Saturday, June 27सत्यम खबर
Shadow

खेल

भारतले जित्यो काभा महिला भलिबलको उपाधि

भारतले जित्यो काभा महिला भलिबलको उपाधि

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २४ साउन – भारतले काठमाडौँमा जारी काभा महिला भलिबल लिगको उपाधि जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा भारतले नेपाललाई ३-२ को सेटले पराजित गर्दै उपाधि जितेको हो । नेपालले खेलको पहिलो सेटमा जित हासिल गरेर अग्रता लिएपनि भारतले उत्कृष्ट खेल खेल्दै कम ब्याक गरेको थियो । दोस्रो सेट भारतले जितेको थियो भने तेस्रो सेट नेपालले र चौथो सेट भारतले जितेको थियो । त्यस्तै पाँचौं सेट भने भारतले १५-५ ले सजिलै जितेको थियो । योसँगै नेपाल प्रतियोगिताको उपविजेता बनेको छ । त्यस्तै इरानले आजै सम्पन्न तेस्रो स्थानको खेलमा श्रीलंकालाई ३-० को सोझो सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गरेको छ । पाँच देशले भाग लिएको यस प्रतियोगितामा श्रीलंका चौथो भएको छ भने माल्दिभ्स लिग चरणबाट बाहिरिएको थियो ।...
ओलम्पिकमा फाइनल खेल्न नपाएकी विनेश फोगटले छोडिन कुस्ती

ओलम्पिकमा फाइनल खेल्न नपाएकी विनेश फोगटले छोडिन कुस्ती

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २४ साउन – पेरिस ओलम्पिकको कुस्तीको ५० केजी समुहको फाइनलमा बढी तौलका कारण अयोग्य भएकी भारतकी खेलाडी विनेश फोगाटले कुस्तीलाई अलविदा गरेकी छन् । पेरिस ओलम्पिकको फाइनलबाट बाहिरिएपछि विनेशले सामाजिक सञ्जालमार्फत कुस्ती छोडेको घोषणा गरेकी छन् । विनेशले लेखेकी छन्- ‘आमा, कुस्तीले मलाई जित्यो, म हारेँ । माफ गर तिम्रो सपना, मेरो हिम्मत टुट्यो । मसँग अहिले यो भन्दा बल छैन । अलविदा कुश्ती २००१-२०२४' उनले अगाडी लेखेकी छन्– ‘म तपाईहरु सबैको सधै ऋणी रहनेछु । क्षमा ।' उनलाई बुधबार ५० केजी समुहको फाइनलमा पुगेर स्वर्ण पदकको खेल खेल्नु अघि उनको तौल १०० ग्राम बढी भएको भन्दै फाइनल खेल अयोग्य घोषित गरिएको थियो ।...
भारत विरुद्धको पहिलो सेट नेपालको पक्षमा

भारत विरुद्धको पहिलो सेट नेपालको पक्षमा

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २३ साउन – आयोजक नेपालले काभा महिला नेसन्स लिगको उपाधि भिडन्तको पहिलो सेट आफ्नो पक्षमा पारेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा जारी उपाधि भिडन्तका क्रममा नेपालले २५-२३ ले पहिलो सेट आफ्नो पक्षमा पारेको हो । उपाधि भिडन्तको सुरुवातमा नेपालले भारतलाई पहिलो सेटमा पछि पारेको हो । यद्यपि भारतले अंकमा अग्रता बनाए पनि रोक्दै नेपालले पहिलो सेट आफ्नो पक्षमा पारेको हो। नेपालले मंगलबार इरानलाई ३-० को सोझो सेटमा पराजित गर्दै नेपालले फाइनल यात्रा तय गरेको थियो । मंगलबार नै पहिलो सेमिफाइनलमा भारतले श्रीलंकालाई ३-० सेटमा हराउँदै नेपालसँगको भिडन्त पक्का गरेको थियो। लिग चरणमा नेपालले भारतलाई ३-२ सेटमा हराएको थियो। तर त्यसअघि भने भारतले नेपाललाई लगातार हराइरहेको थियो। समूह चरणमा घरेलु कोर्टमा भारतलाई हराएको नेपाल त्यही नतिजासहित उपाधि जित्ने दाउमा ...
भारतविरुद्ध नेपालको ऐतिहासिक जीत

भारतविरुद्ध नेपालको ऐतिहासिक जीत

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
काठमाण्डौ, २० साउन – नेपाली महिला टोलीले भारतलाई हराउँदै काभा वुमन्स लिगमा ऐतिहासिक जीत* निकालेको छ । दशरथ रङ्गशालामा शनिबार दिउँसो भएको खेलमा नेपालले भारतलाई ३-२ को सेटमा पराजित गरेको हो । भलिबलमा एसियाकै जायन्ट मानिने भारतलाई नेपाली टोलीले ३–२ को सेटमा पराजित गर्दा स्पाइकरहरू सरस्वती चौधरी, निरुता ठगुन्ना र उषा भण्डारी एवम्‌ लिबेरो सलिना श्रेष्ठले फाइनल स्पर्धामा उत्कृष्ट प्रदर्शन गरे । नेपालसहित भारत, इरान, माल्दिभ्स र श्रीलंका सहभागी काभा वुमन्स लिगमा शीर्ष चार टोली सेमिफाइनलमा पुग्नेछन्‌ । यसअघि नै नेपालले श्रीलंकालाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । शनिबार नै भुटानको राजधानी थिम्पुमा नेपाली महिला टोली काभा बीच भलिबल च्याम्पियन बनेको थियो । नेपाली महिला टोलीका सदस्य कमला पुन र मनिषा चौधरीको जोडीले उज्वेकिस्तानको टोलीलाई २१-१७ र २१-१४ को सोझो सेटमा पराजित गरेको थियो ।...
पहिलो खेल बराबरीमा टुंगिएको भारत र श्रीलंकाको एकदिवसीय सिरिजको दोस्रो खेल आज

पहिलो खेल बराबरीमा टुंगिएको भारत र श्रीलंकाको एकदिवसीय सिरिजको दोस्रो खेल आज

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २० साउन – जारी भारत र श्रीलंकाको एकदिवसीय सिरिजको दोस्रो खेल आइतबार हुँदैछ। पहिलो रोचक खेल बराबरीमा टुंगिएपछि दोस्रो खेलमा दुवै देश पहिलो जितको खोजीमा हुनेछन्। यो खेल आइतबार दिउँसो २:४५ बजे कोलम्बुमा सुरु हुँदैछ। शुक्रबार सुरुभएको सिरिजको पहिलो खेलमा २३१ रनको लक्ष्य पछ्याएको भारत ४७.५ ओभरमा २३० रनमा अल आउट भएपछि खेल बराबरीमा सकिएको थियो। पहिलो खेलमा भारतका लागि कप्तान रोहित शर्माले सर्वाधिक ५८ रनको बनाए। त्यस्तै अक्षर पटेलले ३३, केएल राहुल ३१, शिवम दुबेले २५ तथा विराट कोहलीले २४ रन बनाए। भारतलाई सस्तैमा समेट्न श्रीलंकाका लागि वानिन्दु हसरंगा र चरित असालान्काले तीन-तीन विकेट लिए। टस जितेर सुरुवाती ब्याटिङ थालेको श्रीलंकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २३० रन बनाएको थियो। श्रीलंकाका लागि दुनिथ वेल्लागेले सर्वाधिक ६६ रनको योगदान गरेका थिए। पाथुम निसान्काले ५६ रन जोड्दा...
सन्दीपविरुद्ध मुद्धा अगाडी नबढाउन गौशाला- २६ को निवेदन

सन्दीपविरुद्ध मुद्धा अगाडी नबढाउन गौशाला- २६ को निवेदन

आस्था, खेल, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, ११ श्रावण – गौशाला-२६ ले सन्दीप लामिछानेविरुद्ध मुद्धा अगाडी नबढाउन निवेदन दिएकी छन् । गौशाला-२६ ले सरकारी वकिलको कार्यालयमा आफैले निवेदन लेखेर सन्दीपविरुद्ध मुद्धा अगाडी नबढाउन निवेदन दिएकी हुन् । गौशाला-२६ ले आफुलाई मानसिक रुपमा अप्ठ्यारो परेको भन्दै अब यस मुद्धामा लागिरहन नसक्ने निष्कर्षमा पुगेको निवेदनमा उल्लेख गरेकी छन् । उनले आफुलाई अहिले पनि धम्की आइरहेको र सामाजिक सञ्जालमा अनावश्यक टिप्पणी भइरहेकोले त्यसले आफुलाई मानसिक रुपमा असर गरिरहेको निवेदनमा उल्लेख गरेको सरकारी वकिलको कार्यालय स्रोतले बताएको छ । सन्दीपविरुद्धको मुद्धामा उच्च अदालत पाटनले जिल्ला अदालत काठमाडौँको आदेशलाई उल्टाउदै निर्दोष रहेको फैसला दिएको थियो । उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको संयुक्त इजलासले सन्दीपलाई सफाई दिएको थियो । यसअघि जिल्ला अदालत काठम...
महिला एसिया कप क्रिकेट : आज नेपाल र भारतको भिडन्त

महिला एसिया कप क्रिकेट : आज नेपाल र भारतको भिडन्त

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
काठमाण्डौ, ८ श्रावण – एसीसी महिला एसिया कप क्रिकेटमा नेपालले आज भारतको सामना गर्दैछ। समूह चरणको अन्तिम खेलमा नेपालले बलियो प्रतिद्वन्द्वी भारतसँग प्रतिस्पर्धा गर्न लागेको हो। पहिलो खेलमा यूएईमाथि ६ विकेटको जित निकाल्दै विजयी सुरुवात गरेको नेपाल दोस्रो खेलमा पाकिस्तानसँग ९ विकेटले पराजित भएको छ। समूह ‘ए’को भारत चार अंकसहित शीर्ष स्थानमा छ। भारत निरन्तर जित निकाल्दै अघिल्लो चरण प्रवेश गर्न चाहन्छ। नेपालमाथि अघिल्लो चरण प्रवेशका लागि भारतविरुद्ध जित निकाल्नैपर्ने दबाब छ। समूह चरणका दुई खेल सकिँदा नेपाल र पाकिस्तान एक हार र एक जितसहित समान दुई अंकसहित रनरेटका आधारमा दोस्रो र तेस्रो स्थानमा छन्। यो समूहको यूएईले भने खाता खोल्न सकेको छैन। आजै अर्को खेलमा यूएईले पाकिस्तानको सामना गर्नेछ। पहिलो खेलमा यूएईविरुद्ध ६ विकेटको जितपछि नेपालको खुशी । तस्बिर : क्यान पाकिस्तान यूएईसँग पराजि...
कराते र महिला क्रिकेटमा ऐतिहासिक जित निकाल्ने खेलाडीलाई खेलकुद मन्त्रीले दिए बधाई

कराते र महिला क्रिकेटमा ऐतिहासिक जित निकाल्ने खेलाडीलाई खेलकुद मन्त्रीले दिए बधाई

आस्था, खेल, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
काडमाण्डौ, ५ साउन – युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले भुटानको थिम्पुमा भएको ८ओै साउथ एशियन कराते प्रतियोगितामा नेपाली टिम प्रथम तथा एसीसी वुमन्स एसिया कपमा यूएईमाथि भएको ऐतिहासिक जितप्रति खेलाडीहरूलाई बधाई दिएका छन् ।शुक्रबार युवा तथा खेलकुदमन्त्री चौधरीले आफ्नो सचिवालयको अफिसियल फेसबुकमार्फत दुवै प्रतियोगीताका खेलाडीहरूलाई बधाई दिएका हुन् । उनले फेसबुकमार्फत नेपाली महिला क्रिकेट टोलीलाई बधाई दिँदै भनेका छन्, ‘नेपालले एसीसी वुमन्स एसिया कपमा यूएईमाथि ६ विकेटको ऐतिहासिक जित हात निकालेकोमा नेपाली महिला क्रिकेट टोलीप्रति हार्दिक तथा शुभकामना व्रुयक्त गर्न चाहन्छु ।’११६ रनको लक्ष्य पछ्याएको नेपालले १६.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा ग¥यो। यसअघि नेपाल एसिया कपमा २०१२ मा तीन र २०१६ मा ५ खेलमा नेपाल पराजित भएको थियो । नेपालको जितमा सम्झना खड्का ४५ बलमा ११ चौकासहित ७२ रनमा नट आउट रहिन् ।...
७ रनले दक्षिण अफ्रिकालाई हराउँदै ‍भारतले जित्यो टी-२० विश्वकपको उपाधि

७ रनले दक्षिण अफ्रिकालाई हराउँदै ‍भारतले जित्यो टी-२० विश्वकपको उपाधि

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
काठमाण्डौ, १६ असार – आइसिसी टी-२० विश्वकपको उपाधि भारतले जितेको छ। शनिबार राति भएको खेलमा दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै भारतले टी-२० विश्वकपको उपाधि जितेको हो। भारतले जारी विश्वकपमा अपराजित रहँदै उपाधि जितेको हो। १७७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ८ विकेट गुमाएर १६९ रन बनाउँदा भारत ७ रनले विजयी भएको हो। भारतलाई उपाधि जिताउन १६ ‌औं ओभरमा हार्दिक पाण्ड्याले लिएको विकेट महत्वपूर्ण रह्यो। पाण्ड्याको बलमा हेनरिच क्लासेन रिशभ पन्तबाट क्याच आउट भएपछि दक्षिण अफ्रिकाको जित सम्भावना कमजोर बन्दै गएको थियो। १७ औं ओभरमा जसप्रित बुमराहले मार्को जनसेनको विकेट लिएपछि दक्षिण अफ्रिका दबाबमा परेको थियो। १९ औं औभरको पहिलो बलमा डेविड मिलर आउट भएपछि भने खेल भारतको पक्षमा पुगेको थियो। पाण्ड्याले अन्तिम ओभरको पाचौं बलमा कगिशो रबाडालाई आउट गरेपछि भारतको जित सुनिश्चित भएको थियो। दक्षि...
धम्बोझी क्लब ‘ए’ डिभिजन जिल्ला लिग च्याम्पियन

धम्बोझी क्लब ‘ए’ डिभिजन जिल्ला लिग च्याम्पियन

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
कोहलपुर, १४ असार – धम्बोझी क्लब नेपालगन्जले बाँके जिल्ला ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता– २०८१ को उपाधि जितेको छ ।बिहिबार कोहलपुर स्थित १३ विगाहा फुटबल मैदानमा भएको फाइनल खेलमा धम्बोझीले कोहलपुर रेसिङ सहारा क्लबलाई २–० ले हराउँदैं च्याम्पियन बनेको हो । जितसँगै धम्बोझी लुम्बिनी प्रदेश स्तरीय लिग फुटबलमा बाँके जिल्लाको प्रतिनिधित्व गर्नेछ ।धम्बोझीको जितमा क्षितिज थापा मगर र मनिष सुनारले १–१ गोल गरे । क्षितिजले खेलको १२ औं मिनेट र मनिषले ६५ औं मिनेटमा गोल गरेका थिए । फाइनलमा खेलमा प्लेयर अफ द म्याच धम्बोझीका क्षितिज थापामगर भए । उनलाई महिला उद्यमी संघ नेपाल बाँके सचिव नितु चन्दले ट्रफी प्रदान गरिन् । च्याम्पियन बनेको धम्बोझीले १ लाख र उपविजेता कोहलपुर रेसिङ सहारा क्लबका खेलाडीहरुले ५१ हजार रुपैयाँ नगद पुरस्कार, ट्रफी, मेडल प्रमाण पत्र प्राप्त गरेको छन् । बिहिबार विजेता तथा उप विजेता ख...