जनचासोका सवालमा नागरिक जागरुक हुन जरुरी
नेपालगन्ज, २० माघ – समुदायको समुन्नतिका लागि नागरिक समाज संगठित भएर अगाडि बढ्नुपर्नेमा आज नेपालगन्जमा आयोजित एक कार्यक्रममा जोड दिइएको छ । सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) को आयोजनामा तथा गैरसरकारी संस्था महासंघ (एटिएन) को सहकार्यमा गरिएको समुदायस्तरमा नागरिक समाजको भूमिका विषयक छलफल कार्यक्रममा सहभागीहरूले यस्तो धारणा व्यक्त गरेका हुन् ।
कार्यक्रममा सामुदायिक रेडियो प्रसारक संघ अकोराबका अध्यक्ष अर्जुन गिरीले नागरिकले हरेक सवालमा प्रश्न गर्न सक्नु नै नागरिकको जवाफदेहिता भएको बताउनुभयो । उहाँले भन्नुभयो, “समुदायको आवाज सम्बन्धित ठाउँमा पुग्यो कि पुगेन, नागरिक समाजले भूमिका निभाउन सक्यो कि सकेन भन्ने विषय मिडियाले पनि उठान गर्न आवश्यक छ, जसले नागरिक समाजलाई अझ सबल बनाउन मद्दत पु¥याउँछ ।”
नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य झलक गैरेले देशमा भएका राजनीतिक आन्दोलन वा परि...









