Monday, May 4सत्यम खबर
Shadow

डेंगु तथा किटजन्य रोगहरुको नियन्त्रणका अभिमुखिकरण

खजुरा, १५ अषाढ – खजुरा गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा मंगलबार सोनपुरमा डेंगु तथा किटजन्य रोगहरुको नियन्त्रणका लागि सरोकारवालासँग अभिमुखिकरण तथा बासस्थानको खोजी गरि लार्भा नष्ट कार्यक्रम गरिएको छ ।

खजुरा प्राथमिक स्वास्थ्य केन्द्रकि डा. पुजा सुनारले डंगुबारे जानकारी दिँदै एसिड एजिप्टाइ नामक लामखुट्टेबाट सर्ने डेंगु महामारी हुँदा ४० देखि ९० प्रतिशतसम्म फैलिने हुँदा रोग लाग्न नदिन सबैले कोशिस गर्नुपर्नेमा जोड दिइन । उनले सफा पानीमा बस्ने भएकोले घर वरिपरि पानी जम्न नदिने भन्दै उनले एक्कासी ज्वरो आउने, फोक्सो र पेटमा पानी जम्ने, छाती लगायतका ठाउँमा छुँदा डाम बस्ने, नाक, गिजाबाट रगत आउने जस्ता लक्षण देखिने बताइन् ।

कार्यक्रममा खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले डेंगु लाग्नु भन्दा लाग्न नदिन सचेतना फैलाउन लागि खजुराले सुरु गरेको बताए ।

खजुरा गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष अतिउल्ला खानको अध्यक्षतामा भएको कार्यक्रममा खजुरा गाउँपालिका स्वास्थ्य शाखा उपप्रमुख गुरुङले कार्यक्रमको उद्देश्यमाथी प्रकाश पार्दै समुदायमा जनचेतना फैलाउने र लार्भ नष्ट गरिने बताइन ।

राधापुर स्वास्थ्य चौकी इन्चार्ज दीपक ढकालले सञ्चालन गरेको कार्यक्रममा सोनपुर स्वास्थ्य चौकी इन्चार्ज प्रकाश गौतमले स्वागत गरे । खजुरा गाउँपालिका उपप्रमुख एकमाया विक, राजनीतिक सल्लाहकार भीम ओली लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *