
बैजनाथ, १३ अषाढ – बाँके जिल्लाको बैजनाथ गाउँपालिका वडा न ६ निवासी स्थानीय गिता सुनारको घरमा युवा संघ नेपाल बैजनाथ गाउँपालिका अध्यक्ष प्रेम बिष्टको नेतृत्वमा आईतबार सहयोग हस्तान्तरण गरिएको छ ।
सहयोग हस्तान्तरणमा युवा संघ नेपाल बाँके जिल्ला कमिटी सदस्य एवं नेकपा एमाले बाँके जिल्ला सदस्य यज्ञ पुन युवा संघ नेपाल बाँके जिल्ला सदस्य युवा नेता खगेन्द्र तिरुवा सहितको टिमले सुनार परिवारलाई आवश्यक पर्ने दैनिक उपभोग गर्ने खाद्यान्न चामल दाल तरकारी तेल नुन लगायत सामानका साथ २ थान घरको छानो ओत्न त्रिपाल लिएर घरमा पुगेर सहयोग हस्तान्तरण गर्नुभएको छ।
गतबर्ष पनि कोरोना कोभीड १९ बाट मृत्यु भएको मृतकको लास ब्यबस्थापन नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कोरोनाका बिरामी तथा कुरुवाका लागि सहुलियत भान्सा घर सनञ्चालनमा युवा संघ नेपाल सदस्य एवं बैजनाथका युवाहरुद्वारा दैनिक सहयोग गर्दै आएको छ।
बैजनाथ गाउँपालिका भित्रका स्थानीयलाई कोरोना पोजेटिभ देखिएपछि घरमै पुगेर फलफूल बितरण लगायत युवा संघ नेपाल बैजनाथले हौसला प्रदान गर्ने काम गर्दै आएको छ ।
सुनार परिवारको आर्थिक अवस्था एकदम कमजोर परिवार ७ जना श्रीमान नभएपछि सानाे बच्चा र घर परिवारको आर्थिक स्थित अति बिपन्न भएको खबर युवासंगले सूचना प्राप्त गरे लगतै सहयोग गर्न पुगेको जनाईएकाे छ ।
बर्षातको कारण घर भत्किन लागेको र समस्यालाई तत्काल समाधान गर्नका लागि त्रिपाल सहयोग गरि युवाहरूद्वारा स्वस्फूर्त रूपमा आफुहरुले नै छानोमा त्रिपाल लगाइएको र गिता सुनारको घर निर्माणका लागि स्थानीय सरकारलाई दबाब सिर्जना गर्नुका साथै ध्यानाकर्षण गराएको खगेन्द्र सुनारले बताउनु भयो ।
यसरी सानो सहयोग गरेर दु:खि परिवारलाई सहयोग गर्न पाएकोमा आत्मसन्तुष्टी भएको बताए । बिगतदेखि आज र भोलि मात्र नभैइ सदाका लागि जनताको हरेक सुख दु:खमा युवा संघ नेपाल सधैं सबैको साथमा रहने युवा समाजसेवी यज्ञ पुनले बताउनु भयाे ।
यो सहयोग युवा संघ नेपाल बाँके बैजनाथले मात्र नभई सिंङ्गो नेकपा एमालेले गरेको हो । पार्टीबाट जितेर गएका जनप्रतिनिधिहरुको ध्यान पुग्न नसकेको ठाँउमा युवा संघ नेपाल बैजनाथ पुग्ने युवा संघ नेपाल बैजनाथका अध्यक्ष प्रेम बिष्टले जानकारी दिनुभयो ।
