Sunday, May 31सत्यम खबर
Shadow

कला/साहित्य

नेपालगन्ज महोत्सव भब्य रुपमा उद्धघाटन

नेपालगन्ज महोत्सव भब्य रुपमा उद्धघाटन

आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १० माघ – नेपालगन्ज महोत्सवको उद्धघाटन आज भब्य रुपमा भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके र सिवालय सेक्युरिटी एण्ड मल्टिपल प्रपोज कम्पनी प्रा. लि.को संयुक्त आयोजनामा नेपालगन्जमा आजदेखि कृषि, व्यापार, पर्यटन तथा सांस्कृतिक महोत्सव शुरु भएको हो ।उद्धघाटन समारोहको मुख्य केन्द्रबिन्दु रहेकी लुम्बिनी प्रदेश मन्त्री कृष्णा केसी (नमुना)ले पानसमा बत्ति बालेर कार्यक्रमको उद्धघाटन गरेकी प्रचारप्रसार समितिका संयोजक भागवत प्रसाद कंडेलले जानकारी दिए ।‘समृद नेपालको प्रमुख आधार ब्यापार कृषि पर्यटन सांस्कृतिक तथा रोजगारको पूर्वाधार’ मूल नाराका साथ आजदेखि सञ्चालन भएको महोत्सवको उद्धघाटन समारोहलाई थप भव्य बनाउन नेपालगन्जको धम्बोझी चोक देखि महोत्सव स्थल सम्म सांकृतिक झाकी ¥यालीको आयोजना गरिएको थियो ।प्रमुख अतिथि लुम्बिनी प्रदेश मन्त्री नमुनाले महोत्सव उद्धघाटन कार्यक्रममा विगतको कोभिडब...
धम्बोझी चोकदेखि महोत्सव स्थलसम्म भब्य सांकृतिक झाकी र्‍याली प्रर्दशन

धम्बोझी चोकदेखि महोत्सव स्थलसम्म भब्य सांकृतिक झाकी र्‍याली प्रर्दशन

आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १० माघ - बाँकेको नेपालगन्जमा हुन लागेको महोत्सवको उद्धघाटन आज हुँदैछ । आयोजकले सोमबार पत्रकार सम्मेलन मार्फत महोत्सवको सम्पूर्ण तयारी पुरा भएको बताएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके र सिवालय सेक्युरिटी एण्ड मल्टिपल प्रपोज कम्पनी प्रा. लि.को संयुक्त आयोजनामा आज माघ १० गते ‘समृद नेपालको प्रमुख आधार ब्यापार कृषि पर्यटन साँस्कृतिक तथा रोजगारको पूर्वाधार’ मूल नाराका साथ महोत्सव विधिवत रुपमा उद्घाटन हुँदैछ । आज नेपालगन्जको धम्बोझी चोकदेखि महोत्सव स्थलसम्म भब्य साँस्कृतिक झाँकी र्‍याली प्रर्दशनसहित महोत्सवमा परिणत हुने कार्यक्रम तय भएको प्रचारप्रसार समितिका संयोजक भागवतप्रसाद कंडेलले बताए । महोत्सवको उद्घाटन लुम्बिनी प्रदेश मन्त्री कृष्णा केसी (नमुना)को प्रमुख आतिथ्यतामा हुनेछ । आजदेखि माघ २४ गतेसम्म नेपालगन्ज-१८ स्थित सडक डिभिजन कार्यालय कारकाँदो परिसरमा प्रादेश...
महोत्सवको मुल आयोजक समितिको बैठक सम्पन्न

महोत्सवको मुल आयोजक समितिको बैठक सम्पन्न

आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ८ माघ - बिभिन्न सरोकारवालाहरु संग नेपालगन्ज महोत्सवको मुल आयोजक समितिको बैठक सम्पन्न भएको छ । नेपालगन्जमा माघ १० गते अर्थात मंगलबारबाट विधिवद रुपमा सञ्चालन हुन गईरहेको ‘चौथो प्रादेशिक औद्यौगीक, लघु घरेलु तथा कृषि, प्रविधि व्यापार एवं पर्यटन महोत्सव २०७९’ का लागि मुल आयोजक समितिले बिभिन्न सरोकारवालाहरु संग बैठक सम्पन्न गरेको छ । महोत्सवको मुख्य आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके र सहआयोजक सिवालय सेक्युरिटी एण्ड मल्टी प्रपोज कम्पनी प्रा. लि.को संयुक्त आयोजनामा आज आईतबार नेपालगन्जमा बिभिन्न सरोकारवालाहरु बीच मेलामा सक्रिय सहभागिताका लागि छलफल गरिएको घरेलु महासंघका महासचिव जि आर भुसालले जानकारी दिए । उनका अनुसार बिभिन्न सरोकारवालाहरु राजनितिक पार्टी, अधिकारकर्मी, संघसंस्थाहरुका प्रतिनिधिहरु बीच महोत्सवलाई सक्रिय रुपमा सफल बनाउने सम्बन्धि छलफल तथा ध्यानाकर्षण समे...
महोत्सवको तयारी अन्तिमचरणमा

महोत्सवको तयारी अन्तिमचरणमा

आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ८ माघ - नेपालगन्जमा माघ १० गते अर्थात मंगलबारबाट विधिवत रुपमा सञ्चालन हुन गईरहेको ‘चौथो प्रादेशिक औद्यौगीक, लघु घरेलु तथा कृषि, प्रविधि व्यापार एवं पर्यटन महोत्सव २०७९’ को तयारी भोलि सोमबारसम्म सम्पन्न गरिसक्न व्यापक रुपमा सहकर्मी तथा समिति परिचालन गरिएको छ । नेपालगन्जको सडक डिभिजन परिसरमा १५ दिनसम्म सञ्चालन रहने प्रदेशस्तरीय महोत्सवको तयारी साेमबारसम्म सम्पन्न गरिसक्ने आयोजकले जनाएको हो । स्टलमा पर्दा, लाईटको व्यवस्था, स्वागत गेट, बाल उद्यान जडान, फिल्डको सफाई, मञ्च लगायतका सजावटको कार्य भोलिसम्म सम्पन्न गरिसक्ने आयोजकको मुल समितिले जनाएको हो । महोत्सवमा थारुहरुको कला संस्कृतिको प्रवद्धनका लागि थारु गाँउ समेत महोत्सव परिसर भित्रै सञ्चालन हुने आयोजकले जनाएको हो । महोत्सवलाई रमाईलोको थलो, जमघट हुने थलो र व्यापार गर्न सक्ने तथा सम्भावित लक्ष्यहरु पुरा गर्न सक्ने थलोको रुप...
महोत्सवको प्रचारप्रसार सन्तोषजनक : संयोजक कंडेल

महोत्सवको प्रचारप्रसार सन्तोषजनक : संयोजक कंडेल

आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ८ माघ – बाँकेको नेपालगन्जमा हुनलागेको महोत्सवको प्रचारप्रसारमा सहकार्य र सहयोग गर्दै आएका मिडिया प्रति महोत्सव प्रचारप्रसार समिति सकारात्मक प्रतिक्रिया दिदैँ सोचेको भन्दा बढी व्यापकता दिएको जनाएको छ ।समितिले दिएको जानकारी अनुसार सोचेको भन्दा बढी व्यापक रुपमा प्रचारप्रसार भईरहेको र आयोजक समेत सन्तुष्ट रहेको छ ।प्रचारप्रसार समितिका संयोजक भागवत प्रसाद कंडेलले मिडियालाई भने, ‘प्रचारप्रसार सोचेको भन्दा धेरै राम्रो संग भईरहेको छ ।’कारण समेत खुलाउदै भने, ‘किन भने मिडियाकर्मीहरु समेत खटिएर प्रचारप्रसारलाई अगाडि बढाउनुभएको छ । यस्तै प्रचार गाडी, अटोहरु पनि ठाँउ ठाँउमा बिहान ७ देखि साँझको ७ बजे सम्म प्रचारप्रसारलाई तिब्रता दिनुभएको छ ।’‘यसमा अनलाईन मिडिया, छापा मिडिया, सोसल मिडिया, रेडियो, टिभि लगायत पत्रकारहरुले सहकार्य गनुभएको छ । हामीले अहिले सम्म प्रचारप्रसारमा सन्तोषजनक काम भईरहेको ...
महोत्सवमा यी कलाकारहरु नेपालगन्ज आउँदै

महोत्सवमा यी कलाकारहरु नेपालगन्ज आउँदै

आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ६ माघ – नेपालगन्जमा हुन गईरहेको महोत्सवमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय कलाकार आउने भएका छन् । १५ दिन सम्म सञ्चालन रह्ने महोत्सवमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति रह्नेछ ।नेपालगन्जमा माघ १० गते देखि हुन गईरहेको ‘चौथो प्रादेशिक औद्यौगीक, लघु घरेलु तथा कृषि, प्रविधि व्यापार एवं पर्यटन महोत्सव २०७९’ मा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहने छ । जसमा ५० बढि कलाकारहरुको सहभागिता रहने प्रचारप्रसार समितिका संयोजक भागवत प्रसाद कर्णेलले जानकारी दिए ।संयोजक कर्णेलले दिएको जानकारी अनुसार महोत्सवमा राष्ट्रिय ख्याती प्राप्त कलाकार ¥यापर भि–टेन गायक प्रमोद खरेल, गायिका ज्योती मगर, बद्री पंगेनी, ¥यापर लाहुरे, माईला, टंक तिमिल्सेना र गायिका रेखा जोशी, ¥यापर मिस्टर आरजे गायिका सृजना खत्री (हाउडे माया), गायक प्रकाश सपुत, गायिका प्रिती आले, टिका सानु, डान्सर...
महोत्सव परिसरमा बाल उद्यान

महोत्सव परिसरमा बाल उद्यान

आर्थिक, आस्था, कला/साहित्य, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ६ माघ – नेपालगन्जमा हुन गईरहेको महोत्सवमा लाग्ने भनिएको बाल उद्यान आज आईपुगेको छ ।बाँकेको नेपालगन्जमा माघ १० गते देखि हुन गईरहेको ‘चौथो प्रादेशिक औद्यौगीक, लघु घरेलु तथा कृषि, प्रविधि व्यापार एवं पर्यटन महोत्सव २०७९’को मिति नजिक्दै गर्दा व्यवस्थापन कार्यले तिब्रता पाएको छ ।भारतबाट आएका बाल उद्यान भन्सारको प्रक्रिया पुरा गरेर नेपालगन्ज आईपुगेका छन । महोत्सव परिसरमा ट्रकमा ल्याइएका माल सामान उतार्ने कार्य भईरहेको प्रचारप्रसार समितिका संयोजक भागवतप्रसाद कर्णेलले जानकारी दिए ।भन्सार प्रक्रियामा समय लागेको भएपनि सम्भावित बाल उद्यान आजै देखि जडान थालिने संयोजक कर्णेलले बताए ।महोत्सव सञ्चालन हुन अब ४ दिन मात्र बाँकी छ । यस बाहेक महोत्सव स्थलमा अहिले बार र स्टलका लागि छाना लगाउने कार्य लगभग सम्पन्न भईसकेको छ भने आज स्टेज सजावट, बाल उद्यान जडान, सफाई, स्वागत गेट लगायतका कार्यहरु भईरहेको ...
सचिवालय स्थानतरण

सचिवालय स्थानतरण

आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ६ माघ – नेपालगन्जमा हुन गईरहेको महोत्सवको सचिवालय मेला परिसरमा स्थानतरण गरिएको छ ।बाँकेको नेपालगन्जमा माघ १० गते देखि हुन गईरहेको ‘चौथो प्रादेशिक औद्यौगीक, लघु घरेलु तथा कृषि, प्रविधि व्यापार एवं पर्यटन महोत्सव २०७९’को मिति नजिक आईसक्दा थप सहजका लागि सम्र्पक सचिवालय महोत्सव परिसर भित्र स्थानतरण गरिएको छ ।महोत्सव सञ्चालन हुन अब ४ दिन मात्र बाँकी छ । समय नजिक आईपुग्दा व्यवस्थापनमा थप तिब्रता दिन सचिवालय महोत्सव परिसर भित्र स्थानतरण गरिएको प्रचारप्रसार समितिका संयोजक भागवतप्रसाद कर्णेलले जानकारी दिए ।महोत्सव स्थलमा अहिले बार र स्टलका लागि छाना लगाउने कार्य लगभग सम्पन्न भईसकेको छ भने आज स्टेज सजावट, बाल उद्यान जडान, सफाई, स्वागत गेट लगायतका कार्यहरु भईरहेको छ । स्टल बुकिङ्ग भने अहिले केही प्रतिशत मात्र बाँकी रहेको संयोजक कर्णेलले जानकारी दिए ।महोत्सव नेपालगञ्ज उपमहानगरपालिका वडा नं....
भारतपछि अब अमेरिकाले पनि सुरक्षा कारण देखाउँदै लगायो टिकटकमाथि प्रतिबन्ध

भारतपछि अब अमेरिकाले पनि सुरक्षा कारण देखाउँदै लगायो टिकटकमाथि प्रतिबन्ध

आस्था, कला/साहित्य, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौं, ६ माघ – भारतपछि अब अमेरिकाले पनि चिनियाँ सर्ट भिडियो एप टिकटकमाथि कार्यवाही गरेको छ। अमेरिकी सरकार टिकटकलाई चीनको कम्युनिस्ट पार्टीको खतरनाक भाइरसको रूपमा हेर्दछ। टिकटक सम्बन्धि उच्च जोखिम सुरक्षा चिन्तालाई ध्यानमा राखेर अमेरिकी सरकारले यसलाई प्रतिबन्धित गरिएको छ। टिकटकलाई अमेरिकाभरि सम्पूर्ण संघीय सरकारका सबै उपकरणहरूमा प्रतिबन्ध लगाइएको छ। यद्यपि, यसको एकमात्र अपवाद कानून प्रवर्तन र राष्ट्रिय सुरक्षा एजेन्सीहरू हुनेछन्, जसले सुरक्षा अनुसन्धानको उद्देश्यका लागि विशेष मामिलामा उक्त एप प्रयोग गर्न सक्छन्। उल्लेखनीय कुरा के छ भने, डाटा प्राइभेसी र सेफ्टीका कारण अमेरिकामा टिकटकलाई लिएर लामो समयदेखि लगातार प्रश्न उठिरहेको थियो। अहिले आएर अमेरिकी सरकारले टिकटकमाथि कडा फसेला गर्दै प्रतिबन्ध लगाएको छ । अमेरिकी सरकारको यस प्रतिबन्धको व्यापक प्रभाव पर्ने मानिएको छ। यस प्रतिबन्धपछि...
महोत्सव सफल बनाउन प्रचार–प्रसारमा तिब्रता

महोत्सव सफल बनाउन प्रचार–प्रसारमा तिब्रता

आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ६ माघ – यति बेला नेपालगन्ज शहरको बाटो, सडक, गल्लीहरुमा प्रचारगाडी गुडिरहेका देखिन्छ । प्रचारगाडी, अटो रिक्सा, ईबेटरी रिक्साहरुमा महोत्सवको व्यानर र जिङ्गल मार्फत व्यापक प्रचार भईरहेको देखिन्छ ।नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेको प्रमुख आयोजना र सिवालय सेक्युरिटि एण्ड मल्टिपल प्रा. लि. बाँकेको सह आयोजनामा नेपालगन्जमा प्रादेश स्तरिय नेपालगञ्ज लघु घरेलु, कृषि, पर्यटन महोत्सव लगाईदैछ । माघ १० गते देखि संचालन हुन लागेको ‘चौथो प्रादेशिक औद्यौगीक, लघु घरेलु तथा कृषि, प्रविधि व्यापार एवं पर्यटन महोत्सव २०७९’ को तयारी समेत तीब्र रुपमा व्यापकता पाएको छ ।विगतमा कोभिड संक्रमणका कारण ३ वर्षपछि नेपालगन्जमा लाग्न लागेको महोत्सवले निकै चर्चा पाएको छ । प्रादेशिक महोत्सवलाई रमाईलोको थलो, जमघट हुने थलो र व्यापार गर्न सक्ने तथा सम्भावित लक्ष्यहरु पुरा गर्न सक्ने थलोको रुपमा व्यापकता दिईएको छ...