Sunday, May 31सत्यम खबर
Shadow

कला/साहित्य

तारकेश्वर कला प्रतिष्ठानले मनायो भानु जयन्ती

तारकेश्वर कला प्रतिष्ठानले मनायो भानु जयन्ती

आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, ३० असार – आदिकवि भानुभक्त आचार्यको २११ औं जन्म जयन्ती देश तथा विदेशमा विभिन्न कार्यक्रमगरी मनाइएको छ । यही सन्दर्भमा तारकेश्वर कला प्रतिष्ठानको आयोजनामा बालाजु बाइसधारा पार्क भित्र भानुभक्तको सालिकमा माल्याअर्पण तथा कविता बाचन कार्यक्रमगरी भव्यताको साथ मनाएको छ ।प्रतिष्ठानका अध्यक्ष उत्तम के.सी.को सभापतित्व र साहित्यकार/कवि श्रीहरि फुयालको प्रमुख अतिथिमा सम्पन्न भएको कार्यक्रममा साहित्यकार भोजराज न्यौपाने, बासुदेब ठकुरी, भीष्मराज ढुंगेल, बालकृष्ण सुवेदी, शम्भु गजुरेल, कृष्णप्रसाद पौडेल, रसुवाली कवी, दिलकुमारी डंगोल र बाल प्रतिभा प्रतिष्ठि भण्डारी, अभिमा घिमिरे लगायतले भानुभक्त सम्बन्धि आ–आफ्ना रचना बाचन गर्नुभएको थियो । समारोहमा प्रमुख अतिथी श्रीहरिले आदिकवी भानुभक्तको महिमासहित जीवन गाथा वर्णन गर्नुभएको थियो भने बलराम फुयालले भानुभक्तको कविता र साहित्यको बारेमा उल्लेख गर...
कृतिमाथि परिचर्चा सम्पन्न

कृतिमाथि परिचर्चा सम्पन्न

आस्था, कला/साहित्य, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २३ असार – बाँकेको खजुरामा कृतिकारद्वय कथाकार चरित्रा शाहको तातेताते र बोधराज प्याकुरेलद्वारा प्रकासित कृति शङका कृति माथि परिचर्चा कार्यक्रम शनिबार सम्पन्न भएको छ ।कल्पना फाउण्डेसन नेपाल साहित्य विभागको आयोजनामा “कल्पना फाउण्डेसनको पहिचान, साहित्य र समाज सेवा हाम्रो पहिचान” मूल नाराकार साथ आयोजित कार्यक्रममा खजुरा गाउँपालिकाका प्रमुख डम्बर बिक तुफानले पानसमा दीप प्रज्वलित गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।कार्यक्रमका प्रमुख अतिथि खजुरा गाउँपालिकाका प्रमुख डम्बर बिक तुफानले दुबै जना खजुराका हुनु हुन्छ, ज्ञानोदय बहुमुखी पब्लिक क्याम्पस खजुराका क्याम्पस प्रमुख चरित्रा शाह र ज्ञानोदय माध्यमिक बिद्यालय खजुराका शिक्षक पनि हुनु हुन्छ उहाँहरुले यस्तो मेहनत गरी कृति प्रकासित गर्नु भएकोमा धन्यादवाद दिंदै यस किसिमको कृति अझ प्रकासित गरुन हाम्रो खजुराको अलग पहिचान हुन्छ भन्दै बिचार व्...
`फेसनको पातलो चोली´ सार्वजनिक……

`फेसनको पातलो चोली´ सार्वजनिक……

आस्था, कला/साहित्य, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
काठमाण्डौ, २१ असार – चर्चित गायिका समिक्षा अधिकारीको स्वरमा रहेको ‘फेसनको पातलो चोली … ‘ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । Zeni Entertainment युटुब च्यानलबाट उक्त भिडियो सार्वजनिक भएको हो । जेनिशा नेपालको शब्द तथा नवीन कार्कीको संगीत रहेको गीतलाई विशाल निरौलाले एरेन्ज गरेका हुन । पहिलाको र अहिलेको फेसनमा आएको परिवर्तन लाई मिलाएर लेखिएको गीतकार जेनिशा नेपालले बताइन । केशब अधिकारीको छायाँकन , बिश्वास भण्डारीको सम्पादन तथा राजन महर्जनको कोरियोग्राफीमा भिडियो तयार गरिएको हो । उक्त भिडियोको निर्देशन रबिन श्री ले गरेका हुन । ‘फेसनको पातलो चोली‘ गीतमा मोडल दिपेन्द्र सोनाम र आयुष्मा कार्कीको फिचरिङ रहेको छ । ‘फेसनको पातलो चोली‘ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।https://youtu.be/aHoK0lazZXI?si=obrGlt-kv7EhccV6...
सर्वनाममा नाटक ‘पूर्णविराम’ मञ्चन हुँदै

सर्वनाममा नाटक ‘पूर्णविराम’ मञ्चन हुँदै

आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
काठमाण्डौ, १६ असार – काठमाडौंको कालिकास्थानस्थित सर्वनाम नाटकघरमा असार १७ गतेदेखि नाटक ‘पूर्णविराम’ मञ्चन हुँदैछ । नाटकले केहि जटिल प्रश्नहरू उठाएको छ । बढ्दो पर्यावरणीय परिवर्तनले भविष्यको कस्तो स्वरूप देखाउने हो ? विज्ञानको दुरुपयोगले कतिसम्म भयावह अवस्था सिर्जना गर्न सक्छ ? लगायतका विभिन्न चिन्ताजनक प्रश्नहरू उठाइएको छ । राजनीतिज्ञको दोहोरो चरित्र, सर्वसाधारणले आधारभूत आवश्यकता पुरा गर्न भोग्नुपर्ने कठिनाइ आदि नाटकमा प्रस्तुत गरिएको छ । नाटकलाई कवितामा समेत कलम चलाउँदै आएका कवि सुरज पराजुलीले लेखेका हुन् । प्रकृतिको विनास गरि विकासको बाटो खुलाउने आधुनिक मानवहरु शहरमा बसेर शान्ति र आनन्द खोज्दै शहरदेखि टाढा वनवोज खान जाने तथा प्रकृतिमा रमाउन चाहने मानव प्रवृतिप्रति लेखक रुष्ट देखिन्छन् । उनी भन्छन् कंक्रिटको जंगलमा रुमल्लिएका म जस्ता करोडौँ मानिसहरू केहि दिनलाई नै सहि शान्ति खोज्द...
समलिंगी तेस्रोलिंगीले पहिलोपटक मनाए रोपाई जात्रा, दिए उत्पादन बृद्धिको शुभकामना

समलिंगी तेस्रोलिंगीले पहिलोपटक मनाए रोपाई जात्रा, दिए उत्पादन बृद्धिको शुभकामना

आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
काठमाण्डौ, १६ असार – नेपालमा पहिलो पटक लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायले राष्ट्रिय धान दिवस एवं इन्द्रेणी रोपाई जात्रा मनाएका छन्। मायाको पहिचान नेपालले डाकिनी हस्पिटालिटीको सहयोगमा बौद्ध स्तुपा प्राङ्गणमा धान दिवस एवं रोपाई जात्रा मनाएको हो।केहीले हातमा धानको रोपो लिएर त कोहीले बाउसेको भूमिका निर्वाह गरे। मानो रोपेर मुरी उब्जाउने असार महिनाको असार १५ गते राष्ट्रिय धान दिवस मनाउने गरिएको छ। यो वर्षको नारा ‘जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि’ राखिएको थियो।रोपाई जात्रा नेपालको धान रोप्ने मौसमको एक जीवन्त उत्सव हो। मायाको पहिचान नेपालले वार्षिक क्यालेन्डरमा असार १५ मा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले इन्द्रेणी रोपाई जात्रा महोत्सव आयोजना गर्ने यसअघि नै सार्वजनिक गरेको थियो। असारे गीतमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायले रोपाई जात्रा मनाइरहँदा हेर्ने दर्शकको भिड नै ल...
‘छैटौं सगरमाथाम्युजिक अवार्ड २०८१’ थाइल्याण्डमा सम्पन्न

‘छैटौं सगरमाथाम्युजिक अवार्ड २०८१’ थाइल्याण्डमा सम्पन्न

आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
काठमाण्डौ, १६ असार – छैटौँ सगरमाथा म्युजिक अवार्ड २०८१ को विदेश संस्करण थाइल्याण्डमा भव्य रुपमा सम्पन्न भएको छ । नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान भन्ने मुल नाराका अर्थ नेपाल प्रालिको आयोजनामा थाइल्याण्डको बैंकक सहरमा अवार्ड कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रममा विभिन्न विधामा कलाकार, पत्रकार तथा समाजसेवीहरुलाई सम्मान र अवार्डसमेत प्रदान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि एनआरएनए थाइल्याण्डका अध्यक्ष भविन्द्र बस्नेत र अतिथिद्धय एनआरएनए थाइल्यान्डका सल्लाहकार डेभिड खनाल र नेपाल एयरलाइन्सका कन्ट्री म्यानेजर दामोदर मिश्रले १३ जनालाई विभिन्न विधामा अवार्डर पाँच जनालाई सम्मान प्रदान गरे ।कार्यक्रम प्रमुख पुरुषोत्तम बस्नेतका अनुसार सर्वोत्कृष्ट लोकदोहोरी गायकको अवार्ड फुलको माला गीतबाट उद्धव कार्कीले तथा सोही विधाको जुरी अवार्ड भाग्यमा विछोड ग...
चलचित्र स्वीकारको शुभ–मुहुर्त सम्पन्न

चलचित्र स्वीकारको शुभ–मुहुर्त सम्पन्न

आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १३ असार – नेपाली कथानक चलचित्र स्वीकारको आजदेखि शुभ–मुहुर्त भएको छ । सगरमाथा गन्तव्य मिडिया प्रालि एवं सगरमाथा ई.बोडिङ स्कूलको संयुक्त प्रस्तुतीमा नेपाली कथानक चलचित्र स्वीकारको आज बिहिबार एक कार्यक्रमका विच शुभ–मुहुर्त भएको हो ।नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले स्वीकार फिल्मको व्यानर खोलेर शुभमुहुर्त गर्नुभएको छ । शुभ–मुहुर्त कार्यक्रममा बोल्दै नगर प्रमुख विष्टले नेपालगन्ज उपमहानगरपालिकाका विभिन्न स्थाना गरिने छायाङकनको लागि प्राविधिक तथा चाहिने सहयोग आफुले गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । नेपालगन्जमा धार्मिक, शिक्षा, स्वास्थ्य लगायतका विषयबस्तुमा आधारित फिल्मले स्थानिय कलाकारहरुलाई जोड दिएर फिल्म निर्माण गर्न लागिएको हो । नेपालगन्जको सेरोफेरोमै छायाङ्कन गर्ने र स्थानिय कलाकारहरु कै सहभागितामा फिल्म निर्माण गरिने भएको हुनाले फिल्मले सफलता कायम गर्ने ...
धान दिवस मनाउन चर्चित कलाकार ज्याेति मगर आउने

धान दिवस मनाउन चर्चित कलाकार ज्याेति मगर आउने

आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ३ असार - मानो रोपेर मुरी उब्जाउने’ महिना मानिने असार महिनाको १५ गते धान दिवस अथवा असार १५ मनाउन नेपालगन्जमा चर्चित कलाकार ज्योति मगर, कलाकार चक्र बम र ड्राइ स्कन्क ब्याण्ड रोपाइँ जात्रा मनाउन बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा न.१९ भैयांपुुर राझामा `रोपाइँ festival season-4´ मा आउने भएका छन । टिम डि-एड्जको आयोजनामा हुन लागेको `रोपाइँ festival season-4´ को तयारी भै रहेको टिम डि-एड्जका अध्यक्ष तथा संस्थापक दिनेश थापा मगरले जानकारी दिएका छन । असार भरी रोपाइँको चटारोले थकित भएका किसानलाई एक दिन धान रोपाईं संगै आपसमा हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्ने तथा दही चिउरा खाने गरिन्छ । दही र चिउराले शक्ति र शीतलता प्राप्त हुने विश्वासले असार १५, २०६२ सालदेखि असार १५ लाई धान दिवसका रुपमा मनाउँदै आएको पाइन्छ । धान नेपालको प्रमुख खाद्यान्न बाली हो । अहिले अधिकांस धान उत्पादन हुने ...
पुस्तक बिमोचन तथा रचना वाचन कार्यक्रम सम्पन्न

पुस्तक बिमोचन तथा रचना वाचन कार्यक्रम सम्पन्न

आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २ असार – बाँकेको नेपालगन्जमा रहेका साहित्यिक संस्था सर्वदा साहित्य सङ्गमको आयोजनामा पुरस्कार अपर्ण, पुस्तक बिमोचन तथा रचना वाचन कार्यक्रम अषाढ शनिवार सम्पन्न भएको छ ।वयोवृद्ध लेखक तथा साहित्यकार गणेश जिसीको अध्यक्षमा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य शशीराम कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा ईश्वरी प्रसाद रिजाल “उल्कापात” लाई श्री बागेश्वरी सर्वदा पुरस्कार–२०८१ अर्पण गरिएको छ ।भीम प्रज्वलद्वारा सञ्चालित कार्यक्रममा खगेन्द्रगिरि कोपिलाद्वारा प्रकासित १४ औं मुक्तक संग्रह कालध्वनि नामक कृति र साहित्यकार भरतबहादुर रानाभाट प्रकासित तेस्रो कृति फ्लोरिडाको सेरोफेरो कृतिको बिमोचन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य शशीराम कार्कीले मन्तव्य व्यक्त गदै सर्वदा साहित्य सङ्गम नेपालगन्जको यो पहिलो पुरस्कार हो जुन ईश्वरीप्...
फरक भुगौलसँग रोमाञ्चित हुदै उपल्लो मुस्ताङ्गको यात्रा

फरक भुगौलसँग रोमाञ्चित हुदै उपल्लो मुस्ताङ्गको यात्रा

आस्था, कला/साहित्य, प्रदेश ५, मौसम, यता पनि, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाज
बिष्णु गिरी निश्चल मिति : २०८१–०२-२७ गते, आईतबारसिङ्गो पहाड नै मन्दिर, गुम्बा, चर्च र मस्जिद बनेर आसानसँग मिलेर बसेका छन् प्रकृतिले त कुनै धर्म, जातजाती, लिङ्ग र वर्ग बीच भेदभाव र विभेद गरेको छैन । उपल्लो मुस्ताङ्गमा दैनिक तीन देखि चार हजार खर्च गर्दा बस्न सकिने रहेछ । त्यहाँका स्थानीयले स्थानीय भाषा र पोषकको संरक्षण, एकिकृत बस्ती, सामुहिकतामा बिश्वास गरेको देख्दा मनै आन्दीत भयो ।मैदानको बीचमा नेपाल र चीनको सीमा क्षेत्र छुट्याउने नेपालको तर्फको २०१९ मा निर्मित २४ नम्बरको एक्लो टिठलाग्दो फुच्चे सीमा स्तभ्म मात्र थियो । नेपाल तर्फको दशगजा क्षेत्र खुल्ला छ भने चीनको क्षेत्र भने तार बारले घेरिएकोले प्रवेश बन्द गरिएको छ । चीनभित्र लोभलाग्दो पूर्वाधारहरू जस्तै सीमा सुरक्षा बल, भन्सार, अध्यागमन कार्यालय र कर्मचारी आवाश भवनहरू थिए भने नेपाल तर्फ खुल्ला थियो । सुरक्षाको लागि दुई जना ससस्त्र ...