वित्तीय नीति अपनाउन पाकिस्तानसँग विश्व बैंकको आग्रह
काठमाण्डौ, २७ चैत – पाकिस्तानमा उत्पन्न आर्थिक संकटको बीचमा विश्व बैंकले इस्लामाबादलाई संघीय तथा प्रान्तीय खर्चलाई संवैधानिक जनादेशसँग मिलान गरी राष्ट्रिय वित्तीय नीति अपनाउन आग्रह गरेको छ ।
सङघीय तथा प्रान्तीय राजस्व एकल बिक्री कर (जीएसटी) संकलन एजेन्सीमा विलय गरी अर्को बजेटमा कृषि, पूँजीगत लाभ र अचल सम्पत्तिमा प्रभावकारी रूपमा कर लगाउन आग्रह गरेको छ ।
आगामी आर्थिक बर्षको बजेटमा राष्ट्रिय वित्तीय ढाँचाको विकास र कार्यान्वयन सहित संघीय तथा प्रान्तीय वित्तीय उत्तरदायित्व र ऋण सीमा ऐन कार्यान्वयन गर्न विश्व बैंकले पछिल्लो नीतिगत सल्लाहमा पाकिस्तानी सरकारलाई सुझाब दिएको छ ।
यो प्रस्ताव अर्को अन्तर्राष्ट्रिय मुद्रा कोष कार्यक्रमको हिस्सा बन्ने अपेक्षा गरिएको छ । पाकिस्तानका अर्थमन्त्री मुहम्मद औरङ्गजेबले अर्को हप्ता विश्व बैंक र आइएमएफको बैठकमा वाशिङ्टनमा ऋणदातासँग छलफल गर्नेछन् ।...









