महोत्सवको सांगितिक कार्यक्रमले दर्शक तान्यो, आईतबार प्रमोदले नचाउने
नेपालगन्ज ११ चैत – नेपालगन्जको वाटरपार्कमा जारी महोत्सवको सांगितिक कार्यक्रमले दर्शकको सहभागिता ह्वात्तै बढाएको छ ।स्थानीय तथा चर्चित राष्ट्रिय कलाकारलाई महत्वका साथ सहभागि बनाउने आयोजकको रणनीतिस्वरुप नै दर्शकको सहभागिता दिनहुँ बढदै गएको हो ।लगातार भएको सार्वजनिक विदा र रङ्गहरुको पर्व होलीको पूर्व सन्ध्यामा शनिबार आयोजित महोत्सवको सांगेतिक कार्यक्रममा सहभागि बन्न दर्शकहरुको भीड बढ्यो ।महोत्सवको पाँचौं दिन चर्चित लोक दोहोरी गायिका टिका पुनले आफ्ना लोकप्रिय गित गाएर दर्शकलाई छमछमी नचाईन् । उनले आफ्नो सांगेतिक प्रस्तुती राख्दै गर्दा दर्शकदीर्घामा रहेका दर्शकहरुले हुटिङ्ग गर्दै गितसंगै ताल मिलाएर छमछमि नाचे ।
नेपालगन्जको वाटरपार्कमा जारी सातौं प्रादेशिक औद्योगिक लघु, घरेलु तथा कृषि, व्यापार एवंम पर्यटन महोत्सवमा चर्चित ¥यापर डोङ्गको उपस्थिति हुने भनिएपनि डोङ्गको स्वास्थ्यमा समस्या हुँदा...









