खर्बौं डलर खर्चेर नदीमा डाइभर्सन बनाउँदै चीन, ब्रम्हपुत्रको पानी स्थानान्तरण गर्ने
काठमाण्डौ, ५ अषाढ – जलवायु परिवर्तका कारण खडेरी बढ्दै जाँदा चीनले महत्वाकांक्षी नयाँ जल पूर्वाधार परियोजनाहरू अघि बढाउने तयारी गरेको छ। देशभरि बहुमूल्य तरल पदार्थ पानी डाइभर्सन गर्दा जलवायु परिवर्तनको प्रभावलाई कम गर्ने बुझाइ चीनको छ।यो योजनाको विरोध गर्दै विज्ञहरूले थप नदी डाइभर्सन महँगो हुने चेतावनी दिएका छन्। गत मे को अन्त्यमा चिनियाँ अधिकारीहरूले नयाँ नहर, जलाशय र भण्डारण सुविधाका लागि राष्ट्रिय जल नेटवर्क निर्माण गर्ने योजना सार्वजनिक गरेका छन्।
उनीहरूले यो योजना चीनमा बढ्दो सुक्खालाई कम गर्न सिँचाइलाई बढावा दिने, बाढी र खडेरीको जोखिम घटाउनमा लक्षित हुने बताएका छन्। चीनका जलस्रोतमन्त्री ली गुओइङले यो योजनाले सन् २०३५ सम्ममा नदी प्रणालीका मुख्य जलाधारहरू खुला गरेर पानी आपूर्ति वितरणमा राज्यको क्षमता बढाउने बताएका छन्।
‘चीन सरकारको यो दृष्टिकोण महँगो र वातावरणीयरूपमा विघटनकारी मात...









