Sunday, May 31सत्यम खबर
Shadow

कला/साहित्य

महाेत्सवले व्यापारिक लक्ष्य पुरा गर्ने थलाेकाे रुपमा व्यापकता दिदैँ

महाेत्सवले व्यापारिक लक्ष्य पुरा गर्ने थलाेकाे रुपमा व्यापकता दिदैँ

आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ५ माघ - बाँकेको नेपालगन्जमा हुन लागेको प्रादेशिक महोत्सवलाई रमाईलोको थलो, जमघट हुने थलो र व्यापार गर्न सक्ने तथा सम्भावित लक्ष्यहरु पुरा गर्न सक्ने थलोको रुपमा व्यापकता दिईदै छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ कारकाँदो स्थित रहेको सडक डिभिजन कार्यालयको परिसरमा हुन गइरहेको ‘चौथो प्रादेशिक औद्यौगीक, लघु घरेलु तथा कृषि, प्रविधि व्यापार एवं पर्यटन महोत्सव २०७९’को तयारी बिषयमा प्रमुख आयोजक संस्था नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेले यस्तो जनाएको हो । मिडियासँगको अन्तरवार्तामा महासंघका महासचिव जिआर भुसालले भने, ‘हामीले गुणस्तरको महोत्सव हुनुपर्छ भन्ने हिसाबले प्रचारप्रसारलाई तिब्रता दिएका छौं ।’ उनले थप भने, ‘हामीले थप व्यवस्थित गर्ने किसिमको महोत्सव गराउन सक्छौं भन्ने हिसाबले गम्भिर रुपमा लिएर व्यापकता दिईरहेका छौं ।’ ‘महोत्सलाई व्यापक रुप दिएर एउटा व्यापारिक थलो,...
माघ १० गते हुन गईरहेकाे पर्यटन महोत्सवकाे ८० प्रतिशत स्टल बुकिङ्ग

माघ १० गते हुन गईरहेकाे पर्यटन महोत्सवकाे ८० प्रतिशत स्टल बुकिङ्ग

आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ४ माघ - बाँकेको नेपालगन्जमा हुन गईरहेको ‘चौथो प्रादेशिक औद्यौगीक, लघु घरेलु तथा कृषि, प्रविधि व्यापार एवं पर्यटन महोत्सव २०७९’को तयारी तीब्र रुपमा अगाडि बढेको छ । हाल सम्म महोत्सवको करिब ८० प्रतिशत स्टल बुकिङ्ग भइसकेको बताइएको छ । महोत्सवमा स्टलहरु धमाधम बुकिङ्ग भइरहेको सचिवालयले जनाएको छ । हाल सम्म करिब ८० प्रतिशत स्टलहरु बुकिङ्ग भईसकेको मुख्य आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेका महासचिव जिआर भुसालले जानकारी दिए । मिडियालाई जानकारी दिदैँ महासचिव भुसालले भने, ‘हाल सम्मको अवस्था हेर्दा हामी संग करिब ८० प्रतिशत स्टलहरु बुकिङ्ग भईसकेका छन । जसमा होटल लाईनको सबै स्टल बुकिङ्ग भईसकेको छ । स्थानिय उद्योगहरुको स्टल बुकिङ्ग हुने क्रम जारी नै छ ।’ स्थानिय उद्योगहरुलाई बढी प्रवद्र्धनका लागि महोत्सवमा धेरै स्टलहरु छुट्याइएको छ । औद्यौगीक र व्यापारिक स्टलहरु केही मात्र ब...
प्रदेश स्तरीय महोत्सवको तयारी तीब्र

प्रदेश स्तरीय महोत्सवको तयारी तीब्र

आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ४ माघ – नेपालगन्जमा हुन गईरहेको ‘चौथो प्रादेशिक औद्यौगीक, लघु घरेलु तथा कृषि, प्रविधि व्यापार एवं पर्यटन महोत्सव २०७९’ को तयारी तीब्र रुपमा अगाडी बढेको छ ।नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेको आयोजना र सिवालय सेक्युरिटी एण्ड मल्टी प्रपोज कम्पनी प्रा.लि. को सहआयोजनामा यहीँ माघ १० गते देखि २४ गते सम्म नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ स्थित सडक डिभिजन कार्यालय कारकादोको परिसरमा ‘चौथो प्रादेशिक औद्यौगीक, लघु घरेलु तथा कृषि, प्रविधि व्यापार एवं पर्यटन महोत्सव २०७९’ को सम्पूर्ण तयारी तीब्र रुपमा अगाडि बढेको प्रचारप्रसार समितिले जनाएको छ ।प्रचारप्रसार समिति अनुसार महोत्सवका लागि सम्पुर्ण फिल्डका कार्यहरुलाई तीव्रता दिईएको छ । स्टल निर्माण, वाल उद्यान निर्माण र सजावटको कामलाई तिव्र पारिएको हो । महोत्सव परिसर टिनले बार्ने कार्य भइसकेको छ भने आज देखि मुख्य आकर्षण स्टेज समेत निर्मा...
काव्य विमर्श तथा रचना वाचन कार्यक्रम सम्पन्न

काव्य विमर्श तथा रचना वाचन कार्यक्रम सम्पन्न

आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १ माघ – बाँकेको खजुरा गाउँपालिकाले भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण र उत्थानका लागि स्थापित गरेको, खजुरा प्रज्ञा प्रतिष्ठानको साहित्य विभागद्वारा काव्य विमर्श तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ ।खजुरा गाउँपालिकाको बिशेष सहायोगमा प्राज्ञ सदस्य मणि अर्यालद्वारा सञ्चालित खजुरा प्रज्ञा प्रतिष्ठानकाद्वारा आयोजित काव्य विमर्ष तथा रचना वाचन कार्यक्रम उपकुलपति डा. ईन्द्रबहादुर भण्डारी ‘इन्द्रेणी’ को अध्यक्षतामा सम्पन्न कार्यक्रममा खजुरा गाउँपालिका प्रमुख तथा खजुरा प्रज्ञा प्रतिष्ठानका कुलपति डम्बर बिक तुफानले साहित्यले यो समाजलाई हरा भरा बनाएको छ, खजुरा बह बनानका लागी हामी खजुरा प्रज्ञा प्रतिष्ठान निर्माण गरेका छौं ।काव्य साहित्यको बारेमा कार्यपत्र प्रस्तुत हरि प्रसाद सुवेदी र बासगढी बहुमुखी क्याम्पसका प्रमुख ईश्वरी प्रासाद रिजालले काव्य (साहित्य) लेखन सम्बन्धी जानकारी गराउनु...
माघ १३ र १४ गते हाप्किडो प्रतियोगिता हुने

माघ १३ र १४ गते हाप्किडो प्रतियोगिता हुने

आस्था, कला/साहित्य, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २७ पौष – नेपालगंजमा प्रथम प्रोफेसनल राष्ट्रिय हाप्किडो प्रतियोगिताको आयोजना हुने भएको छ । नेपाल मार्श ल आर्ट्स हाप्किडो संघको केन्द्रिय प्रशिक्षक तथा प्रतियोगिता संयोजकद्वारा मंगलबार नेपालगन्जमा पत्रकार सम्मेलन मार्फत प्रतियोगिता बारे जानकारी गराईएको छ ।नेपाल मार्शल आटर््स हाप्किडो संघको आयोजना तथा बाँके जिल्ला हाप्किडो संघको सहकार्यमा हुन गईरहेको प्रथम प्रोफेशनल राष्ट्रिय हाप्किडो प्रतियोगिता २०७९ को यस प्रतियोगितामा नेपालगन्जमा बृहत रुपमा आयोजना हुने बताईएको छ । हाप्किडो कोरियन परम्परागत मार्शल आर्ट्स खेल विद्या भएको जानकारी गराउँदै आत्मरक्षाको लागि पनि उपयुक्त मानिने यो खेल विश्वभर लेखिन्छ । नेपालमा विगत १६ वर्षदेखि खेल गतिविधि हुँदै आएता पनि वि.स. २०७३ सालमा नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषदमा राष्ट्रिय खेल स...
नेपालगन्जमा माघ महोत्सवको सम्पुर्ण तयारी पुरा, राष्ट्रिय तथा स्थानीय कलाकारको बेजोड प्रस्तुती

नेपालगन्जमा माघ महोत्सवको सम्पुर्ण तयारी पुरा, राष्ट्रिय तथा स्थानीय कलाकारको बेजोड प्रस्तुती

आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २६ पौष – नेपालगन्जमा हुने दुई दिने लुम्बिनी प्रदेश स्तरिय माघ महोत्सवको सम्पुर्ण तयारी पुरा गरिएको छ । थारु भाषा, संस्कृति, लोक कला र मौलिक हक अधिकारको जगेर्ना गर्ने उद्देश्यले नेपालगन्जमा आयोजना गरिएको माघ महोत्सबको सम्पुर्ण तयारी पुरा गरिएको हो ।थारू कल्याणकारिणीसभा बाँकेले यही पौष २७ र २८ गते नेपालगन्जको रमलीला मैदानमा आयोजना गरिएको लुम्बिनी प्रदेश स्तरिय माघ महोत्सवको तयारी पुरा भएको जनाएको छ । थारु कल्याणकारिणी सभा बाँकेको आयोजनामा पौष २७ र २८ गते दुई दिने माघ महोत्सवमा अन्य आकर्षणका रूपमा थारू समुदायको परम्परागत भेशभूषासहितको सांस्कृतिक प्रस्तुति, थारू विशेष खानाका प्रदर्शनी, मौलिक खानाका परिकारका प्रदर्शनी, हस्तकला सामग्री तथा थारू पहिरनको प्रदर्शनी लगायत स्थानीय झाँकीहरुको प्रवद्र्धनमा सम्पूर्ण तयारी पुरा गरिएको झाँकी तथा सांस्कृतिक व्यवस्थापन समितिका संयोजक भगतराम थारुल...
विश्व नेपाली साहित्य महासंघ, लुम्बिनीद्वारा सम्मान तथा कृति समीक्षा

विश्व नेपाली साहित्य महासंघ, लुम्बिनीद्वारा सम्मान तथा कृति समीक्षा

आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २४ पौष – विश्व नेपाली साहित्य महासंघ, लुम्बिनी प्रदेश शाखाद्वारा आज शनिवार आयोजित एक कार्यक्रममा सम्मान, कृति समीक्षा तथा विमोचन गरिएको छ ।उक्त कार्यक्रममा वरिष्ठ पत्रकार पूर्ण लाल चुके र साहित्यकार महानन्द ढकालको उपन्यास “बु¥हान” लाई सम्मान गरिएको हो । पत्रकार चुकेलाई पत्रकारिताको माध्यक्षमबाट नेपाली भाषा, साहित्य, कला र संस्कृतिको प्रवर्धन गर्नका लागि अतुलनीय योगदान दिएकोमा उच्च कदर गर्दै सम्मान गरिएको हो भने साहित्यकार ढकाललाई भरखरै प्रकाशित चर्चित उपन्यास “बु¥हान” लाई सम्मान गरिएको हो ।सम्मानित दुबै जनालाई नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव सनत कुमार रेग्मीले दोसल्ला ओढाएर सम्मान गर्नु भएको हो ।सो कार्यक्रममा काढमाडौंका उपन्यासकारद्वय माधव विडारीको उपन्यास अनन्त यात्रा र दामोदर ढकालको उपन्यास तिर्थाको समीक्षा गरिएको थियो । उक्तउपन्यासको समालोचक बाँसगढी बहुमुखी क्याम...
१ दिने शैक्षिक अवलोकन भ्रमण सम्पन्न

१ दिने शैक्षिक अवलोकन भ्रमण सम्पन्न

आस्था, कला/साहित्य, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
सकिल अहमद राईजानकी, २१ पौष - बाँकेको जानकी गाउँपालिका वडा नं. २ मा अवस्थित श्री माध्यमिक विद्यालय जोगागाउँमा अध्ययनरत विद्यार्थीहरूका लागि दाङका विभिन्न प्रसिद्ध स्थल तथा पर्यटकीय स्थलको एकदिने शैक्षिक अवलोकन भ्रमण सम्पन्न गरेकाे छ । विद्यार्थीको स्तर, क्षमता वृद्धिको लागि बाँकेको जानकी गाउँपालिका-२ स्थित विद्यालयले शैक्षिक भ्रमणको आयोजना गरेको बताईएकाे छ । भ्रमणको क्रममा दाङ्गको धारापानी स्थित पाण्डेशवरी मन्दिर र ताल-तलिया लगायत क्षेत्रको अवलोकन गरिएको विद्यालयका प्रधानाध्यापक मो. आलमीन राईले बताउनु भएको छ ।हामी जम्मा भ्रमणमा समावेश साथीहरू र शिक्षक गरी करिब ४० जना रहेका थियो । भ्रमणका लागि हामी बिहान ६ बजे विद्यालयमा भेला भई नास्ता गरेर ठिक ७ बजे विद्यालयबाट बस चढेर यात्रा सुरु गरेको प्राआ राईले बताउनु भयाे । उनले यात्राको क्रममा निकै रमाइलोका साथ बसबाट विभिन्न प्राकृतिक दृश्यको अवलोक...
नेपालगन्जमा लघु घरेलु, कृषि, पर्यटन महोत्सव हुँदै

नेपालगन्जमा लघु घरेलु, कृषि, पर्यटन महोत्सव हुँदै

आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १५ पौष - नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेको र सिवालय सेक्युरिटि एण्ड मल्टिपल प्रा. लि. बाँकेको संयुक्त आयोजनामा नेपालगन्जमा प्रादेश स्तरिय नेपालगञ्ज लघु घरेलु, कृषि, पर्यटन महोत्सव हुनेभएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा यही माघ १० गते देखि २४ गतेसम्म नेपालगञ्जको सडक डिभिजन कार्यालय कारकादो परिसरमा रहेका फिल्डमा प्रादेशिक स्तरिय नेपालगञ्ज व्यापार लघु, घरेलु, कृषि तथा पर्यटन महोत्सव आयोजना हुन लागेको बाँककी अधरेलु महासंघकी अध्यक्ष मधुकुमारी खड्काले जानकारी दिइन । ‘समृद नेपालको प्रमुख आधार उद्यमी व्यापार कृषि पर्यटन सांस्कृतिक तथा रोजगारको पुर्वाधार’ नाराका साथ महोत्सव आयोजना गरिदै छ । कार्यक्रममा अध्यक्ष खड्काले भनिन्, ‘विगत केही वर्ष देखि देशमा आर्थिक संकटले व्यवसायीहरु बढी मारमा परिरहेका छन् । यसलाई मध्य नज...
नेपालगन्ज म्याराथन दुई दिने उत्सवमय बन्ने

नेपालगन्ज म्याराथन दुई दिने उत्सवमय बन्ने

आस्था, कला/साहित्य, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १२ मंसिर – एक दशक लामो सशस्त्र द्धन्द्धको औपचारिक अन्त्य भइ राज्य र विद्रोही पक्षबीच बृहत शान्ति सम्झौता भएको दिन ०६३ मंसिर ५ गतेको स्मरणमा आयोजना गरिदै आएको आठौं धारा नेपालगन्ज म्याराथन यस बर्ष दुई दिने उत्सवमय बन्ने भएको छ ।क्रियटिभ ह्याण्ड्सको आयोजना तथा क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापनमा मंसिरको पहिलो शनिवार हुने आठौं धारा नेपालगन्ज म्याराथन आमनिर्वाचनका कारण यसबर्ष भने मंसिर २४ गते शनिवार हुँदैछ ।नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकाको संरक्षकत्वमा हुने म्याराथनको पहिलो दिन विविध बिषयमा मन्थन हुनेछ ।प्रदर्शनी व्यवस्थापन संयोजक आशीष श्रेष्ठले आईतवार उपमहानगरपालिका प्रमुख प्रशान्त बिष्टसँग भेट गरी दुई दिने कार्यक्रमका बारेमा विस्तृत जानकारी गराए । उक्त भेटमा नगर प्रमुख बिष्टले यस कार्यमा सिंगो उपमहानगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर...