Friday, February 7सत्यम खबर
Shadow

नेपालगन्जको वाटर पार्कमा मोटरबोट सन्चालनमा, कति लाग्छ शुल्क ?

नेपालगन्ज, ११ चैत – मोटरबोट सेवा प्रदायक कम्पनी बोटेबोराले नेपालगञ्ज स्थित वाटरपार्कमा सेवा विस्तार गरेको छ ।
१ करोड ८ लाख रुपैयाँ लागतमा तयार गरेर परिक्षणकालिन व्यावसायिक सेवा सुरु गरेको कम्पनीले आउँदो बैशाखमा भब्य उद्घाटन गर्ने तयारी गरेको संचालक बि.बि. (बिष्णु) ढकालले बताए ।
खासै प्रयोगमा अनाएको नेपालगन्जको वाटरपार्क नामक पोखरीलाई मोटरबोट चलाउन योग्य बनाउन करिब दुई महिना समय लागेको ढकालले जानकारी दिए । वाटरपार्कमा पानीको सतह कायम राख्न कम्पनीले नै बोरीङ गरेर प्रयोग गरेको छ ।
कम्पनीले वाटरपार्कमा मोटरबोट सञ्चालन गरे वापत नेपालगन्ज महानगरपालिकालाई वार्षिक २५ लाख रुपैयाँ बुझाउने सम्झौता भएको ढकालले जानकारी दिए ।


कति लाग्छ शुल्क ?
पर्यटकले मोटरबोट चड्न २ सय पचास रुपैयाँ तिर्नुपर्छ । बाह्रसय बर्गमिटरको तालमा पर्यटकले मोटरबोटमा घुम्दै ४ किलोमिटर दुरी सयर गर्न सक्ने छन् ।
के छ आगामी योजना ?
नेपालगन्जको सोही पार्कमा जेट स्कि, ५ वटा पावरस्पोर्ट्स, फ्लोटीङ रेष्टुरेण्ट, अपोजिट बन्जि, साइक्लिङ, जिपलाइन लगायतको सेवा समेत विस्तार गर्ने योजना रहेको ढकालले जानकारी दिए ।
यस अघि चितवनको नारायणघाट र देवघाट साथै सर्लाहीको भरततालमा पर्यटकहरुलाई मोटरबोट सेवा दिँदै आएको कम्पनीले छिट्टै सुर्खेतको बुलबुले तालमा पनि मोटरबोट सञ्चालनमा ल्याउने योजना बनाएको उनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *