Monday, June 1सत्यम खबर
Shadow

आस्था

नवनियुक्त तीन मन्त्रीको पद तथा गोपनीयताको शपथ

नवनियुक्त तीन मन्त्रीको पद तथा गोपनीयताको शपथ

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, ३० भदौ – नवनियुक्त तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। शीतलनिवासमा सोमबार मध्याह्न विशेष समारोहकाबीच राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई शपथ गराएका हुन्। रामेश्वर खनालले अर्थ मन्त्री, कुलमान घिुसिङले ऊर्जा मन्त्री र ओमप्रकाश अर्यालले गृह र कानुन मन्त्रीको शपथ लिएका हुन्। शपथ ग्रहण समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल लगायत उच्च पदस्थहरूको सहभागीता थियो। पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई पनि शपथ ग्रहण समारोहमा सहभागी थिए।...
रक्तदानको ६६ औं श्रृङ्खलामा १५ महिला सहित ७५ जनाले गरे रक्तदान

रक्तदानको ६६ औं श्रृङ्खलामा १५ महिला सहित ७५ जनाले गरे रक्तदान

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज,२९ भदौ – गोपाल–नीना फाउण्डेशन, नेपाल र जनमत अद्र्धसाप्ताहिकद्वारा नेपालगन्जमा आयोजना गरिएको रक्तदान कार्यक्रममा चिकित्सक, स्वास्थ्यकर्मी, पत्रकार, औषधि व्यवसायी, माई फिटनेश जीम क्लबका प्रशिक्षार्थीहरु तथा नियमित रक्तदाताहरुले रक्तदान गरेका छन् । “रक्तदान जीवनदान” भन्ने नाराका साथ जनमतको ६६ औं श्रृङ्खलामा शनिवार सम्पन्न उक्त कार्यक्रममा १५ जना महिला सहित ७५ जनाले रक्तदान गरेका हुन् । उक्त रक्तदान कार्यक्रमको गोपाल–नीना फाउण्डेशन, नेपालका संस्थापक अध्यक्ष वरिष्ठ पेटरोग विशेषज्ञ डा. गौरव श्रेष्ठ, फाउण्डेसनकी सहनिर्देशक डा.तृप्तीपाल रमण र हेल्थ याद आयो मोवाइल एप कम्पनीका कार्यकारी प्रमुख प्रज्वल चुकेले नेरेसो, प्रादेशिक रक्त सञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मी र प्राविधिक महेश राना क्षेत्रीलाई रगत संकलन गर्ने पाकेट हस्तान्तरण गरी शुभारम्भ गरिएको हो । “रक्तदान जीवनदान”को...
महिला पुरुष गरी ३९ जनाले गरे रक्तदान

महिला पुरुष गरी ३९ जनाले गरे रक्तदान

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २६ भदौ – नेपाल राष्ट्रिय आधारभूत बिद्यालय खजुरा गाउँपालिका वार्ड नं.३ धौलागिरीमा आयोजित रक्तदान कार्यक्रममा महिला पुरुष गरी ३९ जनाले आज बिहीवार रक्तदान गरेका छन् । देशको स्थितिलाई मध्येनजर गरेर आकस्मत रक्तदान हिमालयन युवा क्लब खजुरा गाउँपालिका वार्ड नं.–३ धौलागिरीको आयोजनामा युवाहरुले रक्तदान गरेका गरेका छन् । हिमालयन युवा क्लब खजुराका अध्यक्ष केशव न्यौपानेले प्राविधिकलाई रगत संकलन गर्ने पाकेट हस्तान्तरण गरी कार्यक्रम शुभारम्भ गरेका थिए । आयोजित रक्तदान कार्यक्रममा राजेश गुरुङ्ग, गंगाबहादुर थाया, सजन आलेमगर, सञ्जु सिंह ठकुरी, शान्ति थापा, सन्तोष नेपाली, नबिन थापामगर, समीरनाथ योगी, राजकुमार घर्ती, निलम गुरुङ्ग, कुमार शिरिष, सुन्दर कुवँर, करुण थापामगर, योगेश रावल, ईश्वर काफ्ले, निमा कु. थापामगर, नेत्रबहादुर थापा, राजेश, शशी थापा, राजेश गुरुङ्ग, सन्दिप कुँवर, टेकबहादुर आल...
“बाँकेका नारी स्रष्टा र सिर्जना” का २६ जना नारी स्रष्टालाई नारी रत्न सम्मान

“बाँकेका नारी स्रष्टा र सिर्जना” का २६ जना नारी स्रष्टालाई नारी रत्न सम्मान

आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २६ भदौ – “बाँकेका नारी स्रष्टा र सिर्जना” नयाँ समालोचनात्मक कृतिका नारी स्रष्टाहरुलाई यहाँ एक समारोका वीच “नारी रत्न सम्मान” गरिएको छ । कल्पना फाउन्डेसन नेपालले आयोजना गरेको “बाँकेका नारी स्रष्टा र सिर्जना”को विमोचन, कृति परिचर्चा र पुरस्कार तथा सम्मान कार्यक्रममा बाँकेका २६ जना नारी स्रष्टाहरुलाई “नारी रत्न सम्मान”बाट सम्मान गरिएको हो । समालोचक लेकप्रसाद प्याकुरेलद्वारा लिखित तथा कल्पना फाउन्डेसन नेपालद्वारा बाँकेको साहित्यमा ऐतिहासिक दस्तावेजको रुपमा प्रकाशित “बाँकेका नारी स्रष्टा र सिर्जना” समालोचना कृतिमा बाँके जिल्लामा रहेर साहित्य सिर्जनामा क्रियाशील २६ जना नारी स्रष्टाहरूका ५४ कृतिहरुको संक्षिप्त समालोचनाहरु समावेश गरिएका छन् । बाँके, बर्दिया, कैलाली र सुर्खेतका समेत एक सय बढी साहित्यकारहरुको सहभागिताका वीच सार्वजनिक गरिएको २६ जना नारी स्रष्टाका ५४ वटा कृतिहरूको समालोच...
देशको आँसु पुछ्ने रुमाल कोसंग छ ?

देशको आँसु पुछ्ने रुमाल कोसंग छ ?

आस्था, प्रदेश ५, बिचार, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाज
रमेश कुमार बोहोरा मितिः २०८२ भदौ २६ गते, विहिबार देश नयाँ युगमा प्रवेश गर्ने क्रममा संक्रमणकालको उत्कर्षमा रहेको छ । आन्दोलनकारी जेनजी भावी नेतृत्व चयनको बहसमा केन्द्रित छ, नेपाली सेना जनताको सुरक्षामा खटिएको छ । तर, यो अत्यन्त तरल अवस्थामा सरकारविहीनता लम्बिनु घातक छ । अहिलेको समय भावना, आक्रोश आवेग मात्र नभई लोकतान्त्रिक पद्धतिको समेत ख्याल गर्नुपर्नेछ । आन्दोलनको बलमा जे गरे पनि हुन्छ भन्ने गलत अभ्यासले कालान्तरमा देशलाई नै घाटा हुन्छ । अहिले मुलुक रोइरहेको छ, नेपाल आमाको आँखाबाट बगिरहेको आँसु पुछ्ने सवाल केवल आन्दोलनको म्याण्डेट मात्र होइन, संवैधानिक, कानुनी हुँदै सामाजिक देशको ऐतिहासिक पक्षसंग पनि जोडिएको छ । छोटो समयको आन्दोेलनले जे गर्यो त्यो ऐतिहासिक छ, आन्दोलनका नाममा जेजस्तो प्रहार राष्ट्रको धरोहरहरुमा भयो त्यो पनि ऐतिहासिक नै । अब यिनको पुनःनिर्माण ठूलो प्रश्नको रूपमा खडा भ...
नारी स्रष्टा र सिर्जनाको विमोचन कृति परिचर्चा

नारी स्रष्टा र सिर्जनाको विमोचन कृति परिचर्चा

आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २५ भदौ – कल्पना फाउन्डेसन नेपालले आयोजना गरेको बाँकेका नारी स्रष्टा र सिर्जनाको विमोचन कृति परिचर्चा र पुरस्कार तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । नारी स्रष्टा र सिर्जनाको विमोचन कृति परिचर्चा र पुरस्कार तथा सम्मान कार्यक्रम कृतिशेष मातापिताको स्मृतिमा स्थापित गरिएको मनिकणा टिकाराम स्मृति पुरस्कार २०८१ द्वारा पुरस्कृत तथा सम्मानित हुने ब्यक्तित्व साहित्य तथा शैक्षिक व्यक्तित्व डा. हरिप्रसाद तिमिल्सिना र देउकला टिकानिधि स्मृति पुरस्कार २०८१ द्वारा पुरस्कृत तथा सम्मानित हुने ब्यक्तित्व प्राज्ञ सभा सदस्य महानन्द ढकाल सम्मानित हुनु भएको थियो । यसरी समालोचक लेकप्रसाद प्याकुरेलद्वारा लेखिएको कल्पना फाउन्डेसन नेपालले प्रकाशन गरेको बाँकेका नारी स्रष्टा र सिर्जना समालोचना कृतिमा समेटिनु भएका २६ जना नारी स्रष्टाहरूलाई पनि सम्मान गरिएको थियो । सम्मानित ब्यक्तित्वहरुमा शिक्षाबिद्...
अधिवक्ता रामकुमार दीक्षितले छोडे नेकपा एमाले

अधिवक्ता रामकुमार दीक्षितले छोडे नेकपा एमाले

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, सूचना-प्रबिधि
नेपालगन्ज, २५ भदौ – अधिवक्ता रामकुमार दीक्षितले नेकपा एमालेबाट राजीनामा दिएका छन् । अधिवक्ता दीक्षितले एउटा विज्ञप्ती जारी गर्दै आजकै मितिबाट नेकपा एमालेको कुनै पनि पदमा नबस्ने भन्दै विज्ञप्ती जारी गर्दै राजीनामा दिएका छन् । विज्ञप्तीमा “नेपालको संविधानले ग्यारेन्टी गरेको अभिव्यक्ति स्वतन्त्रता माथि प्रतिबन्ध लगाउने गरी केही दिन अगाडी नेपाल सरकारले सामाजिक संजाललाई बन्द गर्ने गरी गरेको अदुरदर्शी एवं घातक निर्णयले व्याप्त महंगी, बेरोजगारी, भ्रष्टाचार, कुशासनले आजिज युवाहरुको आक्रोशमा घ्युको काम गर्यो र काठमाडौँ लगायत देशभरमा उर्लेको निहत्था युवाहरुको महासागरलाई नियन्त्रणको नाममा भीड नियन्त्रण गर्ने सिद्धान्त विपरित २०८२÷५÷२३ गते टाउको, निधार र छातीमा ताकी ताकी गोली हानी १९ जना सपूतको हत्या र हजारौ युवाहरुलाई घाइते बनाएको प्रति स्तव्ध हुन् स्वाभाविक नै हो । सम्पूर्ण युवा सहिदलाई हार्दिक श...
निःशुल्क आँखा तथा स्वास्थ्य शिविरमा १२ गाउँका ५ सय ४५ जना लाभान्वित

निःशुल्क आँखा तथा स्वास्थ्य शिविरमा १२ गाउँका ५ सय ४५ जना लाभान्वित

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २३ भदौ – जानकी गाउँपालिका वार्र्ड नं.६ गनापुर कैराती पुर्वा गाउँमा गरिएको निःशुल्क आँखा तथा स्वास्थ्य शिविरमा ५ सय ४५ सय जना लाभान्वित भएका छन् । स्थानीय कैराती पुर्वा गाउँ स्थित श्री हनुमान नेपाल राष्ट्रिय प्राथमिक बिद्यालयमा ग्रामीण आर्थिक सामाजिक उत्थान केन्द्रको आयोजनामा सम्पन्न उक्त शिविरमा गाउँलेहरु लाभान्वित भएका हुन् । उक्त शिविरबाट विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक र सर्वसाधारण गाउँलेहरू निःशुल्क स्वास्थ्य परीक्षण, औषधी र स्वास्थ्य परामर्श सेवाबाट लाभान्वित भए । उक्त शिविरमा जनरल स्वास्थ्य तर्फ ३ सय ५४ जनाले स्वास्थ्य परिक्षण गराएको मध्ये महिला २२८ जना र पुरुष १२६ थिए भने आँखा तर्फ १ सय ९१ जनाले आँखा परिक्षण गराएको मध्ये महिला ११६ जना र ७५ जना पुरुषले औषधि समेत निःशुल्क प्राप्त गरेका थिए । ग्रामीण आर्थिक सामाजिक उत्थान केन्द्रकी अध्यक्ष लता शर्माले दिन...
डुडुवाका नागरिकलाई त्रिपाल वितरण

डुडुवाका नागरिकलाई त्रिपाल वितरण

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
डुडुवा, २३ भदौ – डुडुवा गाउँपालिकाले गरिब तथा विपन्न परिवारलाई प्लाष्टिक त्रिपाल वितरण गरेको छ । फुस तथा कच्ची घरमा भएका परिवारलाई बर्षाको समयमा ओत लाग्नका लागि पालिकाले प्लाष्टिक त्रिपाल र डोरी वितरण गरेको पालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । उहाँका अनुसार डुडुवा बाढी प्रभावित क्षेत्र भएको र यहाँका अधिकाँस नागरिक गरिबीमा परि सबैले पक्की घर निर्माण गर्न नसकेका परिवारलाई वर्षाको समयमा घरमा बस्न सहजताका लागि त्रिपाल वितरण गरिएको हो । पालिकाको वडा नं.१ देखि ६ सम्म करिब तीन हजार घरधुरीलाई त्रिपाल र डोरी वितरण गरिएको पालिकाका प्रमुख प्रशासकिय अधिकृत अशोककुमार पाण्डेयले जानकारी दिनुभयो । पालिकाले बाढी तथा डुबान पिडितहरुको लागि विभिन्न स्थानमा आश्रय स्थल निर्माण गरेको छ । पालिकाले स्वास्थ्य, कृषि, तथा पशु सेवालाई घरघरमा पुगेर नियमित रुपमा नागरिकलाई प्रभावकारी सेवा ...
सोह्र श्राद्ध : पूर्वजप्रतिको श्रद्धा र संस्कृतिको निरन्तरता

सोह्र श्राद्ध : पूर्वजप्रतिको श्रद्धा र संस्कृतिको निरन्तरता

आस्था, धार्मिक, प्रदेश ५, बिचार, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, समाज
रमेश कुमार बोहोरा मितिः २०८२ भदौ २३ गते, सोमबार सोह्र श्राद्ध वा पितृ पक्ष हिन्दू धर्म संस्कृतिमा एक अत्यन्तै महत्वपूर्ण संस्कार हो । यसलाई केवल धार्मिक परम्परा मात्र नभई आस्था, श्रद्धा र कर्तव्यबोधसँग जोडिएको जीवनशैलीका रूपमा पनि बुझिन्छ । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि सुरु भएको छ । यो संस्कारमा दिवंगत पितृहरूको सम्झनामा श्राद्ध, तर्पण, दान र पिण्डदान जस्ता धार्मिक कर्महरू गरिन्छन् । यसै अवधिलाई पितृ पक्ष भनिन्छ । जसलाई ‘महालय’ वा ‘सोह्र श्राद्ध’ नामले पनि चिनिन्छ । हिन्दू मान्यताअनुसार पितृ पक्षमा गरिएका श्रद्धा र कर्महरूले दिवंगत आत्मालाई शान्ति, तृप्ति र मोक्ष प्राप्त हुन्छ भन्ने विश्वास छ । परिवार र वंशजले पुण्य कमाउने, घरमा सुख समृद्धि आउने र जीवनमा शान्ति कायम हुने धार्मिक धारणा पाइन्छ । शास्त्रीय व्याख्याअनुसार श्राद्ध...