Saturday, March 7सत्यम खबर
Shadow

धार्मिक

आज महाअष्टमीमा महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा विधि

आज महाअष्टमीमा महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा विधि

धार्मिक, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ८ कार्तिक – महान चाड बडादशैंको आठौं दिन आज शनिबार महाष्टमी पर्व देशभर मनाइँदैछ । आज आश्विन शुक्ल अष्टमीका दिनमा नेपालीहरुले दुर्गाभवानीको विशेष पूजाराधना गरी भव्यरुपमा मनाउने गर्दछन् । आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाराधना गरिन्छ । महाअष्टमीको दिन दुर्गाभवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व छ ।आजको दिन शास्त्रसम्मत रुपमा दशैंघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिई दुर्गाभवानीको विशेष पूजा गरिन्छ । दुर्गा सप्तशती, श्रीमददेवीभागवत र देवीस्तोत्र पाठ गरिन्छ । विवेकशील र अविवेकशील प्राणी दुवैले मोक्ष प्राप्तिको चाहना गर्ने हुनाले देवमन्दिर र यज्ञयज्ञादिमा विधिपूर्वक बलि दिनाले ती पशुले मोक्ष प्राप्त गरी माथिल्लो योनिमा जन्म लिने कुरा शास्त्रमा वर्णन गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतम बताउँछ...
कोरोना माथि आस्था भारी, माताको जयकाराले गुंजियो नेपालगन्ज

कोरोना माथि आस्था भारी, माताको जयकाराले गुंजियो नेपालगन्ज

धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २ कार्तिक – नेपालगन्जको सुप्रसिद्ध शक्तिपीठ माता बागेश्वरी मंदिर रहेको यस नगर लगायत गाउँ गाउँमा शारदीय नवरात्रको रमझम शुरु भएको छ ।कोरोना कहरको बावजूद पनि श्रद्धालुहरुको जमघट भएको देख्न सकिन्छ । माता बागेश्वरीको पावन दर्शन गर्नका लागि बिहानैदेखि श्रद्धालु लामबद्ध बस्न शुरू गरेका थिए । यस अवसरमा बाँके, नेपालगन्ज क्षेत्र माता बागेश्वरीको जयकाराले से गूंजिएको छ । श्रद्धालुहरुको आस्थाको केन्द्र माता दुर्गाको विभिन्न पण्डाल शारदीय नवरात्रको लागि विशेष रूपले रंगबिरंगी फूलहरुले बिजुलीबत्तीले सजाइएको छ । घटस्थापनाको दिन विभिन्न स्थानहरुबाट बागेश्वरी मन्दिर पुगेका श्रद्धालुहरुको भारी भीड देखियो । शक्ति पीठमा सुरक्षाको पुख्ता प्रबन्ध गरिएको छ । बाँके जिल्लामा शारदीय नवरात्रको रमझम शनिबारबाट शुभारम्भ भएको छ । कोरोनाले गर्दा चैत नवरात्र हुन पाएको थिएन । यो कोरोना कालको बीच पहि...
आज घटस्थापना, नौरात्रीमा पुजाआज कसरी गर्ने ?

आज घटस्थापना, नौरात्रीमा पुजाआज कसरी गर्ने ?

धार्मिक, प्रदेश ५, समाचार, समाज
नेपालगन्ज, १ कार्तिक – आज नेपालीहरुको महान पर्व विजयादशमीको पहिलो दिन, अर्थात घटस्थापना हो । नेपाली हिन्दू धर्मावलम्बी नेपाली नागरिकहरुले यो पर्वलाई बडादसैं (विजयादशमी)को पहिलो दिनका रुपमा महत्वका साथ मनाउँने गर्दछन् । हिन्दु परम्परा अनुसार आज नवरात्री आरम्भको पहिलो दिन हो । आश्विन शुक्ल पक्ष प्रतिपदालाई घटस्थापना भनिन्छ । आजको दिन दुर्गा भवानीलाई घरघरमा स्थापना गरी राखिने जमरा विजया दशमीको दिन विधिपूर्वक प्रसादको रुपमा ग्रहण गर्ने गरिन्छ ।आज बागेश्वरी मन्दिरमा हिन्दु धर्मावलम्बीहरुले आ–आफ्नो घरमा जमरा राख्ने गर्दछन् । आज जमरा राखेपछि दशैंको शुरुवात भएको मानिन्छ । तर गृहमन्त्रालयबाट जारी परिपत्र अनुसार यसपटक स्थानीय बागेश्वरी मन्दिरबाट सो जमरा राखिने नराखिने भन्ने कुरा अन्यौल रहेको पाईन्छ ।आज राखिएको जमरामा हरेक दिन (९ दिनसम्म) नवमीसम्म जलको अर्पणसहित पूजाआजा गर्ने गरिन्छ । विधिपूर्...
विश्वमा महामारी शान्तिका लागि यज्ञ

विश्वमा महामारी शान्तिका लागि यज्ञ

धार्मिक, प्रदेश ५, समाचार, समाज
नेपालगन्ज, १ कार्तिक – कोभिड–१९ ले आक्रान्त बन्दै गएको मुलुक र विश्वमा महामारी शान्तिका लागि शुक्रबार नेपालगन्जमा यज्ञ गरिएको छ ।गायत्री परिवार नेपालगन्जको आयोजनामा वैदिक विधि तथा विशेष किटनाशक मन्त्रहरुद्वारा सो यज्ञाहुती गरिएको हो । ब्रह्मबर्चस शोधसंस्थान, गायत्रीकुन्जद्वारा प्रस्तावित सो यज्ञ कार्यक्रममा विभिन्न क्षेत्रका गरि सयभन्दा बढी व्यक्तिहरुको सहभागिता रहेको थियो । प्रविधी र विज्ञानको उच्च विकासका बाबजुद कोरोनाका कारण विश्वमा चुनौतीपूर्ण जटिल परिस्थिति सृजिएकाले एक सचेत नागरिकको युग धर्मानुसार सुरक्षा उपाय पनि अपनाउँदै वैदिक विधि र किटनाशक मन्त्रहरुले त्यसरी यज्ञ आहुती गरिएको आयोजकतर्फका डा.विजय प्रधानले बताउनु भएकोछ ।गायत्री प्रज्ञा अभियान अमिलाकुट्टी, नेपालगन्जको परिसरमा उक्त यज्ञ गरिएको थियो ।...
बन्द मठमन्दिर खोल्न ज्ञापन–पत्र

बन्द मठमन्दिर खोल्न ज्ञापन–पत्र

धार्मिक, प्रदेश ५, समाचार, समाज
नेपालगन्ज, १५ असोज – कोरोना भाइरसको महामारीका कारण लामो समयदेखि बन्द रहेको प्रसिद्ध शक्तिपीठ माता बागेश्वरीको द्धार खोल्नुपर्ने माग गरिएको छ ।सरकारले आन्तरिक उडान, सार्वजनिक यातायात लगायतका कार्यहरु खुल्ला गरिसकेकाले मन्दिरको द्धार समेत खोल्नुपर्ने माग गरिएको छ । कोरोना महामारीको जोखिमका कारण बन्द गरिएको सार्वजनिक यातायात लगायतका सवारी सधानहरु सरकारले खोलेसँगै बन्द गरिएका मठ मन्दिर पनि खोल्नु पर्ने कशौधन बैश्य समाजले माग गरेको छ ।सर्वसाधारणको पुजा अर्चनाका लागि हिन्दुहरुको पबित्र आस्थाको केन्द्र बागेश्वरी मन्दिरको द्धार खोल्न समाजका अध्यक्ष नन्दलाल बैश्य तथा महासचिव सत्यनारायण बैश्यले बुधबार जिल्ला प्रशासन कार्यालय बाँकेलाई ज्ञापन–पत्र बुझाउनु भएको छ ।सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायलाई बुझाइएको ज्ञापन–पत्रमा बागेश्वरी मन्दिरको द्धारसँगै दशैंको मुखमा आइसकेको नवदुर्गा मा...
ज्ञयानपुर्वामा नेपाल शिवसेनाको इकाई कमिटी गठन

ज्ञयानपुर्वामा नेपाल शिवसेनाको इकाई कमिटी गठन

धार्मिक, प्रदेश ५, राजनीति, समाचार, समाज
नेपालगन्ज, २९ भाद्र – नेपालगन्ज उपमहानगरपालिका वडा नं. २० ज्ञयानपुर्वामा सोमबार नेपाल शिव सेनाका केन्द्रिय अध्यक्ष राजकुमार रौनियारको उपस्थितिमा ईकाइ कमिटी गठन गरिएको छ । राजितराम चमारको अध्यक्षमा गठित ईकाई कमिटीमा उपाध्यक्ष सुखराम खटिक, सचिव राजितराम खटिक, कोषाध्यक्ष सन्तोष खटिक, सदस्य, सल्लाहकार गरी ५१ सदस्यीय इकाई कमिटी गठन गरिएको केन्द्रिय सदस्य मदनराज शर्माले बताउनुभयो ।कार्यक्रम नेपाल शिवसेनाका केन्द्रिय अध्यक्ष रौनियार, केन्द्रिय सदस्य शेरबहादुर शाही, मदनराज शर्मा, गंगाराम बर्मा लगायत ८० बढीको सहभागितामा इकाई कमिटी गठन गरिएको थियो ।...
नेपाल शिवसेनाको इकाई कमिटी गठन

नेपाल शिवसेनाको इकाई कमिटी गठन

धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २६ भाद्र – नेपाल शिव सेनाका केन्द्रिय अध्यक्ष राजकुमार रौनियारको अध्यक्षमा नेपालगन्ज उपमहानगरपालिका वडा नं. २१ गंगारामपुर्वामा बिहिबार ईकाइ कमिटी गठन गरिएको छ । सुकदेव चौहानको अध्यक्षमा गठित ईकाई कमिटीमा उपाध्यक्ष, सचिव, कोषाध्यक्ष, सदस्य, सल्लाहकार गरी ३१ सदस्यीय इकाई कमिटी गठन गरिएको केन्द्रिय अध्यक्ष रौनियारले बताउनुभयो । कार्यक्रम नेपाल शिवसेनाका केन्द्रिय अध्यक्ष रौनियार, केन्द्रिय सदस्य शेरबहादुर शाही, मदनराज शर्मा, गंगाराम बर्मा लगायत ६० बढीको सहभागितामा इकाई कमिटी गठन गरिएको थियो ।...
कसरी मनाउने श्राद्ध ? के–के चाहिन्छ श्राद्ध मनाउन ?

कसरी मनाउने श्राद्ध ? के–के चाहिन्छ श्राद्ध मनाउन ?

धार्मिक, प्रदेश ५, समाचार, समाज
नेपालगन्ज, १७ भाद्र – प्रियजन तथा जीव जन्तु सबैमा यो सोह्र श्राद्धको पूण्य तिथीमा हार्दिक नमन छ । दशैंको शुरुवातमा १६ दिनको पितृपक्षको ठूलो भुमिका छ, आजबाट यो पितृपक्ष प्रारम्भ भयो । यस वर्ष भने मलमासको कारण सोह्र श्राद्द यस महिनामा परेको छ भने दशैं कार्तिक महिनामा परेको छ । तृलाई भगवान अनि पितृकर्मलाई सनातन सस्कारको केन्द्रबिन्दुका रुपमा लिइएको छ, सात पुस्ता सम्मलाई पितृ तर्पण दिने चलनले त झन पितृकर्मको महत्व तथा आफ्ना बाबू, बाजेलगायतका एउटा ठूलो कालखण्डप्रति वर्तमान पुस्ताको समर्पणभावको अद्भूत नमूना हो १६ श्राद्ध र यसले वैदिक सनातन संस्कारको उँचाई र महत्वलाई थप स्पष्ट पार्छ । १६ दिनको यो पितृपक्षमा पितृको मृत्यू तिथीमा श्राद्ध गरेर बिदाई गरेपछि बल्ल दशैंको रौनकको औपचारीक शुरुवात हुने गर्दछ । सोह्र श्राद्ध, पितृपक्ष, कगंत, जितीया, महालय पक्ष, पितृ पोखो आदि बिभिन्न नामले यी पवित्र १...
आज ताजिया बिर्सजन गरिने

आज ताजिया बिर्सजन गरिने

धार्मिक, प्रदेश ५, समाचार, समाज
नेपालगन्ज, १४ भाद्र – मोहर्रम पर्वमा शनिबार रातभरी जागरण गरि दुरुद फातिहा लगायत धार्मिक परम्परा अनुसार मनाईएको छ । विश्वभर कोभिड–१९ को महामारी फैलिएको अवस्थामा समेत धार्मिक सद्भावलाई मध्यनजर गरी मोहरर्म पर्वलाई स्वास्थ्य सम्बन्धी मापदण्ड अपनाई मनाएका छन् । नेपालगन्ज सहित जिल्लाको विभिन्न स्थानमा कोरोना भाइरसको जोखिम उच्च देखेपछि मोहरर्म पर्वलाई घर मै मनाउन संयुक्त मोहरर्म समितिले पर्व अगावै पत्रकार भेटघाटमा जानकारी गराईसकेको थियो ।अरबी पात्रो अनुसार १४४२ हिजरी अर्थात इस्लाम धर्मवलम्बीहरुको नयाँ वर्ष एवं मोहरर्मको ९ तारीख अर्थात भाद्र १३ गते विभिन्न स्थान र घरघरमा मुस्लिम परम्परा अनुसार ताजिया राखिने तथा भाद्र १४ गते स्थानीय कर्बलामा बिसर्जन गरिएको छ । प्रत्येक वर्ष झै यस वर्ष पर्वमा भब्यता नभएपनि स्थानीय प्रशासनको सहयोगमा मोहर्रम पर्व मनाउन पाउनु नै ठूलो कुरा भएको जिकिर गर्दै...
नरैनापुरमा आज सार्वजनिक बिदा

नरैनापुरमा आज सार्वजनिक बिदा

धार्मिक, प्रदेश ५, राजनीति, समाचार, समाज
नरैनापुर, १४ भाद्र – बाँकेको नरैनापुर गाउँपालिकाले मोहर्रम पर्वमा आज आईतबार सार्वजनिक बिदा दिएको छ ।मुस्लिम धर्मावलम्बीहरुको पर्व मोहर्रममा आज आईतबार सार्वजनिक बिदा दिइएको गाउँपालिकाका उपाध्यक्ष जयन्तिदेवी श्रीवास्तबले बताउनुभयो । कोभिड–१९ का कारण सिर्जित असहज परिस्थितिका कारण सामाजिक दुरी कायम गरेर भिडभाड नगरी पर्व मनाउन उपाध्यक्ष श्रीवास्तबले आग्रह गर्नुभएको छ ।उच्च स्वास्थ्य सतर्कताका अपनाउँदै घर मै बसी आ–आफ्नो परिवारमा हर्षोल्लासका साथ मोहर्रम पर्व मनाउन गाउँपालिकाबासीलाई अनुरोध गरिएको छ ।...