Sunday, July 5सत्यम खबर
Shadow

नेपाल रेडक्रसका केन्द्रिय कोषाध्यक्ष कर्माचार्यद्वारा बाँके शाखामा भेटघाट

नेपालगन्ज, २१ असार – नेपाल रेडक्रस सोसाइटीका केन्द्रिय समितिको कोषाध्यक्ष तथा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रिय अध्यक्ष प्रेमसागर कर्माचार्यद्वारा नेपाल रेडक्रस सोसाइटी बाके शाखाका पदाधिकारी र कर्मचारीहरुसंग भेटघाट गरिएको छ ।

गत जेठ २६ गते मङ्गलबार बसेको मन्त्रि परिषद्को बैठकको निर्णयले नेपाल रेडक्रस सोसाइटीका केन्द्रिय समितिको तदर्थ समितिको कोषाध्यक्ष पदमा प्रेमसागर कर्माचार्य मनोनित हुनु भएको थियो । मनोनित भएको पहिलो पटक प्रेमसागर कर्माचार्य नेपालगन्ज आएर भेंटघाट गर्नु भएको छ ।

सोही अवसरमा नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय कोषाध्यक्ष प्रेमसागर कर्माचार्यले नेरेसो बाँके शाखा र नेपाल रेडक्रस सोसाइटी बाके शाखाद्वारा सञ्चालित प्रादेशिक रक्त सञ्चार केन्द्रको निरिक्षण गरी, कर्मचारी भेंटघाट गर्नुभएको थियो । अवलोकनका क्रममा बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झना र रक्तसंचार सेवा समितिका संयोजक राजकुमार वर्मा र कर्मचारीहरुसंग भेटघाट र समय सन्र्दिभक विषयमा छलफल गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *