
नेपालगन्ज, २१ मंसिर – संगीतमय श्रीमद भागवत कथा सप्ताह ज्ञान यज्ञ शनिबारदेखि नेपालगन्जको गगनगन्ज वडा नम्बर–७ पीपल चौतारा नजिक रहेको श्रीराम जानकी मन्दिरको प्राङ्गणमा शुरु भएको छ ।

ज्ञान यज्ञको कार्यक्रम कथा व्यास श्री बाल्कानन्द जी महाराज “भरत तिवारी“ को मुखारबिन्द द्वारा प्रत्येक दिन दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म श्रावण गर्न सकिने आयोजक नाग परिवारले बताएका छन् ।

यही मंसिर २० गतेदेखि सप्ताहब्यापी हुने यस ज्ञान यज्ञको कार्यक्रम मंसिर २७ सम्म विभिन्न संस्कृतिक कार्यक्रमको साथै समापन हुनेछ भनिएको छ ।
ज्ञान यज्ञ कार्यक्रमको प्रथम दिन शनिबार बिहान् ८ बजे कलश यात्रा भागवत कथा, मंगलवार दिउँसो १ बजेदेखि ६ बजेसम्म भगवानको जन्मोत्सव तथा लावा लगायतको कार्यक्रम सम्पन्न गरिएको छ ।

यसैगरी रुकमणि विवाह, सुदामा चरित्रकथा शुक्रबार गरिने वा शनिबार पुर्णाहुती ८ बजेदेखि ११ बजेसम्म तथा विशाल भण्डारा ४ बजेदेखि हरि इच्छा सम्म चल्ने आयोजक नाग परिवारले बताएका छन् ।

