उच्च अदालत बार एशोसिएसनको सहसचिवमा केसी चयन
नेपालगन्ज, ९ जेष्ठ - नेपालगन्ज उच्च अदालत बार एशोसिएसनको सहसचिवमा अधिवक्ता अमृता के सीलाई मनोनयन गरिएको छ । नेपालगन्ज उच्च अदालत बार एशोसिएसनको आज आईतबार बसेको बैठकले अधिवक्ता केसीलाई सहसचिवमा मनोनयन गरेको हो ।
कार्यसमितिमा केसी एक मात्र महिला सदस्य हुन् । विधान अनुरुप कार्यसमिति सदस्य केसीको संयोजकत्वमा ५ सदस्सीय महिला शाखा गठन गरी उनलाई सहसचिवमा मनोनयन गरिएको नेपालगन्ज उच्च अदालत बार एशोसिएसनका अध्यक्ष शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार नेपाल बार एशोसियसनको विधानको दफा २५ को उपदफा (२) को (ग) र दफा २७ मा भएको व्यवस्था बमोजिम कार्यसमितिको दोस्रो बैठकबाटै उनलाई सहसचिवको जिम्मेवारी दिएको हो । केसीको संयोजकमा गठन गरीएको महिला शाखामा सदस्यहरु सुनिता शर्मा,कुशुमा सुवेदी,देवीमाया खत्री र शान्ता पोख्रेल रहेका छन् ।
यसैबिच नेपालगन्ज उच्च अदालत बार एशोसिएसनले कोरोना संक्रमत...









