Saturday, June 27सत्यम खबर
Shadow

खेल

लुम्बिनी कप फुटबलमा फुटबल संघको सहकार्य

लुम्बिनी कप फुटबलमा फुटबल संघको सहकार्य

आर्थिक, आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ७ पुस – नेपालगन्जमा हुन लागेको लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा बाँके जिल्ला फुटबल संघले सहकार्य गर्ने भएको छ । बाँके जिल्ला फुटबल संघको बैठकले नेपालगन्ज रंगशालामा हुन लागेको लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा सहकार्य गर्ने निर्णय गरेको हो । अन्तरालको आयोजनामा फागुनमा लुम्बिनी कप महिला फुटबल प्रतियोगिता हुँदैछ । बाँके जिल्ला फुटबल संघका अध्यक्ष एवम् अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य भोजराज शाहीले महिला फुटबलको विकासमा प्रतियोगिताले महत्वपुर्ण भुमिका खेल्ने भएकोले सहकार्य गरेको बताउनु भयो । उहाँले भन्नु भयो, ‘हामी निकै खुसी छौं । फुटबल भनेको सामुहिक भावनाबाट खेल्ने गरिन्छ । फुटबलको विकासमा निजी क्षेत्रको महत्वपुर्ण भुमिका हुन्छ । नेपालगन्जमा अन्तरालले गर्ने प्रतियोगिताले यहाँको फुटबल लोकप्रियता र खेलाडी उत्पादनमा सहयोग गर्ने भएकोले सहकार्य गर्ने निर्णय गरे...
फुटबल संघमा तीन पदाधिकारी र एक सदस्य मनोनित

फुटबल संघमा तीन पदाधिकारी र एक सदस्य मनोनित

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २ पुस – बाँके जिल्ला फुटबल संघले रिक्त रहेका तिन पदाधिकारी र एक सदस्य मनोनित गरेको छ । नेपालगन्जमा बसेको बाँके जिल्ला फुटबल संघको बैठकले कोषाध्यक्षमा सानु तामाङ, सहमहासचिवमा दिर्घराज आचार्य (कौशल) र सरिता थापा (शाह)लाई मनोनित गरेको छ । यसैगरी संघको सदस्यमा कर्ण बस्नेतलाई मनोनित गरिएको अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य एवम् बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले बताउनु भएको छ । संघको विधानमा रहेको व्यवस्था अनुसार मनोनित गरिएको अध्यक्ष शाहीले बताउनु भयो । उहाँले भन्नु भयो, ‘संघको कार्यसमितिलाई चलायमान गराउन मनोनित गरिएको हो । फुटबल क्षेत्रमा योगदान गरिरहनु भएको व्यक्तिलाई समेटदैं कार्यसमितिमा मनोनित गरिएको हो । मनोनित हुनु भएका सबैले बाँके जिल्लाको फुटबल विकासमा थप क्रियाशिल भएर काम गर्नु हुनेछ भन्ने विश्वास छ ।’ कोषाध्यक्षमा मनोनित हुनु भएका तामाङ राष्ट्...
“खेलमा शक्ति : अध्ययनमा ज्ञान” नाराका साथ मन्टेश्वरी एशोसिएशनद्वारा जिल्ला स्तरीय खेलकुद सम्पन्न

“खेलमा शक्ति : अध्ययनमा ज्ञान” नाराका साथ मन्टेश्वरी एशोसिएशनद्वारा जिल्ला स्तरीय खेलकुद सम्पन्न

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, सूचना-प्रबिधि
नेपालगन्ज, १६ मंसिर – मन्टेश्वरी एशोसिएशन बाँकेको आयोजनामा बालबालिकाहरुको सर्वाङ्गिण विकासका लागि तीन दिवसीय जिल्ला स्तरीय खेलकुद प्रतियोगिता स्पोर्टस मिट–२०८१ सम्पन्न भएको छ । “खेलमा शक्तिः अध्ययनमा ज्ञान” भन्ने नाराका साथ नेपालगन्ज उपमहानगरपालिका वडा नं. १ स्थित खेल मैदानमा मंसिर १३ गतेदेखि शुरु भएको उक्त खेलकुद प्रतियोगिता शनिवार समापन तथा प्रमाण पत्र वितरण समारोहको आयोजना गरिएको हो । बाँके जिल्लाका ७ वटा मन्टेश्वरी स्कुलका विद्यार्थीहरु सहभागी भएको सो प्रतियोगितामा फुटवल, रिले, जम्पिङ, व्यालेन्सिङ, दौड, म्युजिकल चियर, कुर्ची दौडm ईन आउट लगायतका खेलहरु खेलाइएको थियो । सात वटा मन्टेश्वरी स्कुलका १६५ जना विद्यार्थीहरुको सहभागिता रहेको सो प्रतियोगितामा लिटिल होराईजन मन्टेश्वरी, क्रियटिभ चिल्डूेन होम, मोडर्न क्रियटिभ चिल्डेून जोन नेपालगन्ज, नोबेल प्रि–मन्टेश्वरी, स्माल ह्याभेन मन्ट...
नेपालगन्जमा लुम्बिनी कप महिला फुटवल हुने

नेपालगन्जमा लुम्बिनी कप महिला फुटवल हुने

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १६ मंसिर – आगामी फागुन अन्तिम साता नेपालगन्जमा लुम्बिनी कप महिला फुटवल प्रतियोगिता आयोजना हुने भएको छ । बाँके जिल्ला फुटबल संघको सहकार्यमा अन्तरालको आयोजनामा लुम्बिनी कप हुने भएको हो । नेपाली राष्ट्रिय महिला फुटवल टिमको पहिलो कप्तान रमा सिंह र वर्तमान कप्तान एन्जिला तुम्बाप्पो सुब्बाले आज संयुक्त रुपमा लुम्बिनी कपको लोगो सार्वजनिक गर्नु भएको छ । लुम्बिनी कप महिला फुटबलको लोगोमा शान्तिका अग्रदुत गौतम बुद्ध, महिला खेलाडीको आकृति र नेपाली राष्ट्रिय झण्डाको नीलो र सिम्रिक रातो रङ्ग समेटिएको छ । फागुनको अन्तिम साता नेपालगन्ज रंगशालामा हुने लुम्बिनी कपमा नेपाल र भारतका ८ टिमको सहभागीता रहनेछ । पश्चिम नेपालमा महिला फुटबलको विकासमा प्रतियोगिता महत्वपुर्ण सावित हुने आयोजक अन्तरालका प्रमुख कार्यकारी जय नारायण शाहले बताउनु भएको छ । उहाँले भन्नु भयो, ‘लुम्विनी कप नेपाल कै प्रतिष्ठ...
बागेश्वरी मिनी म्याराथनमा यादव र साहु प्रथम

बागेश्वरी मिनी म्याराथनमा यादव र साहु प्रथम

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १ मंसिर – लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री आदेश अग्रवालले म्याराथन प्रतियोगिताले विद्यार्थीहरुको बृत्ति विकासमा टेवा पुर्याउने बताएका छन् । रेडियो बागेश्वरी एफएमले शनिबार आयोजना गरेको “बागेश्वरी रन (मिनी म्याराथन) प्रतियोगिताको उदघाटन गर्दै मन्त्री अग्रवालले समय समयमा म्याराथन आयोजना गरिरहनु पर्नेमा जोड दिए । उनले रेडियो बागेश्वरी एफएमलाई सफलताको शुभकामना समेत दिएका थिए । रेडियो बागेश्वरी ९४.६ मेगाहर्जले आफ्नो २१ औं वर्षको सुरुवातलाई स्मरणीय बनाउन “हरियो विकल्प, उज्यालो भोली ‘ग्रीनर च्वाइस ब्राइटर टुमारो’ भन्ने नाराका साथ म्याराथन सम्पन्न गरेको हो । म्याराथनमा बाँकेका २६ विद्यालयका १ सय १२ विद्यार्थी सहभागी भएका थिए । म्यारथनमा छात्र तर्फ श्री महेन्द्र मावि नरैनापुरका अरविन्द यादव प्रथम भएका छन् । उनले १८ः३९ः७५ मिनटमा दौड पुरा गरेका थिए । यस्तै जनता ...
दर्पण समाजकाे आयाेजनामा खुल्ला कबड्डी प्रतियोगिता सम्पन्न

दर्पण समाजकाे आयाेजनामा खुल्ला कबड्डी प्रतियोगिता सम्पन्न

अवधी, आर्थिक, आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नरैनापुर, १६ कार्तिक - शुभ दिपावली तथा छठ पर्वको पावन अवसरमा नरैनापुर गा.पा. वडा नं. ५ मटेहिया बाँकेको आर्थिक सहयोग तथा दर्पण समाज विकास नेपाल नरैनापुर बाँकेको आयोजनामा "शुभकामना आदान प्रदान तथा पुरुष तर्फको खुल्ला कबड्डी प्रतियोगिता" सम्पन्न भएको छ । प्रतियोगितामा श्री बजरंग युवा क्लब नरैनापुर-५ मटेहिया, श्री जमुनी सुपर किंग्स नरैनापुर-६ जमुनी, श्री प्रगति युवा क्लब नरैनापुर-५ मटेहिया, श्री आदर्श स्पोर्ट्स क्लब नरैनापुर-२ लक्षणपुर, श्री सन्तानेश्वर युवा क्लब नरैनापुर -६ कोहला, श्री सागरमाथा युवा क्लब नरैनापुर-५ नयाँबस्ती गरी ६ वटा टीम प्रतिस्पर्धामा भाग लिएका थिए । खेल संचालन गर्न बाँकेका सुजनकुमार चौधरी मुख्य रेफ्री (प्राविधिक) मुकिम खाँ रेफ्रीको भुमिका निर्वाह गर्नु भएको थियो । नरैनापुर वडा नं. ५ मटेहियाका वडा अध्यक्ष कृष्णचन्द्र मौर्यले कबड्डी खेल परम्परादेखि खेल्दै आएको...
बंगलादेशविरुद्धको टी-२० सिरिजमा भारतको क्लीन स्वीप

बंगलादेशविरुद्धको टी-२० सिरिजमा भारतको क्लीन स्वीप

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २८ असोज – भारतले बंगलादेशविरुद्धको टी-२० सिरिज क्लीन स्वीप गरेको छ । गएराती सम्पन्न सिरिजको तेस्रो खेलमा भारतले बंगलादेशलाई १३३ रनले पराजित गर्दै सिरिज ३-० ले जितेको हो । भारतले दिएको २९८ रनको विशाल लक्ष्य पछाएको बंगलादेशले २० ओभरमा ७ विकेट गुमाउदै १६४ रन बनाएको थियो । बंगलादेशका लागि टोहिद हृदयले अविजित ६३ रन बनाएका थिए भने लिटन दासले ४२ रन बनाएका थिए । त्यस्तै यस अघि पहिला ब्याटिंग गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर २९७ रन बनाएको थियो । भारतका लागि सन्जु सामसनले ४७ रनमा १११ रनको शतकीय पारी खेलेका थिए भने कप्तान सूर्यकुमार यादवले ३५ ब्व्ल्मा ७५, हार्दिक पाण्डेयले १८ बलमा ४७, रियान परागले१३ बलमा ३४ रन बनाएका थिए । यो जितपछि भारतले तीन खेलको सिरिज ३-० ले जितेको छ । यस खेलको प्लेयर अफ द म्याच सन्जु सामसन बने बने सिरिजमा प्लेयर अफ द सिरिज हार्दिक पाण्डेय बनेका ...
पाकिस्तान क्रिकेटमा गहिरियो संकटः बाबर आजमलाई टीम बाहिर राख्न सिफारिस

पाकिस्तान क्रिकेटमा गहिरियो संकटः बाबर आजमलाई टीम बाहिर राख्न सिफारिस

खेल, विदेश, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाज
काठमाण्डौ, २८ असोज – पाकिस्तानका पुर्व कप्तान बाबर आजमको लगातारको खराब प्रदर्शनपछि इङल्याण्डविरुद्धको दोस्रो टेस्टमा उनलाई टिम बाहिर राख्ने तयारी गरिएको छ । क्रिकइन्फोका अनुसार नयाँ छनौट समितिले आजमलाई टिम बाहिर राख्न सिफारिश गरेको छ । पाकिस्तान क्रिकेट बोर्डले हालै आलीम डार, आकिब जावेद र अजहर अलीलाई छनौट समितिको सदस्यमा नियुक्त गरेको थियो । यस अघि पाकिस्तानको छनौट समितिमा असद शफिक र एनालिष्ट हसन चीमा रहेका थिए । साथै कप्तान र प्रशिक्षक पनि छनौट समितिमा हुने गर्दछन् । बाबरले कप्तान पुन: नियुक्त भएको ६ महिनापछि नै इङल्याण्डविरुद्धको टेस्ट शुरु हुनु अघि कप्तानी छोडेका थिए । बाबरले २०२२ को डिसेम्बर यता टेस्ट क्रिकेटमा अर्धशतक बनाउन सकेका छैनन् । इङल्याण्डविरुद्धको पहिलो टेस्ट हारेको पाकिस्तानले दोस्रो टेस्ट अक्टोबर १५ देखि मुल्तानमा खेल्दै छ । नेपाल पाना...
आइसीसीमा भारतीय नेतृत्वः अध्यक्ष पदमा जय शाह निर्वाचित

आइसीसीमा भारतीय नेतृत्वः अध्यक्ष पदमा जय शाह निर्वाचित

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
काठमाण्डौ, १२ भाद्र – भारतीय क्रिकेट कन्ट्रोल बोर्डका सचिव जय शाह अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) को अध्यक्षमा निर्बिरोध निर्वाचित भएका हुन् । आइसीसीको स्वतन्त्र अध्यक्ष पदमा आज जय शाहले मात्र मनोनयन दर्ता गरेपछि उनी निर्बिरोध अध्यक्षमा निर्वाचित भएका हुन् । वर्तमान अध्यक्ष ग्रेग बार्क्लेले आफ्नो तेस्रो कार्यकालका लागि अध्यक्ष नबन्ने बताएपछि उनको कार्यकाल आउदो नोभेम्बरसम्मका लागि मात्र थियो । अब जय शाहले डिसेम्बर १ देखि अध्यक्षको कार्यकाल सम्हाल्ने छन् । अध्यक्षमा निर्वाचित भएपछि शाहले क्रिकेटलाई अझ बढी लोकप्रिय बनाउन काम गर्ने बताएका छन् । शाहको कार्यकाल दुई बर्षको हुने छ भने उनी तीन पटकसम्म अध्यक्ष हुन पाउने नियम रहेको छ । नेपाल पाना...
भारतीय खेलाडी फोगाटको अपिलमा अदालतकाे अस्विकार, नपाउने नै भईन ओलम्पिक पदक

भारतीय खेलाडी फोगाटको अपिलमा अदालतकाे अस्विकार, नपाउने नै भईन ओलम्पिक पदक

आस्था, खेल, प्रदेश ५, समाचार
काठमाण्डौ, ३१ साउन – विनेश फोगाटले पेरिस ओलम्पिकमा रजत पदक नपाउने भएकी छिन । विश्व खेलकुदको मध्यस्थता अदालतले बुधबार अगस्टमा उनको अपील अस्वीकार गरेको जनाएको छ । फोगाट फाइनलअघि नै तौलका कारण अयोग्य घोषित भएको घोषणा गरिदिए पछि उनले खेलकुद अदालतमा याचिका दायर गरेकी थिइन । तर, उनको मुद्धाको सुनवाई १६ अगस्तमा फैसला हुने भनिए पनि उनको अपिल अगस्ट १४ गते नै खारेज गरिएको हो । यो निर्णयपछि भारतीय ओलम्पिक कमिटीकी अध्यक्ष पीटी उषाले असन्तुष्टि जनाएकी छन् । विनेशले महिला ५० केजी तौल समूहमा लगातार ३ खेल जितेर फाइनलमा स्थान बनाएकी थिइन् । फाइनल अगस्ट ८ मा हुने तय भएपनि खेलअघि नै ओलम्पिक कमिटीले विनेशको तौल १०० ग्राम ५० केजीभन्दा बढी भएकाले उनलाई अयोग्य घोषित गरे पछि उनी अदालत पुगेकी थिइन । नेपाल पाना...