दोस्रो योगिनीगोल्ड कप :आयोजकयोगिनी ए र सितापुर युनाइटेड विजयी
खजुरा, २६ चैत – सितापुर युनाईटेड दोस्रो योगिनी गोल्ड कप फुटबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ ।
प्रतियोगिता अन्तर्गत बुधबार भएको खेलमा सीतापुर युनाइटेडले मानवी स्पोर्टस क्लबलाई पेनाल्टी सुटआउट ३–१ ले पराजित गरेको छ ।अर्को खेलमा योगिनी युवा क्लब -ए)ले केवाईसी क्लबलाई २–० ले पराजित गर्दै प्रतियोगिताको क्वाटर फाइनलमा प्रवेश गरेको छ ।
बाँके खजुरा गाउँपालिका वडा नम्बर २ स्थित योगिनी माविको खेल मैदानमा भएको पहिलो खेलमा सितापुर युनाइटेड र मानवी स्पोर्टसले निर्धारित समयमा १–१ गोलको बराबरी खेलेका थिए ।
सितापुरको लागि संगम सारु मगरले खेलको आठौं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर मानवीका सुदिप सुनारले २७औं मिनेटमा गोल गरेपछि खेल बराबरीमा पुगेको थियो । खेलमा सितापुर युनाइटेडका गोलकिपर विवेक थारुले प्लेयर अफ द म्याचको ट्रफी जित्नु भयो । उहाँलाई लुम्बिनी प्रदेश खेलकु...









