
काठमाण्डौं, ६ माघ – भारतपछि अब अमेरिकाले पनि चिनियाँ सर्ट भिडियो एप टिकटकमाथि कार्यवाही गरेको छ। अमेरिकी सरकार टिकटकलाई चीनको कम्युनिस्ट पार्टीको खतरनाक भाइरसको रूपमा हेर्दछ।
टिकटक सम्बन्धि उच्च जोखिम सुरक्षा चिन्तालाई ध्यानमा राखेर अमेरिकी सरकारले यसलाई प्रतिबन्धित गरिएको छ। टिकटकलाई अमेरिकाभरि सम्पूर्ण संघीय सरकारका सबै उपकरणहरूमा प्रतिबन्ध लगाइएको छ। यद्यपि, यसको एकमात्र अपवाद कानून प्रवर्तन र राष्ट्रिय सुरक्षा एजेन्सीहरू हुनेछन्, जसले सुरक्षा अनुसन्धानको उद्देश्यका लागि विशेष मामिलामा उक्त एप प्रयोग गर्न सक्छन्। उल्लेखनीय कुरा के छ भने, डाटा प्राइभेसी र सेफ्टीका कारण अमेरिकामा टिकटकलाई लिएर लामो समयदेखि लगातार प्रश्न उठिरहेको थियो। अहिले आएर अमेरिकी सरकारले टिकटकमाथि कडा फसेला गर्दै प्रतिबन्ध लगाएको छ ।
अमेरिकी सरकारको यस प्रतिबन्धको व्यापक प्रभाव पर्ने मानिएको छ। यस प्रतिबन्धपछि लगभग चार मिलियन सरकारी कर्मचारीहरूले अनिवार्य रूपले आफ्नो मोबाइल र उनीहरूलाई जारी गरिएको अन्य ग्याजेट्सबाट टिकटकलाई हटाउनु पर्नेछ। हालैमा अमेरिकी राष्ट्रपति जो ब्राइडेनद्वारा हस्ताक्षर गरेको १.७ ट्रिलियन अमेरिकी डलर स्पेन्डिङ बिलमा एउटा प्रावधान छ, जसले बाइटडान्सको स्वामित्वमा रहेको एपलाई प्रतिबन्ध गर्दछ।
अमेरिकी सदनका मुख्य प्रशासनिक अधिकारीका अनुसार सुरक्षालाई ध्यानमा राखी सांसदले प्रयोग गर्ने ग्याजेटमा टिकटकमा प्रतिबन्ध लगाइएको हो। यद्यपि, यो प्रतिबन्ध अमेरिकाका आम नागरिकका हकमा लागू हुने छैन । सरकारी ग्याजेटहरूबाट सर्ट भिडियो प्लेटफर्म टिकटकलाई तत्काल हटाउन निर्देशन दिइएको छ।
यसै क्रममा टिकटकका प्रवक्ता ब्रुक ओबरवाटरले भने कि “कङ्ग्रेसले टिकटकलाई सरकारी उपकरणमा प्रतिबन्ध लगाउने कदम चालेकोमा हामी निराश छौं। यस निर्णयले राष्ट्रिय सुरक्षा हितलाई अगाडि बढाउन केही गर्दैन।”
स्मरण गराइन्छ कि, टिकटकलाई लिएर अमेरिकामा केही दिनदेखि कडाई बढेको छ। गत महिना मात्र साउथ डकोटाका गभर्नर क्रिस्टी नोएमले एउटा कार्यकारी आदेश जारी गरेर यस एपको प्रयोगमाथि प्रतिबन्ध लगाउने कुरा उद्धृत गरेका थिए। नोएमले ट्वीटरमा एउटा पोस्ट साझा गरेर एउटा बयानमा भनेका थिए कि “दक्षिण डकोटाले हामीलाई घृणा गर्ने राष्ट्रहरूको खुफिया जानकारी सङ्कलन गर्नका लागि कुनै भाग लिने छैन।”
यसभन्दा अघि फेडरल ब्यूरो अफ इन्भेस्टिगेशन (एफबीआई) ले पनि एप मार्फत डाटा लीक हुने चेतावनी दिएको थियो । निदेशक क्रिस्टोफर रे-ले एउटा हाउस प्यानललाई भने कि एपमार्फत प्रयोगकर्ताहरूको डाटा वा सफ्टवेयरमा सम्भावित चिनियाँ सरकारको पहुँच “अत्यन्त चिन्ताजनक” थियो। रे-ले भने कि ‘बाइटडान्स एपमा विशिष्ट एप्लिकेसन प्रोग्रामिङ इन्टरफेस (एपीआई) लाई इम्बेड गर्दछ, जसले चीनलाई लाखौं प्रयोगकर्ताहरूको डेटा सङ्कलनलाई नियन्त्रित गर्न वा सिफारिस एल्गोरिदमहरू नियन्त्रण गर्न अनुमति दिन्छ।
चाखलाग्दो कुरा के छ भने, भारतमा २०२० मा, सुरक्षालाई मध्यनजर गरेर टिकटक र हेलो लगायत चीनका ५९ एपहरू प्रतिबन्धित भएका थिए। त्यतिबेला टिकटक देशका युवाहरूको पहिलो रोजाइ मात्र थिएन, तर टिकटकद्वारा युवाहरू रातारात स्टार बनिएका थिए।
