोग नेपालगन्जको सयुंतm आयोजनामा आज शुक्रबार आयोजित भर्चुअल अन्तरसम्बादका सहभागिहरुले अहिले बाढी प्रकोपको समय भएकाले त्यसबाट बच्न पुर्बतयारी गर्नुपर्ने बताएका थिए । कार्यक्रममा बोल्ने सहभागिहरुले बर्दिया जिल्लामा रहेका कर्णाली र बबई नदीको कटान तथा डुबानका समस्याले बर्षेनी सताउने भएकाले त्यसको दिर्घकालिन योजना निर्माण गर्नुपर्ने माग गरेका थिए ।बर्दियाका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले पानीको राज्यमा हाम्रो बसोबास भएकाले त्यसबाट आफै सर्तक रहनुपर्ने भन्दै विपतको पहिचान गरि त्यसको व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले जिल्लामा...
कृत्रिम घटना अभ्यासमा रेडक्रसबाट प्राथमिक उपचार सेवा

कृत्रिम घटना अभ्यासमा रेडक्रसबाट प्राथमिक उपचार सेवा

CoVid19, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज, सूचना-प्रबिधि
प्रहलाद विश्वकर्मा,नेपालगन्ज, ११ अषाण - जिल्ला विपद् व्यवस्थापन समितिको आयोजनामा राप्तीनदीमा भएको बाढी कृत्रिम घटना अभ्यासका क्रममा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाबाट प्राथमिक उपचार सेवा प्रदान गरिएको छ । डुडुवा गा.पा. वडा ४ काम्दीका १० जना व्यक्ति घाँस दाउरा लिन राप्तीनदी पारी गएको र बाढीको सतह बढेपछि घरफर्कन नसके पछि आपत्कालीन कार्यसंचालन केन्द्रमा प्राप्त सूचनाका आधारमा सुरक्षा निकायका उद्धारकर्मीहरुले उद्धार गरेको परिदृष्य देखाइएको थियो यसैगरी हराएका मध्ये १ जनाको मृत्यु भएको दृष्य समावेश गरिएको थियो । सुरक्षा निकायका उद्धारकर्मीहरुले उद्धार गरेका सबैजनालाई रेडक्रसका प्राथमिक उपचारक स्वयंसेवकले प्राथमिक उपचार गरी अस्पताल पठाएका थिए । जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहायक रथि हरेन्द्र पाठक, प्रमुख...