Friday, February 7सत्यम खबर
Shadow

नेपालगन्जमा गुलजार–ए–अदबको मासिक गजल

नेपालगन्ज, ३० बैशाख – नेपालगन्जका उर्दू साहित्यकारहरुको साहित्यिक संस्था गुलजार–ए–अदबद्वारा आयोजित मासिक गोष्ठी कार्यक्रम शनिवार सम्पन्न भएको ।
नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.८ स्थित महेन्द्र पुस्तकालय नेपालगन्जको सभा हलमा आयोजित गजल गोष्ठी सैयद नेपालीको अध्यक्षतामा सम्पन्न भएको थियो ।


कार्यक्रममा गजलकारहरुमा गुलजार–ए–अदब के अध्यक्ष अब्दुल लतीफ शौक नेपाली, सचिव मुस्तफा अहसन कुरैशी, गजलकार अन्सर नेपाली, वरिष्ठ गजलकार इस्माइल अन्सारी र अन्तर्राष्ट्रिय ख्याति प्राप्त गजलकार सर्वर नेपालीले गजल वाचन गरेका थिए । गुलजार–ए–अदबको मासिक गजल गोष्ठी हरेक महिनाको अन्तिम शनिवार गर्ने गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *