Thursday, November 21सत्यम खबर
Shadow

साधु–सन्तलाई फलफुल बितरण

नेपालगन्ज, २२ मंसिर – नेपालगन्ज वडा नं. ६ फुल्टेक्रा स्थित हडिया बाबा मन्दिरमा योग तथा फलफुल बितरण गरिएको छ ।
बाँके आरोग्य स्वास्थ्य सचेत नागरिक योग अभियानका क्रममा नेपालगन्जको हडिया बाबा मन्दिरमा सोमबार योग तथा फलफुल बितरण गरिएको हो ।


योग समिति नेपाल बाँकेले त्यहाँ उपस्थित साधु–सन्त, महन्त तथा गुरूहरूको उत्प्रेरणा लिने क्रममा योग अभियानमार्फत सोमबार फलफुल बितरण गरेको छ ।
कार्यक्रममा बोल्दै हडिया बाबा मन्दिरका अध्यक्ष एवं योग समितिका सल्लाहकार नन्दलाल बैश्यले निरोगी बन्नका लागि नियमित योग अभ्यास जरूरी रहेको बताउनुभयो । साथै योग साधु सन्तसंग जोडिएको र उहाँहरूसंग रहेको ज्ञान लिन आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा सल्लाहकारद्वय बिश्वजित तिवारी र राजन रानामगर, योग प्रचारक डिला शाह, समितिका अध्यक्ष एवं योग गुरु गिरीराज शर्मा लगायको उपस्थित रहेको उपाध्यक्ष सुमित्रा शुवेदीले जानकारी गराउनुभयो ।
अभियानका क्रममा मन्दिरको सरसफाइ, योग अभ्यास र ३ सय जनालाई फलफूल बितरण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *