Tuesday, February 3सत्यम खबर
Shadow

९ जना महिलासहित ७७ जनाले गरे रक्तदान

नेपालगन्ज, १९ माघ – रक्तदाता दिवस २०८२ को अवसरमा “सेवा नै धर्म हो”, “तपाईले गरेको रक्तदान, कसैका लागी जीवनदान” नाराका साथ नेपाल रेडक्रस सोसाइटी उपशाखा बाँसगढी, नेपाल स्वयंसेवी रक्तदाता समाज नगर समिति, युवा सञ्जाल बाँसगढी लगायत १६ वटा बिभिन्न संघसंस्थाहरुको संयुक्त आयोजनामा आयोजित रक्तदान कार्यक्रममा ९ महिला सहित ७७ जनाले रक्तदान गरेका छन् ।

“प्रत्येक स्वस्थ युवा युवतीहरुले आफ्ना १८ वर्षको जन्मोत्सवमा रक्तदान गरौं ” बाँसगढी नगरपालिकाकाको संरक्षकत्वमा, बाँसगढी बजार प्रहरी बिट नजीक आयोजित रक्तदान कार्यक्रममा बाँसगढी नगरपालिकाका नगर प्रमुख खडक बहादुर खडका, नेपाल रेडक्रस सोसाइटी उपशाखा बाँसगढी नगर समितिका सभापति कमल बहादुर खत्री,सचिव दिनेश थापा, युवा सञ्जाल बाँसगढीका अध्यक्ष एक नारायण अधिकारी, नेपाल स्वयंसेवी रक्तदाता समाज बाँसगढी नगर अध्यक्ष विनोद परियार, बाँसगढी नगर अस्पतालका स्वास्थ्य अधिकृत हरिहर प्रसाद तिवारीले संयुक्त रुपमा रगत संकलन गर्ने पाकेट प्रादेशिक रक्त संचार सेवाका प्राविधिक राजेन्द्र महतरालाई हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरेका थिए ।

आयोजित रक्तदान कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज बाँसगढी नगर समिति अध्यक्ष बिनोद परियार (सन्देश), युवा सञ्जाल बाँसगढीका अध्यक्ष एक नारायण अधिकारी, झबिन्द्र कुमार खत्री, धु्रव बहादुर थापा, नबिन घर्तीमगर, गीता बुढा क्षेत्री, नेपाल रेडक्रस सोसाइटी उपशाखा बाँसगढीका सदस्य अजय प्रसाद तिवारी, सचिव दिनेश थापा, अस्मिता कुशमा, युगपति पौडेल, बिवस परियार, कौशिला कठायत, कमला घर्ती, दिलराज कुमाल, बिवेक ओली, हिरालाल चन्द, रोशन सुनार, शंकर थारु, गंगा बिक, राहुल थारु, योगेश बिश्वकर्मा, हरिकृष्ण सुवेदी, यदुनाथ ढकाल, हेमन्त केसी, दिनेशकुमार चौधरी, टेक नारायण चौधरी, सुशीलकुमार थापा, महेश शाह, रामबहादुर सुनार, प्रकाश बस्नेत, युवराज पौडेल, बिष्णु प्रसाद ढकाल, मिनबहादुर थापा, सुमित्रा भट्टराई, जितराम चौधरी, कृष्ण हमाल, हुमकुमार चौधरी, उस्मान अन्सारी, साजिव थारु, रामबली थारु, बिशवकुमार चौधरी, गोबिन्दप्रसाद न्यौपाने, सागर न्यौपाने, कृष्णप्रसाद अर्याल, नारायणप्रसाद पौडेल, गाण्ेश ओली, ईश्वरबहादुर नेपाली, लक्ष्मीप्रसाद चौधरी, लोकेन्द्र बस्नेत, सुमित्रा बस्नेत, नवराज ज्ञवाली, दिलबहादुर डाँगी, हिरा गोडिया, धिरेन्द्र आचार्य, रबिन्द्र जंग शाह, बिरेन्द्र शाही, सन्तोष जंग शाह, अर्जुन शाही, ईश्वरी अधिकारी, कृष्णराज ढकाल, प्रदीप रावत, बालकृष्ण चौधरी, पूर्णबहादुर तामाङ्ग, शिवकुमार चौधरी, नरबहादुर डाँगी, जय कुमार ठाकुर, पूजा थापामगर, अइबान बुढा, मनिष हमाल, हरि पौडेल, रामजी देवकोटा, सन्दिप थारु, खुमानन्द पोखरेल, पबित्रा बुढा र निशा बुढा लगायत ७७ जनाले रक्तदान गरेका थिए ।

कार्यक्रमलाई सफल बनाउनका लागी नेपाल रेडक्रस सोसाइटी बाँसगढी उपशाखा, नेपाल स्वयंसेवी रक्तदाता समाज बाँसगढी नगर समिति, यसवा सञ्जाल बाँसगढी, बाँसगढी उद्योग बाणिज्य संघ, राधाकृष्ण थारु जनसेवा, बाँसगढी सामुदायिक पुस्तकालय, ब्रम्हकुमारी ईश्वरी बिश्व बिद्यालय, नेपाली सेना जबरजंग गण रम्मापुर, ईलाका प्रहरी कार्यालय मोतीपुर, सशस्त्र प्रहरी बल बेस क्याम्प कतर्निया, महलिा जागरण सा.शि.के. बाँसगढी, महिला सञ्जाल बाँसगढी,, बरघर सञ्जाल बाँसगढी, स्वतन्त्र बिद्यार्थी युनियन बाँसगढी बहुमुखी क्याम्पस, स्वतन्त्र बिद्यार्थी युनियन बर्दिया बहुमुली क्याम्पस, हरियाली युवा क्लब अमेहिया, सुन्दर समाज निर्माण क्लब बाँसगढी–६ दमौली लगायतको सहकार्य रहेको थियो ।

??????????????

प्रादेशिक रक्त सञ्चार सेवा केन्द्र नेपालगञ्जका प्राबिधिक राजेन्द्र महतरा, सन्दिप आचार्य, पुनम रानामगर, महेश दहित, प्रशान्त थारु, ओमप्रकाश गोडिया, बीरेन्द्र योगीले प्राविधिकमा सहयोग गरेका थिए भने अन्यमा नेरेसो उप शाखा बाँसगढीका सदस्य अजय प्रसाद तिवारी, सचिव दिनेश थापा, हिना जागा, इन्द्र कुमारी चौधरी, जानुका सापकोटाले सहयोग गरेका थिए । कार्यक्रममा शतक रक्तदाता पवन जायसवाल, विभिन्न संघसंस्थाका प्रतिनिधि र स्वयंसेवी रक्तदाताहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *