
नेपालगन्ज, ६ माघ – यति बेला नेपालगन्ज शहरको बाटो, सडक, गल्लीहरुमा प्रचारगाडी गुडिरहेका देखिन्छ । प्रचारगाडी, अटो रिक्सा, ईबेटरी रिक्साहरुमा महोत्सवको व्यानर र जिङ्गल मार्फत व्यापक प्रचार भईरहेको देखिन्छ ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेको प्रमुख आयोजना र सिवालय सेक्युरिटि एण्ड मल्टिपल प्रा. लि. बाँकेको सह आयोजनामा नेपालगन्जमा प्रादेश स्तरिय नेपालगञ्ज लघु घरेलु, कृषि, पर्यटन महोत्सव लगाईदैछ । माघ १० गते देखि संचालन हुन लागेको ‘चौथो प्रादेशिक औद्यौगीक, लघु घरेलु तथा कृषि, प्रविधि व्यापार एवं पर्यटन महोत्सव २०७९’ को तयारी समेत तीब्र रुपमा व्यापकता पाएको छ ।
विगतमा कोभिड संक्रमणका कारण ३ वर्षपछि नेपालगन्जमा लाग्न लागेको महोत्सवले निकै चर्चा पाएको छ । प्रादेशिक महोत्सवलाई रमाईलोको थलो, जमघट हुने थलो र व्यापार गर्न सक्ने तथा सम्भावित लक्ष्यहरु पुरा गर्न सक्ने थलोको रुपमा व्यापकता दिईएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ कारकादो स्थित रहेको सडक डिभिजन कार्यालयको परिसरमा हुन लागेको महोत्सवमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय कलाकारहरु आउने भएपछि दर्शक महोत्सवमा अवलोकन गर्न पाउनका लागि निकै उत्साहित देखिएका छन ।
महोत्सव गुणस्तर हुनुपर्छ भन्ने मान्यताका साथ आयोजक समिति फिल्डमा दौडधुपमा छन । महोत्वलाई थप व्यवस्थित गर्ने किसिमले गम्भिर रुपमा लिएर प्रचारप्रसार, सजावट, पार्किक, ख्यातीप्राप्त कलाकार, प्रचापम्पलेटमा निकै ध्यान दिईरहेको आयोजकले जनाउँछ ।
महोत्सव नजिक्दै गर्दा दौडधुमका लागि समिति परिचालन गरेर कामलाई तीब्रता दिईएको सहआयोजकका अध्यक्ष भक्त बहादुर थापाले बताउँछन् । महोत्सवमा समितिले १ लाख दर्शक भन्दा बढिले अवलोकन गर्ने अपेक्षा लिईएको थापाले जानकारी दिए ।
महोत्सवका लागि जिल्लाबाट सञ्चालित अनलाईन संचारमाध्यम, छापा, सोसल मिडिया, रेडियो, टिभि मार्फत समेत व्यापक रुपमा प्रचारप्रसार गरिदैछ ।
महोत्सवमा कुस्ति प्रतियोगिता समेत आयोजना गरिएको छ । यस प्रतियोगिताले नेपालगन्जको लागि नौलोपना ल्याएको छ । प्रत्यक्ष कुस्ति हेर्न पाउदा दर्शक महोत्सवप्रति निकै उत्साहित छन ।
