खजुरा गाउँपालिका वडा नं. २ को प्रथम चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न
खजुरा, १ पाैष - खजुरा गाउँपालिका वडा नं. २ बाँकेको स्थानीयतहको सेवा प्रवाहमा सुशासन र जवाफदेहिता सम्बन्धी चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ। खजुरा गाउँपालिका वडा नं. २ सितापुरको आयोजना र उत्पीडित सामुदायिक विकास केन्द्र (ओसिडिसी) बाँकेको सहजीकरणमा चालू आर्थिक वर्ष २०८२/०८३ को प्रथम चाैमासिक सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरिएको थियो ।
खजुरा गाउँपालिका वडा नं. २ ले सुशासन पारदर्शशिता र नागरिककाे सूचना पाउने हक अधिकारलाई प्रत्याभुति दिलाउने गरि सार्वजनिक सुनुवाई गरेको हुँदा स्थनियवासीहरु हर्षित भएका छन् ।
कार्यक्रममा वडा अध्यक्ष धनराम ओली क्षेत्री खुला सत्रमा वडावासिहरुले उठाएका प्रश्न तथा जिज्ञासाहरुको संबाेधन गर्दै पहिलो त्रैमासिक गतिविधिकाे प्रगति प्रतिवेदनका साथै पालिकाबाट वडामा आएकाे बजेटबाट निर्माण भएका विभिन्न याेजनाकाे भाैतिक तथा पुजिगत प्रगतिबारे उल्ले...









