Sunday, June 28सत्यम खबर
Shadow

आर्थिक

भारतबाट बिजुली ल्याउने सम्झौता तीन महिनाका लागि मात्रै नवीकरण

भारतबाट बिजुली ल्याउने सम्झौता तीन महिनाका लागि मात्रै नवीकरण

आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १५ चैत – भारतबाट नेपालमा बिजुली आयात गर्ने सम्झौता नवीकरण भएको छ। नेपाल विद्युत प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले तीन महिनाका लागि मात्रै सम्झौता नवीकरण भएको बताए। सम्झौता नवीकरण भएको मितिले असार दोस्रो सातासम्म नेपालले भारतबाट बिजुली आयात गर्न सक्छ। एक वर्षका लागि सम्झौता हुनुपर्नेमा यो पटक तीन महिनाका लागि मात्रै भएको हो। भारतले किन तीन महिनाका लागि मात्रै सम्झौता गरेको हो भन्ने विषयमा प्राधिकरणले कारण खुलाएको छैन। 'जे हुन्छ राम्रैका लागि हुन्छ। तीन महिनाका लागि सम्झौता नवीकरण हुनु पनि राम्रो विषय हो। तीन महिनापछि नेपालको उत्पादन बढ्न सक्छ। त्यहाँबाट ल्याउनु पर्ने बिजुलीको परिमाण कम हुन सक्छ,' प्रवक्ता घोषले भने। यसअघि भारतबाट बिजुली आयात गर्ने अनुमति नवीकरण नहुँदा नेपालले फेरि लोडसेडिङको जोखिम खेप्नुपर्ने हो कि भन्ने प्रश्न उठिरहेको थियो। नेपालले भारतको...
सीमामा करोडौंको चरेससहित महिला पक्राउ

सीमामा करोडौंको चरेससहित महिला पक्राउ

अपराध, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १५ चैत – नेपाल–भारत सीमाबाट करौडौं मूल्य बराबर चरेससहित एक जना नेपाली महिला पक्राउ परेकी छन् ।पक्राउ परेकी महिला रुकुम जिल्लाकी सयपुरा बुढा हुन् । उनलाई उत्तर प्रदेशको बहराइच जिल्लाको रुपैडिहामा नेपाल–भारत सीमामा तैनाथ ४२ वाहिनीका जवानले करोडौंको चरेससहित पक्राउ गरेका हुन् । सीमा नाकाबाट पक्राउ परेकी महिला तस्करले विशेष कपडाले बनेको झोलामा ७ किलो ४०० ग्राम नेपाली चरेस लुकाएर सीमा पार गरिरहेकी थिइन् । तर महिलालाई सायद थाहा थिएन कि भारतीय सैनिकहरू सीमामा तैनाथ छन् । ती महिला सैनिकको चेकिङ पोइन्टमा पुगेपछि त्यहाँ तैनाथ एसएसबीका महिला सिपाही रोशनी बेन, प्रीति कौर, निशा यादव, अर्चना कुमारीलाई शंका लागेको थियो । त्यहाँ उपस्थित अन्य एसएसबी जवानहरू कुकुर लिएर त्यहाँ पुगे । महिलाको चेकजाँच गर्दा उनको शरीरबाट लुगामा लुकाएर राखिएको करोडौं मूल्यको चरस बरामद भएको थियो । चरससहित...
अरुणाचल प्रदेश सुरुङबारे ‘बेतुका’ र ‘निराधार’ टिप्पणी गरेको भन्दै भारतद्वारा चीनको चर्को आलोचना

अरुणाचल प्रदेश सुरुङबारे ‘बेतुका’ र ‘निराधार’ टिप्पणी गरेको भन्दै भारतद्वारा चीनको चर्को आलोचना

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १५ चैत – भारतीय विदेश मन्त्रालयले अरुणाचल प्रदेशका सम्बन्धमा चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ताले गरेको टिप्पणी 'बेतुका' र 'आधारहीन' भएको भन्दै आलोचना गरेको छ। भारतीय विदेश मन्त्रालयले भारतको उत्तरपूर्वी राज्य, जसले चीनसँग सिमाना साझा गर्दछ, सधैं 'भारतको अभिन्न र अविभाज्य भाग' रहेकोमा स्पष्ट पारेको छ। चीनले अरुणाचल प्रदेश दक्षिणी तिब्बतको हिस्सा भएको आरोप लगाएको छ। यद्यपि, नयाँ दिल्लीले अरुणाचल प्रदेश सधैं भारतको हिस्सा रहेको भन्दै त्यस्ता निराधार दावीहरूलाई कडाइका साथ अस्वीकार गर्दै आएको छ। एक आधिकारिक विज्ञप्तिमा भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले भने, 'हामीले चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ताले भारतीय राज्य अरुणाचल प्रदेशको भूभागमा बेतुका दावीहरू अगाडि बढाएको टिप्पणीलाई ध्यान दिएका छौं।' 'यस सम्बन्धमा निराधार तर्कहरू दोहोर्याउँदा त्यस्ता दाबीहरू...
भारतसँगका हरेक सम्झौता संसद पुग्ने, एमसिसी संसदले पास गर्नुपर्ने अनि चीनसँगको बिआरआई सम्झौता सात वर्षसम्म किन लुकाइयो ?

भारतसँगका हरेक सम्झौता संसद पुग्ने, एमसिसी संसदले पास गर्नुपर्ने अनि चीनसँगको बिआरआई सम्झौता सात वर्षसम्म किन लुकाइयो ?

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १५ चैत – नेपालले चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) सम्झौतामा हस्ताक्षर गरेको सात वर्ष पुगिसकेको छ। अहिले फेरि उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको चीन भ्रमणमा यो विषय उठेको छ। तर, सात वर्ष अघि सम्झौता भएको बिआरआईमा के छ ? सार्वजनिक गरिएको छैन। सम्झौताताका केही बुँदा सार्वजनिक गरिए पनि सम्झौताको पूर्ण पाठ बाहिर ल्याइएन, अझ सम्झौता गर्नुअघि संसदमा लगिएन। गत वर्ष मात्र अमेरिकाको अनुदान कार्यक्रम एमसिसीसमेत संसदबाट पारित गरिएको थियो, अझ सम्झौतामा भएका बुँदालाई ब्याख्या गर्नेगरी व्याख्यात्मक टिप्पणी गरियो। भारतसँगका हरेक सम्झौता संसदमा पुग्ने गरेका छन्। हालै मात्र भारतले उच्च प्रभावयुक्त सामुदायिक विकास आयोजनाको अनुदान वृद्धि र कार्यक्षेत्र विस्तार गर्दा नेपालमा निकै आलोचना भयो, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमै जवाफ दिन ...
चीनले विस्तार गरिरहेको चक्रपथबाट काठमाडौं महानगरको बोर्ड चोरी, प्रहरीमा उजुरी

चीनले विस्तार गरिरहेको चक्रपथबाट काठमाडौं महानगरको बोर्ड चोरी, प्रहरीमा उजुरी

अपराध, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १५ चैत – चीनको अनुदानमा अघि बढ्ने भनिएको चक्रपथको दोस्रो खण्डको काम अझै अघि बढेको छैन। सन् २०१५ मा सक्नुपर्ने काम २०२४ लाग्दा समेत सुरु नै नभएपछि तीव्र आलोचना भइरहेको छ। यसबारे काठमाडौं महानगरपालिकाले सरकारको ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएपछि काठमाडौं महानगरले बोर्ड राखेको थियो। तर, बोर्ड भने चोरी भएको छ। ‘त्यत्रो आवाज नसुन्ने र त्यत्रो दुख नदेख्ने निर्माणकर्ताहरूले ती १० फिट लामो र ५ फिट चौडा भएका बोर्ड चै देखेछन्,’ काठमाडौं महानगरका मेयर बालेन शाहले फेसबुकमा लेखेका छन्, ‘समय सकिएको ९ वर्षपछि पनि काम नसक्ने संस्थाले ‘कथित अल्टिमेटमको समय’ सकिने बित्तिकै बोर्ड निकालेर फ्यालेछन् । अनि आफ्नो देशमा १ दिनमा अस्पताल बनाउनेले कुटनैतिक नोट लेखेछ्न् ।’ महानगरले बोर्ड चोरी भन्दै कारबाहीको मागसहित जिल्ला प्रहरी परिसर काठमाडौंमा उजुरी नै दिएको छ। चक्रपथ विस्तारको दोस्रो ख...
पूर्वसचिव लेख्छन्- लुम्बिनीमा १० अर्बमा बन्यो अन्तर्राष्ट्रिय विमानस्थल, चिनियॅा ऋणले बनेको पोखरामा २२ अर्ब खर्च कसरी?

पूर्वसचिव लेख्छन्- लुम्बिनीमा १० अर्बमा बन्यो अन्तर्राष्ट्रिय विमानस्थल, चिनियॅा ऋणले बनेको पोखरामा २२ अर्ब खर्च कसरी?

अपराध, आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १५ चैत – नेपाल सरकारका पूर्वसचिव अर्जुन कार्कीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सेतो हात्ती बनिरहेको बताएका छन्। बाह्रखरी अनलाइनमा लामो लेख लेख्दै कार्कीले भनेका छन्, ‘लुम्बिनीमा १० अर्बमा अन्तर्राष्ट्रिय एयरपोर्ट बनेको छ । लुम्म्बिनीको भन्दा सानो पोखरामा बनेको अन्तर्राष्ट्रिय एयरपोर्टमा २२ अर्ब खर्च भएको छ । पोखरा एयरपोर्टको लागत कृत्रिम रूपले दुई गुणाभन्दा बढी बनाइएको देखिन्छ।’ यो विमानस्थल चीनको ऋणमा बनेको हो। पोखरा वरिपरिको भूगोल र एयरपोर्टको फिजिकल फिचर (भौतिक सुविधा)ले न्यारोबडी एयरक्राफ्टलाई मात्र सेवा पुर्‍याउन सक्ने उल्लेख गर्दै उनले त्यो न्यारोबडी एयरक्राफ्टले पनि पूरा लोड लिएर टेकअफ ल्यान्डिङ गर्न नसक्ने देखिएको बताएका छन् । ‘एकातिर पोखरा वरिपरिको भूगोल र एयरपोर्टको फिजिकल फिचर (भौतिक सुविधा)ले अन्तर्राष्ट्रिय एयरलाइन्सहरू पोखरामा उडान गर्न इच्छुक हुने द...
वाटरपार्कमा जारी सातौं प्रादेशिक महोत्सव सम्पन्न

वाटरपार्कमा जारी सातौं प्रादेशिक महोत्सव सम्पन्न

आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज १५ चैत – नेपालगन्जको वाटरपार्कमा जारी सातौं प्रादेशिक औद्योगिक लघु, घरेलु तथा कृषि, व्यापार एवम् पर्यटन महोत्सव सम्पन्न भएको छ ।यही चैत्र ६ गतेदेखि १८ गतेसम्म सञ्चालन हुने भनिएको महोत्सव आठौं दिन बुधबार समापन गरिएकोछ । आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला कार्यसमिति (महिला उद्यमी समिति) बाँकेको बसेको आपतकालिन बैठकले यस्तो निर्णय गर्दै महोत्सव समापन गरेको जनाएकोछ ।दिनहुँ स्थानीय तथा राष्ट्रिय चर्चित कलाकारको प्रस्तुती भइरहेको महोत्सवमा दर्शकको उल्लेख्य सहभागिता हुन नसक्दा आयोजकलाई दिनहुँ ३ लाखको आर्थिक क्षति व्यहोर्नु परेको थियो । आयोजक महासंघकी अध्यक्ष मधुकुमारी खड्काका अनुसार एसईइ लगायत विद्यालयको वार्षिक परीक्षाको समय हुनु, महोत्सव स्थल नजिक भएपनि सबैलाई पाएक नपरेको, बढ्दै गएको गर्मी र मौसमको चुनौती तथा दर्शकको उल्लेख्य सहभागिता हुन नसक्नु लगायतका विविध कारण द...
सिद्धार्थ ग्रुपको चन्द्रौटास्थित रिसोर्टलाई पर्यटन विभागद्वारा ‘चार तारे होटल’को मान्यता

सिद्धार्थ ग्रुपको चन्द्रौटास्थित रिसोर्टलाई पर्यटन विभागद्वारा ‘चार तारे होटल’को मान्यता

आर्थिक, आस्था, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
कपिलवस्तु, १३ चैत – सिद्धार्थ हस्पिटालिटीको व्यवस्थापनमा कपिलवस्तुको चन्द्रौटामा अवस्थित ‘सिद्धार्थ लुम्बिनी ग्रिन रिसोर्ट’ले ४ तारे होटल स्तरको मान्यता पाएको छ ।पर्यटन विभागले होटलको स्थलगत अनुगमन तथा निरीक्षण गरी स्तरउन्नति गरेको हो ।‘लुम्बिनी प्रदेशमा सञ्चालित उक्त रिसोर्टलाई पर्यटन ऐन अनुसार चार तारा स्तरको होटलमा स्तर वर्गीकरण गरी यो इजाजतपत्र दिइएको छ’ पर्यटन विभागले भनेको छ । २५ विघा क्षेत्रफलमा विस्तारित रिसोर्टमा २० डिलक्स, ६२ वटा सुपर डिलक्स, २ वटा स्विट रुम गरी ८४ वटा रुम रहेका छन् रहेका छन् ।साथै साना ठूला गरी पाँच वटा कन्फ्रेरेन्स हल रहेको यस रिसोर्टमा रहेको पोखरीमा मोटरबोट सयर गर्न पाइन्छ । सोही पोखरीमा होटलको ‘फिस फार्म’ समेत रहेको छ ।त्यस क्षेत्रमा उच्च संख्यामा भारतीय पर्यटक भित्र्याउन सफल रिसोर्टले ४ तारा स्तरको मान्यता पाएसँगै सो ब्यापारमा अझ राम्रो गर्ने आशा गरिए...
पूर्णकलाले दर्शक छमछमी नचाईन, १३ गतेदेखि महोत्सव निरन्तर चल्ने

पूर्णकलाले दर्शक छमछमी नचाईन, १३ गतेदेखि महोत्सव निरन्तर चल्ने

आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, श्रम/रोजगार, समाचार
नेपालगन्ज ११ चैत - नेपालगन्जको वाटरपार्कमा जारी सातौं प्रादेशिक महोत्सवको छैठौं दिन आईतबार गायिका पूर्णकला विसीले दर्शकलाई छमछमी नचाईन ।गायिका पूर्णकलाले ‘दिल मेरो चोरी लग्यो पुलिस वालाले, बुटवल बजार तुल्सीपुर हुँदै जाउँला सल्यान’ लगायतका चर्चित गितहरु गाएर दर्शकलाई छमछमी नचाईन् ।उनले आफ्नो सांगेतिक प्रस्तुती राख्दै गर्दा दर्शकदीर्घामा रहेका दर्शकहरुले हुटिङ्ग गर्दै गितसंगै ताल मिलाएर छमछमि नाचे ।यस्तै मोडल निशु श्रीपालीले विभिन्न गितमा आफ्नो दमदार प्रस्तुती राख्दा दर्शकहरु प्रफुल्ल बने । महोत्सवमा दिनहुँ आयोजना हुने सांगेतिक कार्यक्रममा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती हुने गरेकोछ । सांगितिक कार्यक्रमले दर्शकको सहभागिता समेत बढाउँदै लगेकोछ । अन्य दिन भन्दा आईतबार पनि दर्शहरुको उल्लेख्य सहभागिता रह्यो ।दिनहुँ स्थानीय तथा राष्ट्रिय चर्चित कलाकारको प्रस्तुती हेर्न आउने दर...
नेपालगन्जको वाटर पार्कमा मोटरबोट सन्चालनमा, कति लाग्छ शुल्क ?

नेपालगन्जको वाटर पार्कमा मोटरबोट सन्चालनमा, कति लाग्छ शुल्क ?

आर्थिक, आस्था, प्रदेश ५, श्रम/रोजगार, समाचार
नेपालगन्ज, ११ चैत – मोटरबोट सेवा प्रदायक कम्पनी बोटेबोराले नेपालगञ्ज स्थित वाटरपार्कमा सेवा विस्तार गरेको छ ।१ करोड ८ लाख रुपैयाँ लागतमा तयार गरेर परिक्षणकालिन व्यावसायिक सेवा सुरु गरेको कम्पनीले आउँदो बैशाखमा भब्य उद्घाटन गर्ने तयारी गरेको संचालक बि.बि. (बिष्णु) ढकालले बताए ।खासै प्रयोगमा अनाएको नेपालगन्जको वाटरपार्क नामक पोखरीलाई मोटरबोट चलाउन योग्य बनाउन करिब दुई महिना समय लागेको ढकालले जानकारी दिए । वाटरपार्कमा पानीको सतह कायम राख्न कम्पनीले नै बोरीङ गरेर प्रयोग गरेको छ ।कम्पनीले वाटरपार्कमा मोटरबोट सञ्चालन गरे वापत नेपालगन्ज महानगरपालिकालाई वार्षिक २५ लाख रुपैयाँ बुझाउने सम्झौता भएको ढकालले जानकारी दिए । कति लाग्छ शुल्क ?पर्यटकले मोटरबोट चड्न २ सय पचास रुपैयाँ तिर्नुपर्छ । बाह्रसय बर्गमिटरको तालमा पर्यटकले मोटरबोटमा घुम्दै ४ किलोमिटर दुरी सयर गर्न सक्ने छन् ।के छ आगामी योजना ?न...