Sunday, April 12सत्यम खबर
Shadow

महोत्सवमा यी कलाकारहरु नेपालगन्ज आउँदै

नेपालगन्ज, ६ माघ – नेपालगन्जमा हुन गईरहेको महोत्सवमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय कलाकार आउने भएका छन् । १५ दिन सम्म सञ्चालन रह्ने महोत्सवमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति रह्नेछ ।
नेपालगन्जमा माघ १० गते देखि हुन गईरहेको ‘चौथो प्रादेशिक औद्यौगीक, लघु घरेलु तथा कृषि, प्रविधि व्यापार एवं पर्यटन महोत्सव २०७९’ मा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहने छ । जसमा ५० बढि कलाकारहरुको सहभागिता रहने प्रचारप्रसार समितिका संयोजक भागवत प्रसाद कर्णेलले जानकारी दिए ।
संयोजक कर्णेलले दिएको जानकारी अनुसार महोत्सवमा राष्ट्रिय ख्याती प्राप्त कलाकार ¥यापर भि–टेन गायक प्रमोद खरेल, गायिका ज्योती मगर, बद्री पंगेनी, ¥यापर लाहुरे, माईला, टंक तिमिल्सेना र गायिका रेखा जोशी, ¥यापर मिस्टर आरजे गायिका सृजना खत्री (हाउडे माया), गायक प्रकाश सपुत, गायिका प्रिती आले, टिका सानु, डान्सर अञ्जली अधिकारी, आरुषी मगर, रुबिना अधिकारी, गायिका शान्ती श्री, मिलिना राई, बिन्दु परियार, गायक एम.टी. महर, चन्द्र शर्मा, बाल गायक सुप्रिम मल्ल, बाल गायिका कमला घिमिरे, कमेडी कलाकार भटभटे/पुतली, बल्छी/राजु माष्टर लगायतका कलाकारहरुको बेजोड प्रस्तिुति रह्नेछ भने स्थानिय कलाकारहरुको समेत प्रस्तुति रह्नेछ ।
यस्तै अन्तरराष्ट्रिय कलाकारमा व्यापक चर्चा कमाएका भोजपुरी गायक खेसरी लाल यादवलाई ल्याउने चर्चा चलिरहेको छ ।
महोत्सवको होस्ट विजय पुन, दिप मगर र प्रेरणाले गर्ने प्रचारप्रसार समितिले जनाएको हो ।
महोत्सबमा मुख्य आर्कषकमा यस क्षेत्र मै पहिलो पटक कुस्ती प्रतियोगिता आयोजना हुनेछ । जसमा नेपालकै उत्कृष्ट अन्तरराष्ट्रिय खेलाडी दावा थापा लगायतका खेलाडीको सहभागिता रहने छन ।
महोत्सबमा ३०० स्टल रहने छ जसभित्र थारु होमस्टे, थारु गाउँ पनि रहने छ । महोत्सव भित्र टिकटक पारखीका लागि टिकटक प्वाइन्ट समेत रहने छ ।
महोत्सव संचालन हुन अब ४ दिन मात्र बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *