कर्णाली प्रदेश र सार्वजनिक सेवा प्रसारण नेपाल बीच सम्झौता
नेपालगन्ज, ३ मंसिर – मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालय कर्णाली प्रदेश र सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र सुर्खेत बीच प्रदेश विशेष खस भाषाको समाचारमूलक रेडियो कार्यक्रम र प्रदेश गतिविधि सम्बन्धी कार्यक्रम उत्पादन तथा प्रसारणका लागि सम्झौता सम्पन्न भएको छ ।
सो रेडियो कार्यक्रम ले प्रदेश कोे सूचना प्रवाहलाई संस्थागत, प्रभावकारी र सहज बनाउने प्रदेशको पहिचान, सेवा–सुविधा, नीति–कार्यक्रम तथा सार्वजनिक सरोकारका विषयहरूलाई नागरिक समक्ष छिटो छरितो समय मै र विश्वसनीय रूपमा पु¥याउने मार्ग प्रशस्त गरेको छ । प्रदेश सरकारका कार्यक्रम, योजना र गतिविधिहरूलाई रेडियो नेपालले व्यावसायिक ढंगले उत्पादन गर्नेछ ।
स्थानीय तह, सार्वजनिक सेवा वितरण, नागरिक सरोकार, कानुनी सचेतना, विपद् व्यवस्थापन, सुशासन जस्ता विषयमा ...









