आख्यान लेखन अन्तरक्रिया कार्यक्रम सम्पन्न
नेपालगन्ज, ६ असोज – साहित्यकारहरुका लागी आख्यान लेखन अन्तरक्रिया कार्यक्रम नेपालगन्जमा सम्पन्न भएको छ ।
कल्पना फाउन्डेसन नेपालद्वारा आयोजना गरिएको आख्यान लेखन अन्तरक्रिया कार्यक्रम कल्पना फाउन्डेसन नेपालकी अध्यक्ष कल्पना पौडेल जिज्ञासुको अध्यक्षता, वरिष्ठ कथाकार सनतकुमार रेग्मीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
कल्पना फाउन्डेसन नेपालका सचिव लेकप्रसाद प्याकुरेद्वारा सञ्चालित कार्यक्रममा बिशिष्ट अतिथि कथाकार तथा भाषा आयोग सदस्य गोपाल अश्क आख्यान लेखन अन्तरक्रिया कार्यक्रममा मुख्य वक्तामा रहनुभएको थियो । उहाँले आख्यान लेखनको बारेमा चर्चा गर्नु भएको थियो ।
यसरी कार्यक्रममा बिशिष्ट अतिथि लुम्बिनी प्राविधिक विश्वविद्यालय सेवा आयोगका सदस्य प्रा.डा.कृष्णप्रसाद घिमिरे, प्राज्ञ सभा सदस्य शशीराम कार्की, खगेन्द्र गिरि कोपिला, पुष्पमणि प्रधान, भरत रानाबाट, दिलाशाह लगायतले अन्तरक्रि...









