Sunday, May 31सत्यम खबर
Shadow

कला/साहित्य

५२७ औं तुलसीदास जयन्तीमा ६५ जना सम्मानित

५२७ औं तुलसीदास जयन्तीमा ६५ जना सम्मानित

अवधी, आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २८ साउन – बाँकेमा अवधी तथा हिन्दी भाषा सँस्कृतिका महान पण्डित, भक्त कवि, सन्त शिरोमणि तुलसीदास जी महाराजको ५२७औं तुलसीदास जयन्ती, चौथा अन्तरदेशीय अवधी महोत्सव तथा २५ औं अवधी दिवस समारोह –२०८१, बृहत सम्मान समारोह, बिचार तथा बहुभाषिक कवि गोष्ठी, लोकनृत्य सहित शुभकामना कार्यक्रममा ६५ जना साहित्यकार, समाजसेवीहरुलाई श्रावण २७ गते सम्मान गरिएको छ । अवधी साँस्कृतिक प्रतिष्ठान केन्द्रिय कार्य समितिको आयोजनामा संस्थापक बिष्णुलाल कुमालद्वारा सञ्चालित, रमेशचन्द कुमालको अध्यक्षतामा सम्पन्न नेपालगन्ज उद्योग बाणिज्य संघको सभाहलमा कार्यक्रममा प्रमुख अतिथि तथा समाजसेवी पशुपति दयाल मिश्र, बिशिष्ट अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्य अनुवाद विभाग प्रमुख हंसावती कुर्मी, बिशिष्ट अतिथि पूर्व प्राज्ञ सदस्य सचिव सनतकुमार रेग्मीले शिरोमणि तुलसीदास जी महाराजको तस्वीरम...
प्रेस युनियन बाँकेले साधारणसभा, तीज बिशेषलगायत कार्यक्रम गर्ने

प्रेस युनियन बाँकेले साधारणसभा, तीज बिशेषलगायत कार्यक्रम गर्ने

आस्था, कला/साहित्य, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २६ साउन – नेपाल प्रेस युनियन बाँकेको शनिबार बसेको कार्यसमिति बैठकले विभिन्न निर्णयहरु गरेको छ । युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकालको अध्यक्षतामा युनियनको कार्यालयमा बसेको कार्यसमितिको बैठकले साधारण सभालगायतका कार्यक्रम गर्ने निर्णय गरेको हो । युनियनले गरेको निर्णय अनुसार यही भदौ १५ गते युनियन बाँकेको वार्षिक साधारणसभा गर्ने निर्णय भएको छ । सो साधारणसभाको तयारी र व्यवस्थापनका लागि अध्यक्ष ढकालको संयोजकत्वमा सदस्यहरुमा सचिव भीष्म लोध, कोषाध्यक्ष खडक खत्री र सदस्य सलामत अलि शेखसहितको चार सदस्यीय समिति गठन गरिएको हो । यस्तै सोही दिन तीज महोत्सव कार्यक्रम गर्ने निर्णय गरिएको छ । महोत्सवको तयारी र व्यवस्थापनका लागि महिला उपाध्यक्ष निशा शाहको संयोजकत्वमा सदस्यहरु लक्ष्मी गौडेल, सावित्री बिश्वकर्मा, आरती कट्टेल र सुविता थारुसहित पाँच सदस्यीय समिति गठन गरेको छ । यसैगरी ह...
भारतीय च्यानलहरूले बन्द गरे नेपालमा प्रसारण

भारतीय च्यानलहरूले बन्द गरे नेपालमा प्रसारण

आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
काठमाण्डौ, २० साउन – भारतीय टेलिभिजन च्यानलहरूले नेपालमा प्रसारण बन्द गरेका छन्। करिब २ वर्षदेखि विदेशी मुद्राको सिफारिस नदिएको भन्दै भारतीय टेलिभिजन नेटवर्कहरूले आफ्ना च्यानलको प्रसारण बिहीबारदेखि रोकेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ। मन्त्रालयका सहसचिव तथा प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार भारतका कलर्स, स्टार, जी र सोनी नेटवर्कअन्तर्गतका च्यानलको प्रसारण रोकिएको हो। ‘१५ चैत २०७९ देखि नै उनीहरूको विदेशी मुद्रा सिफारिस हुनसकेको छैन,’ उनले भने। च्यानलको प्रसारण रोकेरै सरकारलाई गलाउन खोजिरहेका भन्दै ऐन, कानुनअनुसार आए विदेशी मुद्रा सिफारिस दिन कुनै समस्या नरहेको सहसचिव ठाकुरले बताए। १ साउन २०८० देखि यो प्रणाली लागू भएपछि भने त्यस्ता च्यानलहरूको प्रसारण नै रोकिएको थियो तर सरकार पछि हट्ने सङ्केत नपाएपछि भारतीय च्यानलहरू आलाकार्टा मूल्य प्रणालीमा जान तयार ...
खगेन्द्र गिरि किोपिलालाई ‘प्रेम प्रकाश मल्ल स्मृति पुरस्कार’

खगेन्द्र गिरि किोपिलालाई ‘प्रेम प्रकाश मल्ल स्मृति पुरस्कार’

आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १२ श्रावण – नेपालगन्जका सुप्रसिद्ध साहित्यकार, गजलकार, गायक, संगीतकार तथा गीतकार स्व. प्रेम प्रकाश मल्लको नाममा स्थापना गरिएको यस वर्षको पुरस्कार चर्चित गजलकार खगेन्द्र गिरि “कोपिला”लाई आज शनिबार प्रदान गरिएको छ । आज शनिवार भेरी साहित्य समाजले आयोजना गरेको कार्यक्रममा ५१ हजार १ सय ११ रुपैयाँ सहितको ‘प्रेम प्रकाश मल्ल मधुकर स्मृति पुरस्कार’ साहित्यकार “कोपिला”लाई प्रदान गरिएको हो । पुरस्कृत साहित्यकार “कोपिला”लाई कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ श्रष्टा सनत रेग्मीले पुरस्कार तथा सम्मान पत्र प्रदान गरेका हुन् । प्रेम प्रकाश मल्लको ८९ औं जन्मजयन्तिको अवसर पारेर आयोजना गरिएको सो समारोहमा भेरी साहित्य समाजद्वारा प्रकाशित बाँके शताब्दी साहित्य ग्रन्थ प्रकाशनमा सहयोग गर्ने स्थानीय निकाय तथा व्यक्तिहरुलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि रेग्मीले मोफसलका सर्जकहरु ...
सडक विभागका ईन्जिनियर खतिवडाको ‘प्रेम कहानी’को भिडियो सार्वजनिक (भिडियो सहित)

सडक विभागका ईन्जिनियर खतिवडाको ‘प्रेम कहानी’को भिडियो सार्वजनिक (भिडियो सहित)

आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, ९ श्रावण – कविता, गीत तथा गजल लेखनमा सक्रिय रहेका ईन्जिनियर प्रमोद खतिवडाको रचनामा ‘प्रेम कहानी’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । नेपाल सरकारको निजामती सेवा अन्तर्गत सडक विभागमा कार्यरत रहेका ईन्जिनियर प्रमोद खतिवडाले प्रेम वियोगलाई समेटेर ‘प्रेम कहानी’ बोलको आफ्नो रचनाको पाँचौ गीतको भिडियो सार्वजनिक गरेका छन् । चर्चित गायक तथा सफल संगीतकार सबिन लिम्बुको स्वर तथा संगीत रहेको यो गीत एकोस्टिक नेपालको स्टुडियोमा रेकर्ड गरिएको हो । उक्त गीतको शब्दमा माया, प्रेमको तिर्सना, छटपटी र प्रेम वियोगलाई समेटिको छ । एफोरए ईन्टरटेनमेन्ट युटुभ च्यानलबाट हालै भिडियो सार्वजनिक गरिएको उक्त म्यूजिक भिडियोको निर्देशन तथा सम्पादन युवाराज खत्रीले गरेका हुन भने छायाँकन सुजन श्रेष्ठले गरेका छन् । उक्त म्यूजिक भिडियोमा कलाकार मुक्ति उप्रेती र सीया क्षेत्रीको उत्कृष्ट अभिनय रहेको छ । सो म्...
वीपी स्मृति दिवसः बाँकेमा माल्यार्पण र हाजिरीजवाफ

वीपी स्मृति दिवसः बाँकेमा माल्यार्पण र हाजिरीजवाफ

आस्था, कला/साहित्य, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ६ श्रावण – नेपाली कांग्रेसका संस्थापक नेता, पूर्व पार्टी सभापति एवम् प्रथम जननिर्वाचित प्रधानमन्त्री महामानव वीपी कोइरालाको ४२औं स्मृति दिवस आज बाँकेमा विभिन्न कार्यक्रम गरी मनाइएको छ ।नेपाली कांग्रेस बाँकेले माल्यार्पण तथा हाजिरीजवाफ प्रतियोगिताको आयोजना गरेर ४२औं स्मृति दिवस मनाएको छ ।कांग्रेस बाँकेले आज आइतबार विहान नेपालगन्जस्थित वीपी चोकमा अवस्थित शालिकमा माल्यार्पण गरेर महामानव कोइरालालाई स्मरण गरेको हो । कार्यबहाक सभापति गोपालप्रसाद अधिकारीले वीपीको शालिकमा माल्यार्पण गरेका हुन् । माल्यार्पण कार्यक्रममा पूर्व पार्टी सभापतिहरु सनत रेग्मी, गजेन्द्र हमाल, किरण कोइराला लगायत पार्टी पदाधिकारी, अग्रज नेता, कार्यकर्ताको उपस्थिति रहेको सचिव सुधांशु कोइरालाले बताए । यसैगरी कांग्रेस बाँकेले सामुदायिक विद्यालयहरुका बीचमा हाजिरीजवाफ प्रतियोगिता गरेको छ । १० वटा माध्यमिक विद्या...
परिर्वतनको लोकार्पण तथा रचना वाचन

परिर्वतनको लोकार्पण तथा रचना वाचन

आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ६ श्रावण – बाँकेको नेपालगन्जमा प्रगतिशील लेखक सङघ नेपाल बाँके शाखाको १२ औं अङक परिर्वतनको लोकार्पण तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ ।नेपालगन्ज स्थित महेन्द्र पुस्तकालय नेपालगन्जमा आयोजित कार्यक्रममा प्रगतिशील लेखक सङघ नेपाल बाँके शाखाका अध्यक्ष पुष्पमणि प्रधान, लुम्बिनी प्राविधिक विश्वविद्यालय सेवा आयोगका सदस्य प्रा.डा.कृष्णप्रसाद घिमिरेको प्रमुख आतिथिले दीप प्रज्वलित गरी कार्यक्रम उद्घाटन गनुभएको थियो । प्रमुख अतिथि प्रा.डा.कृष्णप्रसाद घिमिरे, सभाध्यक्ष, अतिथिहरुले संयुक्त रुपमा परिर्वतन १२ औं अङक लोकार्पण गर्नुभएको थियो । उक्त कार्यक्रममा भेरी साहित्य समाज केन्द्रिय कार्य समितिका अध्यक्ष हरिप्रसाद तिमिल्सिना लगायतले मन्तव्य व्यक्त गरेका थिए ।कार्यक्रममा चन्दावती अधिकारी, गीता अर्याल, चरित्रा शाह, इन्दिरा गौतम, ईशवरी प्रसाद रिजाल, रामचन्द्र आचार्य लगायतले आ–आफ्ना क...
स्रष्टा खेमनाथ दाहालको नयाँ कृति ‘सिर्जनामा दृष्टि’ लोकार्पण

स्रष्टा खेमनाथ दाहालको नयाँ कृति ‘सिर्जनामा दृष्टि’ लोकार्पण

आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, ६ श्रावण – स्रष्टा खेमनाथ दाहालको नयाँ कृति ‘सिर्जनामा दृष्टि’ लोकार्पण गरिएको छ । काठमाडौंमा शनिबार साहित्यिक पत्रकार संघको आयोजनामा एक विशेष समारोहबीच स्रष्टा दाहालको भूमिकासंग्रह कृति ‘सिर्जनामा दृष्टि’को लोकार्पण गरिएको हो ।संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि, वरिष्ठ इतिहासविद् प्राडा.सुरेन्द्र केसी, कृति सर्जक महाकाव्यकार खेमनाथ दाहाल, विशिष्ठ अतिथि विशिष्ठ कलाकार मदनदास श्रेष्ठ, वरिष्ठ पत्रकार एवं साहित्यकार पुरुषोत्तम दाहाल, सामालोचक प्राडा.कृष्णप्रसाद दाहाल, समीक्षक डा.यज्ञश्वर निरौला, गीतकार समाजसेवी सोभित उप्रेति, प्राडा.गोविन्दमान सिंह कार्की, उषा दाहाललगायतले उक्त कृतिको लोकार्पण गर्नुभएको थियो । गीतकार÷निर्देशक गणेश सुवेदीले सहजीकरण गर्नुभएको कार्यक्रमको प्रमुख अतिथि प्राडा.केसीले दीप प्रज्ज्वलन गरेर समुद्घाटन गर्नुभएको ...
बबिनाको ‘एउटा सानो घर’ सार्वजनिक (भिडियो सहित)

बबिनाको ‘एउटा सानो घर’ सार्वजनिक (भिडियो सहित)

आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
काठमाण्डौ, ३० असार – माया, प्रेममा ठुला ठुला आशा राखिन्न, मनको माया नै सबैभन्दा ठुलो हुन्छ अरु सबै कुरा गौण हुन्छन् । एउटा सानो घर चाहे त्यो झुपडी नै किन नहोस्, त्यहि घरमा फक्रन्छ माया अनि त्यहि घरमा नै मौलाउँछ पिरती । एकअर्काको भर, एकअर्का प्रतिको विश्वास, एकअर्का प्रतिको समर्पणभाव यी सबै कुरा त्यहि सानो घर भित्र अटाउँछन् । जानेर या नजानेर लगाएको त्यो माया, सानो घर भित्र झांगिएको त्यो मायाको यात्रा जीवनभरिलाई एउटै रथमा एकनासले अघि बढ्नेछ । त्यहाँ कतैबाट विरोधाभास आउने छैन, कतैबाट असन्तुलन आउने छैन, कतैबाट अवरोध आउने छैन, एकअर्का प्रतिको प्रेमिल भावले सदावहार रहनेछ युग युग सम्म । त्यहि सानो घर भित्र अट्नेछ मायाको सानो संसार, दुई मुटुको धड्कन एक हुनेछ, तिनै दुई मुटुको भरमा फक्रनेछ, फुल्नेछ प्रेम । जीवभरि तिर्खा मेट्ने पानी उनकै हातले पाउने चाह छ मन भरि । पानीको प्यास अनि मायाको तिर्स...
पत्रकार अधिकारीलाई राष्ट्रिय पत्रकारिता पुरस्कार एवं सम्मान

पत्रकार अधिकारीलाई राष्ट्रिय पत्रकारिता पुरस्कार एवं सम्मान

आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
काठमाण्डौ, ३० असार – ‘विराट म्युजिक एण्ड फिल्म अवार्ड’ को दोस्रो संस्करणमा पत्रकार गीता अधिकारीलाई पुरस्कार एवम् सम्मान गरिएको छ ।काठमाडौंमा आयोजना भएको अवार्डको विशेष समारोहमा पत्रकार अधिकारीलाई कार्यक्रमका प्रमुख अतिथि पूर्व उपप्रधानमन्त्री एवं नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नगद राशीसहित राष्ट्रिय पत्रकारिता पुरस्कार एवं सम्मान अर्पण गर्नुभएको हो ।विगत दुई दशकभन्दा लामो समयदेखि नेपाली पत्रकारिता क्षेत्रमा उहाँले पु¥याएको योगदानको मूल्यांकन गर्दै सम्मान गरिएको आयोजकले जनाएको छ । पछिल्लो समय हिमालय टाइम्स दैनिकमा कार्यरत अधिकारी मिलाप मासिकको कार्यकारी सम्पादक र मिलाप फाउण्डेशनको अध्यक्ष हुनुहुन्छ । उहाँको केही समयअघि ‘मैले पढेका ५१ पुस्तक’ पाठकमाझ आएको छ । संगीतका २४ विधा र फिल्मका सात विधा गरि जम्मा ३१ विधामा अवार्ड प्रदान गरिएको समारोहमा गीतकार बिबी थापालाइ नगद २५ ...