Tuesday, October 22सत्यम खबर
Shadow

बाँकेमा संविधान दिवस तथा राष्ट्रिय दिवस

नेपालगन्ज, ४ असोज – संविधान दिवस तथा राष्ट्रिय दिवस कार्यक्रम २०८१ बाँकेमा प्रभातफेरी, मुल कार्यक्रम, भलिवल प्रतियोगिता, बक्तृत्व कला प्रतियोगिता तथा रक्तदान कार्यक्रम सहित धुमधामका साथ भव्य रुपमा मनाइएको छ । असोज ३ गते विहान जिल्ला प्रशासन कार्यालय बाँकेको अगाडी भेलाभई पञ्चे वाजा सहित त्रिभुवन चोक, वीपी चोक हुँदै प्रभात फेरी भेरी प्राविधिक शिक्षालयमा पुगेर सभामा परिणत भएको थियो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको अध्यक्षतामा सुरु भएको मूल समारोहको कार्यक्रममा जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरी प्रमुख अतिथी रहनु भएको थियो । विशेष अतिथीमा नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट, कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्य, उच्च अदालत तुलसीपुर इजलास नेपालगन्जका न्यायाधीस चन्द्रबहादुर सारु रहनु भएको थियो ।

अतिथीमा जिल्ला समन्वय समितिका उपप्रमुख सीता कार्की, कोहलपुर नगरपालिकाका उपप्रमुख संगीता सुवेदी, बांके जिल्ला अदालतका न्यायधीस भिष्मराज प्रसाई, जानकी गाउँपालिका अध्यक्ष छब्बन खाँ, बैजनाथ गाउँपालिकाका अध्यक्ष प्रकास शाही, नेपालगन्ज उपमहांनगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ओमबहादुर खड्का, उच्च सरकारी वकिल कार्यालयका सहन्यायधिवक्ता अशोक रेग्मी, नेपाली कांग्रेसका उपसभापती गोपालप्रसाद अधिकारी, एमालेका प्रतिनिधी मिनबहादुर मल्ल, नेकपा माओवादी केन्द्रका अध्यक्ष नरेन्द्र पाण्डे (जेम्स), जसपाका प्रतिनिधी बसन्त कनौजिया, नेपाल वार एसोसियसनका पूर्व उपाध्यक्ष बरिष्ठ अधिवक्ता सुनिलकुमार श्रेष्ठ, अन्तर पार्टी महिला संजाल बाँकेका अध्यक्ष ऋचा द्विवेदी, नागरिक समाज बाँकेका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, नेपालगन्ज उद्योग व्यापार संघका अध्यक्ष टंक धामी, उच्च बारका अध्यक्ष चित्रबहादुर शाही, जिल्ला वारका अध्यक्ष मेयरसिंह खत्रीलगायत रहनु भएको थियो । कार्यक्रमको सञ्चालन कर्मचारी मिलन केन्द्रका अध्यक्ष गोविन्दप्रसाद पाण्डेले गर्नु भएको थियो ।

कार्यक्रमा बक्ताहरुले संविधानले कानूनको शासन र लोकतन्त्रको रक्षागर्ने बताउँदै यसको पालना सबैले गनर्स पर्ने बताउनु भयो । संविधानलाई समय सापेक्ष बनाउन संसोधन गर्न सपकने बताउँदै संविधानले समावेशी व्यवस्था अंगिकार गरेकोले राज्यका सबै तह र तप्कामा सबै लिंग, वर्ण, क्षेत्र र समुदायको सहभागीता सम्भव भएको बताउनु भयो । राजनैतिक दलका नेता कार्यकर्ता, नागरिक समाज, कर्मचारी लगायतको उल्लेखनिय उपस्थीती रहेको थियो ।
कार्यक्रममा बाँकेको साहित्य तथा समाज सेवामा उल्लेखनिय योगदान गर्नु हुने विभिन्न क्षेत्रका ७ जना महानुभावहरुलाई दोसल्ला, माला र सम्मान पत्रबाट सम्मानित गरिएको थियो । सम्मानित हनु हुनेमा नेपाली बाँकेबाट नेपाली साहित्यमा उल्लेखनिय योगदान गर्दै लक्ष मनिया गौना, लगायत करिव दुई दर्जन कृति रचना तथा प्रकाशन गर्नु भएका नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव सनत रेग्मी, उर्दु साहित्यमा उल्लेखनिय योगदान गर्दै ये है तलाश सहित करिव एक दर्जन कृति रचना तथा प्रकाशन गर्नु भएका अब्दुल लतिफ (शौक), वाल सुधार गृहलाई ८२ कठ्ठा तथा मानव सेवा आश्रमलाई १० कट्ठा गरी जम्मा ९२ कट्ठा बर्तमान मूल्यमा करिव २० करोड बरावरको जग्गा निशुल्क दान गर्ने मनकारी दानवीर, समाजसेवी तथा शिक्षाप्रेमी व्यक्तित्व जयकेश सिंह, योगमार्फत बाँकेबासीको मानव स्वास्थ्यमा उल्लेखनिय योगदान दिनुहुने योगगुरु, आयुर्बेदाचार्य गिरीराज भट्राई, १७६ पटक रक्तदान गर्नु हुने बाँकेका उत्कृष्ट रक्तदाता समाजसेवी गोपीलाल वैश्य, ६५ पटक रक्तदान गर्नु हुने बाँकेका उत्कृष्ट महिला रक्तदाता समाजसेवी सरिता ज्ञवाली तथा अन्जली माता रसोइ मार्फत भेरी अस्पताल हाताभित्र विमारी तथा कुरुवाका लागि रु.४० मा सर्वसुलभ भोजनको कोभिड देखि निरन्तर व्यवस्थापन गर्नु हुने समाजसेवी जितेन्द्रकुमार सिंह रहनु भएको छ । सम्मान कार्यक्रमको व्यवस्थापन नेपालगन्ज उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय बाँके तथा कर्मचारी मिलन केन्द्र बाँकेले गरेका थिए ।

कार्यक्रमको संयोजन बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी लालबहादुर गुरुङ्ग तथा कर्मचारी मिलन केन्द्र बाँकेका अध्यक्ष गोविन्दप्रसाद पाण्डेले गरेका थिए । संविधान दिवस तथा राष्ट्रिय दिवस कै अवसरमा शिक्षा विकास तथा समन्वय इकाइ बाँकेको समन्वय तथा कर्मचारी मिलन केन्द्र बाँकेको आयोजना २०८१ असोज २ गते कर्मचारी मिलन केन्द बाँंकेको सभाहलमा संविधानको आवश्यकता र महत्व शिर्षकमा बाँकेका माध्यामिक विद्यालय स्तरीय छात्र र छात्राहरु बीच अलग–अलग बक्तृव्य कला प्रतियोगिता सञ्चालन गरीएको थियो ।

उक्त प्रतियोगितामा बिजयी छात्र छात्राहरुलाई अविर टिका सहितनगद पुरस्कार तथा प्रमाणपत्र कार्यक्रमका प्रमुख अतिथी, विशेष अथितीले प्रदान गर्नु भएको थियो । छात्रा समूहमा प्रथम स्थान हांसिल गर्ने कोसिका खड्का जनता मा.वि. सन्तकुटी खजुरा, दितीय स्थान हासिल गर्ने नविता बिष्ट नेरामावि मनकामनापुर खजुरा तथा तृतीय स्थान हासिल गर्ने निसा गुप्ता, महेन्द्र मा.वि.मटेहिया नरैनापुर रहेका थिए ।

छात्र समूहमा प्रथम स्थान हासिल गर्ने नवराज पुन, लक्ष्मी मा.वि. मुदुई राप्तीसोनारी, दितीय स्थान हासिल गर्ने बसन्त बुढा दिप ज्योती बिद्या निकेतन बैजनाथ तथा तृतीय स्थान हासिल गर्ने ऋषिराम तिवारी, महेन्द्र मा.वि.मटेहिया नरैनापुर रहेका थिए दुबै समूहमा प्रथम पुरस्कार पांच हजार, दोस्रो पुरस्कार तीन हजार तथा तेस्रो पुरस्कार दुइ हजार रहेको थियो । बक्तृव्य कला प्रतियोगिताको पुरस्कारमा बीस हजार तथा अन्य सबै अर्थिक व्यवस्थापन कर्मचारी मिलन केन्द बाँंकेले गरेको थियो ।

संविधानदिवस तथा राष्ट्रिय दिवसको अवसर मै नेपालगन्ज उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय बाँकेको आयोजना तथा खेदकुद विकास समिति बाँकेको प्राविधिक सहयोगमा नेपालगन्ज रंगशालामा यही असोज १ र २ गते भलीवल प्रतियोगिता आयोजना गरिएको थियो ।

उक्त प्रतियोगितामा बिजयी भलिबल टिमका टिम लिडर सगठनका प्रमुख तथा खेलाडीहरुलाई अविर टिका सहित पुरस्कार तथा पत्र कार्यक्रमका प्रमुख अतिथी, विशेष अथिती तथा अध्यक्षले प्रदान गर्नु भएको थियो । भलिवल प्रतियोगितामा प्रथम स्थानहांसिलगर्ने भलिवल संघ बांके टिम लाई नगद १०,००० पुरस्कार सहित प्रमाण पत्र प्रदन गरीएको थियो । पुरस्कार ग्रहण कार्यक्रममा भलिवल संघ बाँके अध्यक्ष मनीराम बटला तथा टिम क्याप्टेन र सबै खेलाडीको सहभागिता रहेको थियो । नेपाली सेना बाँके टिमले दितीय स्थानहांसिल गरेर नगद७५०० पुरस्कार सहित प्रमाण पत्रप्राप्त गरेको थियो ।

पुरस्कार ग्रहण कार्यक्रममा नेपाली सेना बज्रदल गण राजाका गणपती रविन श्रेष्ठ, टिम क्याप्टेन तथा नेपाली सेनाका सबै खेलाडीहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा तृतीय स्थान नेपाल प्रहरी बाँके टिमले प्राप्त गरी नगद ५००० पुरस्कार सहित प्रमाण पत्र प्राप्त गरेको थियो । पुरस्कार ग्रहण कार्यक्रममा बाँकेका प्र्रहरी उपरिक्षक तुलबहादुर कार्की, टिम क्याप्टेन तथा नेपाल प्रहरीका सबै खेलाडीहरु सहभागिता रहेको थियो । प्रतियोगिताको पुरस्कारमा बाइस हजार पाँच सय तथा अन्य सबै अर्थिक व्यवस्थापन नेपालगन्ज उपमहानगरपालिकाले गरेको थियो ।

भलिवल प्रतियोगिताको संयोजन बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले गरेका थिए । मुल समारोहको खाजापानीलगायतको व्यवस्थापन नेपालगन्ज उपमहानगरपालिकाले गरेको थियो भने पञ्चेवाजाको व्यवस्थापन कोहलपुर नगरपालिकाले गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *