
नेपालगन्ज, ६ असोज – साहित्यकारहरुका लागी आख्यान लेखन अन्तरक्रिया कार्यक्रम नेपालगन्जमा सम्पन्न भएको छ ।
कल्पना फाउन्डेसन नेपालद्वारा आयोजना गरिएको आख्यान लेखन अन्तरक्रिया कार्यक्रम कल्पना फाउन्डेसन नेपालकी अध्यक्ष कल्पना पौडेल जिज्ञासुको अध्यक्षता, वरिष्ठ कथाकार सनतकुमार रेग्मीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
कल्पना फाउन्डेसन नेपालका सचिव लेकप्रसाद प्याकुरेद्वारा सञ्चालित कार्यक्रममा बिशिष्ट अतिथि कथाकार तथा भाषा आयोग सदस्य गोपाल अश्क आख्यान लेखन अन्तरक्रिया कार्यक्रममा मुख्य वक्तामा रहनुभएको थियो । उहाँले आख्यान लेखनको बारेमा चर्चा गर्नु भएको थियो ।
यसरी कार्यक्रममा बिशिष्ट अतिथि लुम्बिनी प्राविधिक विश्वविद्यालय सेवा आयोगका सदस्य प्रा.डा.कृष्णप्रसाद घिमिरे, प्राज्ञ सभा सदस्य शशीराम कार्की, खगेन्द्र गिरि कोपिला, पुष्पमणि प्रधान, भरत रानाबाट, दिलाशाह लगायतले अन्तरक्रियामा आ–आफना बिचारका साथै जिज्ञासा राखेका थिए । उक्त कार्यक्रममा साहित्यकारहरुले आख्यान लेखन सम्बन्धि आ–आफना जिज्ञासा राखेका थिए ।
कार्यक्रममा बिशिष्ट अतिथि कथाकार तथा भाषा आयोग सदस्य गोपाल अश्कलाई प्रमुख अतिथि सनतकुमार रेग्मी, कल्पना फाउन्डेसन नेपालकी अध्यक्ष कल्पना पौडेल जिज्ञासुले मायाको चिनो प्रदान गर्नु भएको थियो ।
यसैगरी कार्यक्रममा खजुरा प्रज्ञा प्रतिष्ठानका उपकुलपति इन्द्रबहादुर भण्डारी, प्राज्ञ सभा सदस्य महानन्द ढकाल, भेरी साहित्य समाज केन्द्रिय समितिका सल्लाहकार हरिप्रसाद तिमिल्सिना, शिक्षाविद् तथा साहित्यकार किरण आचार्य, वरिष्ठ साहित्यकार गणेश जिसी, साहित्यकार चरित्रा शाह, चन्दावती अधिकारी, ज्ञनोदय माध्यमिक बिद्यालयका प्रधानाध्यापक तथा फाउण्डेसनका उपाध्यक्ष ऋषिराम सापकोटा, जीतबहादुर शाह, वरिष्ठ कलाकार सुन्दर गुरुङ्ग, नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेकी अध्यक्ष तथा साहित्यकार दिला शाह, पुष्पा सेवेदी, मध्य पश्चिम गजल प्रतिष्ठानका अध्यक्ष बीपी अस्तु, पुष्पमणि प्रधान, साहित्यकार तथा अधिवक्ता भीमबहादुर शाही, भेरी साहित्य समाज केन्द्रिय समितिका अध्यक्ष इन्द्रबहादुर बस्नेत, मीना बराल, सर्वदा साहित्य संगमका अध्यक्ष खगेन्द्र गिरि कोपिला, भरतबहादुर रानाभाट, पुष्करनाथ रिजाल, गणेशा कार्की, बद्री ढकाल, इन्दिरा गौतम, भारत उत्तर प्रदेश बहराइच जिल्ला नानपारा निवासी भारतीय साँस्कृतिक सहयोग÷एवं मैत्री संघ उत्तर प्रदेशका अध्यक्ष शारीक रब्बानी, प्रियंका बैश्य, स्पर्श अधिकारीलगायतको सहभागिता रहेको थियो ।