शिक्षकहरुका लागि योगा प्रशिक्षण प्रशिक्षक तालिम शूरु
नेपालगन्ज, १३ अषाढ - बाँकेका विभिन्न विद्यालयमा स्वास्थ्य विषय पढाउने शिक्षक शिक्षीकाहरुलाई समेटेर बाँके आयुर्वेद स्वास्थ्य केन्द्रद्धारा ३ दिने प्रशिक्षक प्रशिक्षण तालिम आईतवारदेखि शुरु भएको छ ।
स्वास्थ्य जीवन तथा योग र ध्यान सम्बन्धमा विद्यालय स्तरका शिक्षकहरुको निम्ति आयोजना गरीएको तालिमको उद्घाटन शत्रमा बोल्दै बाँके आयुर्वेद स्वास्थ्य केन्द्र विकास समितिका अध्यक्ष एवं प्रमुख अथिति जनकराम भण्डारीले हाम्रो शिक्षा आमाको काखबाट शुरु भइ शिक्षकको काखमा आएर समापन हुने हुँदा शिक्षकले मानिसको जीवनमा उपयोगी कुराहरु सिकाउन जरुरी रहेको भन्दै एउटा शिक्षकले गलत कुरा सिकाउदा एउटा मानिसले जीवनभर दुःख पाउने हुन्छ त्यसकारण शिक्षकले योगाका साथै सबै कुरा सहि सिकाउनुुु पर्ने बताउनु भयो ।
उहाँले विद्यालयका शिक्षकले कितावी ज्ञानमात्र नभएर शरीरिक व्यायम, आहारविहार लगायतका विषयमा पनि शिक्षा दिन जरुरी रहे...









